३० सेकेण्डमा १ सय पटक हातका औंला पड्काएर विश्व रेकर्डको दावी



काठमाण्डौ,कात्तिक २२ ।

काठमाडौं जिल्ला चाल्नाखेल गाविस–९ का सुवास पन्त हातका औंलाहरुलाई ३० सेकेण्डमा १ सय पटक पड्काएर विश्वरेकर्ड कायम गर्ने अभियानमा जुट्नु भएको छ । १३ वर्षदेखि सबैभन्दा कम समयमा हातका औंला पड्काएर सबैलाई चकित पार्दै आएका २५ वर्षे पन्तले औंला पड्काउने कलाबाट गिनिज बुकमा नाम लेखाउने अभियानमा जुट्नु भएको हो । 

रिपोर्र्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पन्तले कुनै साहरा विना ३० सेकेण्डमा १ सय पटक औंला पड्काएर देखाउनु भएको थियो । पन्तले पत्रकारहरु सामु ३० सेकेण्डमा १ सय पटक औला पड्काएको रेकर्डको भिडियो र फोटोसहित गिनिज बुकका लागि आवेदन दिने बताउनुभयो ।

Related

राष्ट्रिय 8332180890447627854

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item