महायज्ञ अगावै २ कठ्ठा जग्गादान
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_4110.html
सिन्धुली,चैत्र ४
कृषि क्याम्पस स्थापनाको लागी वरुणदेवी माध्यामिक विद्यालय खट्टारलाई स्थानिय वासिन्दा देवानन्द श्रेष्ठले दुई कठ्ठा जग्गा दान दिनुभएको छ ।प्राविधिक जनशक्ति उत्पादन हुने क्याम्पसको लागी दुई कठ्ठा जग्गा दान दिनपाउदा आफुलाई गौरव लागेको श्रेष्ठले वताउनु भयो ।स्थापना हुनलागेको क्याम्पसको नाम आफ्नो बावुको नामबाट नामकरण गरी संञ्चालन गर्ने हो भने विद्यालय संग जोडिएको ६ कठ्टा जग्गा क्याम्पसलाई दान दिने विद्यालयलाई जानकारी गराउनु भएको छ ।
विद्यालयका प्रधानाध्यपकले ६ कठ्ठा जग्गा लिन मान्नुभएन त्यसैले महायज्ञ सुरु हुनु भन्दा अगाडि नै २ कठ्ठा जग्गा दान दिएको देवानन्दले भन्नुभयो । कृषि क्याम्पस संचालन गर्नका लगि आर्थिक श्रोत जुटाउन यही चैत्र ५ गतेदेखि श्रीमद भावगत महायज्ञ संचालन गर्ने तयारी भैरहेको बेला देवानन्दले जग्गा दान गर्नुभएको हो । विद्यालयले महा यज्ञबाट करिव तीन करोड रुपैया संकलन गर्ने अपेक्षा राखेको छ ।
महायज्ञ संचालन गर्नु पूर्व नै एक करोड बारबरको जग्गा दान दिने आश्वासन दाताहरुले दिएको वरुणदेवि माध्यमिक बिद्यालयका विद्यालय व्यवस्थान समितिका अध्यक्ष चुडामणी श्रेष्ठले जानकारी दिनुभएको छ । जनकपूर अञ्चलकै एकमात्र कृषि क्याम्पस स्थापनागर्न लागिएकोले धनुषा, महोत्तरी, सर्लाही, रामेछाप तथा दोलखा जिल्लाबाट सहयोग उत्तिकै आउने अपेक्षा विद्यालयले राखेको प्रधानाध्पयापकले बताउनुभएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !