खानेपानीको अध्यक्षमा श्रेष्ठ विजयी



सिन्धुली,कर्तिक २४ । 
शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ  विजयी हुनुभएको छ । गएराती घोषणभएको मत परिणाम अनुसार अध्यक्ष पदका उमेदवार महेन्द्रदेव  श्रेष्ठले ५ सय ४६ मत प्राप्त गुर्नभएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी विजय कुवँरले ४ सय ८७ मत प्राप्त गुर्नभएको छ । 

अध्यक्षका उमेदवारहरु डम्वर बहादुर खड्काले २ सय ४ र भक्त बहादुर राईले १ सय ४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्य पदमा उत्पल खड्काले ७ सय ६,सेखर मिश्रले ६ सय ६९,भिमप्रकाश श्रेष्ठले ५ सय ६८,प्रद्धेश्वर वर्माले ४ सय ९८ र लोक विक्रम थापाले ६ सय ३१ मत प्राप्त गरी विजय हुनु भएको छ ।

 त्यसैगरी महिला सदस्यहरुमा निरु श्रेष्ठ ५सय ६७,गिता थापा ५ सय ८१ र विमला घोरासइनी ५ सय १९ मत ल्याई विजयी हुनु भएको छ । निर्वाचन समितिमा शुशिल वर्माको संयोजकत्वमा ४ सदस्य निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित पदाधिकारीको कार्यावधी ४ वर्षको रहने छ ।

Related

स्थानिय 4722688789171591327

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item