विद्यार्थी र शिक्षकको संख्या वरावर
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_15.html
जेठ १/विदुर पौडेल
देशमा करिव ५० हजार शिक्षक अपुग भएको भनिएपनि सिन्धुलीको कमलामाई नगरपालीका-७ मा रहेको एक विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या वरावरी रहेको छ ।
नेपाल सरकारले एक शिक्षक वरावर ४५ विद्यार्थी हुनु पर्ने शिक्षा नियममावलीले व्यवस्था गरेको भए पनि कमलामाई नगरपालिका ७ डाँडाटोलमा रहेको श्री वर्देउठाकुर प्रथमिक विद्यालयमा चार जना शिक्षक रहेका छन भने विद्यालयमा नियमित रुपमा पढन आउने विद्यार्थीको संख्या पनि ४/५ जनाको हाराहारी रहेको विद्यालयका शिक्षकहरु वताउछन ।
कक्षा एक देखी पाँच सम्म पढाई हुने वर्देउठाकुर प्राविमा एघार जना विद्यार्थीहरुको नाम रजिष्टरमा रहेपनि उनीहरु नियमित पठनपाठन गर्न नआउने शिक्षकहरु वताउछन । वर्देउठाकुर प्राथमिक विद्यालयको कक्षा एकमा पाँच जनाकक्षा दुइमा चार जनाकक्षा तीनमा एक जनाकक्षा चारमा एक जना र कक्षा पाँचमा कुनै पनि विद्यार्थी नभएको विद्यायले बताएको छ । । विद्यालयमा पुच जना छात्र र ६ जना छात्राहरुको नाम लेखाइएको भएपनि उनीहरु नियमित नआउने विद्यालयको शिक्षक लिला ढकालले वताईन । गत वर्ष कक्षा चारवाट दुईजना विद्यार्थीपास भएपनि उनीहरु पूनः ५ कक्षामा भर्ना हुन नआएको शिक्षक जोत्सना श्रेष्ठले बताइन ।
विद्यालयको हाजिर रजिष्टरमा ३६ जना विद्यार्थीहरुको नाम भए पनि दैनिक विद्यालय आउने विद्यार्थीहरुको संख्या ४÷५ जनामात्र आउने भएकाले एउटै कक्षामा राखेर एक देखी पाँच सम्मका सवै विद्यार्थीहरुलाई पढाउने गरेको शिक्षक जोत्सना श्रेष्ठ बताउछिन । कक्षा चारमा पढ्ने सुरेन्द्र योन्जनले भने चार कक्षाको एक मात्र विद्यार्थी मनै हुँ प्रथम पनि मै हो अन्तीम पनि मै हो यस स्कुलमा म सँग पढने कोहि पनि छैनन् त्यसैले म सधै प्रथम हुन्छु उनले भने ।
स्थायिन अभिभावकका विद्यार्थीहरु एक जना पनि विद्यालयमा पढ्न आउदैनन् । विद्यालयमा पढ्न आउने वालवालीकाहरु सवै डेरागरेर ज्यालामजदुरी गर्ने मानिसका बालवच्चाहरुमात्र पढन आउने गरेको शिक्षक लिला ढकालले वताइन । दुई वर्ष सम्म विद्यार्थीको चाप थेग्न गार् हो पथ्र्यो अहिले विद्यालय टिकाउन गार् हो परेको उनी वताउछिन । यस वर्षको विद्यालय भर्ना अभियान कार्यक्रममा ६० जना विद्यार्थीलाई विद्यालयमा आउने वतावरण मिलाएको ढकाले बताइन ।अहिले नयाँ शैक्षिकसत्र सुरु भएकाले केही साना विद्यार्थी आउन थलेपछि ११ जना सम्म पुगेको उनले वताइन ।
विद्यालय नजिकै वोडिङ्गहरु भएर पनि सरकारी विद्यालयमा विद्यार्थीहरु आउन गाह्रो मान्ने गरेको शिक्षक ढकाल वताउ छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रस्वर मोत्तान भने सदरमुकाम नजिकै विद्यालय भएकाले धेरै शिक्षकहरु यहाँ आउने रुचाउने भएकाले दरवन्दी नभएपनि राजनीतिकदलको दवावको कारण आफु हाजीर गराउन वाध्य भएको वताउछन ।
जिल्ला शिक्षा कार्यालयवाट १ किलोमिटरको दुरीमा रहेको यस विद्यालयमा राजनीतिक दलको दवावमा दरवन्दी अनुसारको शिक्षक राख्न कठिनाई भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका निमित्त जिल्ला शिक्षा अधिकारी गोकर्णध्वज कार्की बताउछन । नेपाल सरकारले तोके वमोजिमका शिक्षक दरवन्दी कायम गर्न नसकीएको स्वीकारदै कार्की भन्छन्-राजनितीक दलको दवाव नहुने हो भने सवै विद्यालयको दरवन्दी हामी मिलाउन सक्छौं ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !