सिन्धुली कल्पवृक्ष गाविसमा १ सय ४१ जना किशोरीहरु अनौपचारिक शिक्षा लिदै
https://sindhulidarpan.blogspot.com/2011/09/society_21.html
४ असोज,सुरेश बिडारी,सर्लाही
शिक्षाको पहुँच नपुगेको सिन्धुलीको कल्पवृक्ष ८ र ९ मा १ सय ४१ जना किशोरीहरु अनौपचारीक शिक्षा लिइरहेका छन । शिक्षाको पहुच नपुगेका र वालवालिकाको हकहितमा काम गर्ने संस्था विश्व शिक्षाको आर्थिक सहयोग र सिड्स नेपालको साझेदारिमा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तर्गत उनिहरुले शिक्षा लिइरहेका हुन ।
कुनै सरकारी तथा गैर सरकारी संस्था नपुगेको स्थानमा शैक्षिक चेतना जगाउने अभियान मार्फत १सय ४१ किशोरीहरु शिक्षित भै रहेको कल्पवृक्षवाट वाशु मैनालीले जानकारी दिनुभयो । संस्थाले कल्पवृक्षमा यूवा परीचालन कार्यक्रम अन्तर्गत किशोरी शिक्षा यूवा क्लव गठन सामुदायिक क्षमता विकाशका लागि आमा समुह गठन गर्नुको साथै वाल शिक्षामा जोड दिई रहेको स्थानिय वासिन्दाहरुले वताएका छन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !