बेपत्ता नागरिकको खोजी सरकार र पार्टीले गर्ने:प्रचण्ड

https://sindhulidarpan.blogspot.com/2012/04/s_3633.html
काठमाण्डौ वैशाख ११ ।
आज आफ्नै निवास लाजिम्पाटमा एकीकृत माओवादी निकट बेपत्ता योद्धाका परिवारहरुको भेटमा अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्ध का क्रममा राज्यद्वारा बेपत्ता पारिएका नागरिकलाई तत्काल खोजी गर्न र तिनका परिवारलाई राहत उपलब्ध गराउन पार्टी क्रियाशील भएर लागेको बताउनुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका नागरिकहरुको खोजीका लागि सरकार र पार्टी प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।

भेटमा केही समयभित्रै बेपत्ता खोजविन आयोग गठन हुने र नागरिक बेपत्ता पार्ने उपर कानुनअनुसार नै कारवाही हुने उहाँले बताउनुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !