चपली हाइटद्धारा कीर्तिमान
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_4511.html
-
‘चपली हाइट’ले सिंगल ओपनिङ डेको कीर्तिमान राखेको छ । उसले रिलिजकै दिन शुक्रबार २० लाख सिंगल डे ग्रस कलेक्सन गर्यो । हालै आफ्नो डाटा प्रणाली अपग्रेड गरेको वितरण कम्पनी डीसीएनले यस्तो विवरण सार्वजनिक गरेको हो । ‘चपली हाइट’को यो कलेक्सनमा रात्री सोहरूको कलेक्सन समावेश छैन । रात्री सोको सेयरलाई समेट्दा कलेक्सनको ग्राफ एकलाखले माथि पुग्छ । नेपाली सिनेमा इतिहासमा सिंगल डे रेकर्ड पनि हो । ‘लुट’ले रिलिज डेट ९पुस २९०मा झन्डै १० लाख ग्रस कलेक्सन गरेको थियो । ‘चपली हाइट’को यो इनिसियल कलेक्सन व्लकबस्टर ‘लुट’को दोब्बर हो । ‘लुट’को शीर्षकमा १४ लाखको राजधानी कलेक्सनको अर्को रेकर्ड थियो । शुक्रबार ३२ पर्दाबाट एकैसाथ रिलिज भएको ‘चपली हाइट’का लागि खुशिको खबर –यो सिनेमा मल्टिप्लेक्समा भन्दा सिंगल थिएटरमा गबजले ओपनिङ भयो । सिनेमा पण्डितहरूको भविष्यवाणी विपरित ‘चपली हाइट’ मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा चल्यो ।
वितरक नरेन्द्र महर्जनका अनुसार ‘चपली हाइट’को कूल ग्रसमा काठमाडौंको ६५ र मोफसलको ३५ प्रतिशत योगदान छ । सिनेमाले तीन दिनमै लगानी उठाउने प्रक्षेपण महर्जनको छ । सिनेमाको लगानी २७ लाख हो । प्रारम्भिक मूल्यांकनअनुसार फस्टलुक र कन्ट्रोभर्सीका कारण सिनेमाले आक्रामक ओपनिङ गरेको अनुमान गरिएको छ । यद्यपी, सप्ताहन्तपछि सिनेमाको पिकअप यसको ‘वर्ड अफ माउथ पब्लिसिटी’मा निर्भर रहनेछ । - मेरोसिनेमा,


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !