आदिवासी जनजाति महासंघ मकवानपुर अध्यक्षमा तीर्थ थापा मगर


मकवानपुर,चैत ४
आदिवासी जनजाति महासङ्घ, मकवानपुरको दोसं्रो अधिवेशनवाट अध्यक्षमा तीर्थ थापा मगर निर्वाचित हुनुभएको छ । दुई पटकसम्म गरिएको मतदानमा निवर्तमान अध्यक्ष बुद्ध लामा र थापाको बराबर मत भएपछि गोलाप्रथावाट थापा विजयी हुनुभएको हो । यस्तै अन्य पदमा भने सर्वसम्मत भएको छ । उपाध्यक्षमा जानकी चौधरी, सचीवमा कृष्णशरण जोशी, सहसचिवमा जंगबहादुर गुरङ लगायतका निर्वाचित हुनुभएको छ । 

यसैबीच नेपाली काङ्ग्रेस मकवानपुरको ३ नं क्षेत्रीय कमिटीले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता प्रशिक्षण आजबाट सुरु हँुदैछ । क्षेत्रीय कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्न केन्द्रिय सदस्य सुजाता कोइराला हेटौंडा आइपुग्ने कार्यक्रम छ । प्रशिक्षणमा करिब सय जना क्षेत्रीय प्रतिनीधिसहित डेढसय कार्यकर्ता सहभागी हुनेछन् ।

Related

विविध 4777756777731945225

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item