खुकुरी प्रहारबाट निर्माण व्यवसायि घाईते, घटनाप्रति निर्माण व्यवसायि संघको आपत्ति
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6547.html
शिव काफ्ले
सिन्धुली, ४ चैत / सिन्धुलीको रानीचुरी गाविस वडा नं. ५ बेसारे खोलामा पुल बनाउने कार्यमा संलग्न ठेकेदारमाथि शनिबार अज्ञात समुहले खुकुरी प्रहार गरि घाइते वनाएको छ । पाँच जनाको समुहमा आएको अज्ञात समुहको खुकुरी प्रहारबाट कनपा ४ मधुटार निवासी ४५ बर्षका रुमबहादुर राई घाईते भएका छन् । खुकुरी प्रहार गर्ने अपराधि भने फरार रहेका छन् । पहिचान हुन नसकेका अपराधीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक गोविन्द पुरीले जानकारी दिनुभएको छ । घाईते राईलाई जिल्ला स्वास्थ्य कार्यालयमा सामान्य उपचार पछि थप उपचारकालागि शनिबारै काठमाडौँ लगिएको छ । निर्माण व्यवसायि राईमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै निर्माण व्यवसायि संघ सिन्धुलीले प्रेस विज्ञप्ती मार्फत स्थानिय प्रशासनको ध्यान आकर्षण गराएको छ । संघले २४ घण्टाभित्र अपराधि पत्ता लगाई आवश्यक कारवाहि गर्न र निश्चित समयमा अपराधि पत्ता लगाएर कारवाहि नगरे सम्वद्ध निकाय विरुद्ध शसक्त आन्दोलन गर्ने समेत विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
यसअघि निर्माण व्यवसायि कृष्ण कालाखेतीमाथि सिन्धुलीको व्यस्त बजारमै खुकुरी प्रहार भएको थियो । त्यो घटनामा संलग्न अपराधिहरु पनि हालसम्म फरार रहेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !