सिन्धुलीलाई खुल्लादिशामुक्त क्षेत्र वनाउन प्रशिक्षक प्रशिक्षण
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5029.html
जिवि श्रेष्ठ
सिन्धुली,चैत ४
सन २०१६ भित्र भित्र सबै मिलीजुली, खुल्ला दिसामुक्त जिल्ला बनाउँ सिन्धुली भन्ने मुल नाराका साथ गाविसका सहजकर्ताहरुको ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती सिन्धुली र नेपाल स्वास्थ्यका लागि पानी नेवा को आयोजना तथा सहयोगमा सन्चालीत कार्यक्रममा जिल्लाका विभिन्न १८ गाविसका ५३ जनाको सहभागिता रहेको थियो । फागुन ३० गते देखि सुरु भएको कार्यक्रमको एक कार्यक्रमको विच समापन गरिएको छ ।
स्थानिय विकास अधिकारी गणेश ज्ञावलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खानेपानि तथा सरसफाई डिभिजन, कार्यालय प्रमुख दिवाकर प्रसाद ढकाल नेवाका गणेश तिमल्सिना, रामचन्द्र ज्ञावाली, विष्णु दवाडि, रेडक्रसका सभापति अशोक श्रेष्ठ, रेडियो सिन्धुलीगढिका स्टेशन म्यानेजर द्धारिका काफ्ले लगाएते मन्तव्य राख्नु भएको थियो । चार दिन सम्म चलेको तालीमको सहजिकरण नेवाकी बिष्णु दवाडी, मल्लब अधिकारी लागाएतले गर्नुभएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !