प्रधानमन्त्रीलाई सिस्नो र लाठी उपहार

http://sindhulidarpan.blogspot.com/2013/01/baburam-bhattrai.html
बबिता परियार, उदयपुर,पुस २६ ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कारबाहीको माग गर्दै उदयपुरका पत्रकारहरुले प्रधानन्त्रीलाई सिस्नो र लाठी उपहार पठाएका छन् । सिस्नो र लाठीको प्रयोग गरी थापाको हत्या गरिएकोले पत्रकारलाई सांकेतिक विरोधस्वरुपमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सिस्नो र लाठी उपहार पठाएका हुन् ।
प्रेस चौतारी उदयपुरको आयोजनामा भएको विरोध कार्यक्रम उदयपुरका सम्पुर्ण पत्रकार, अधिकारकर्मी, कानुन व्यवसायी, राजनितिक दल, नागरिक समाज लगाएतको सहभागीता रहेको थियो । गाईघाटको लोकतान्त्रिक चोकबाट पत्रकारहरुले निकालेको ¥याली विभिन्न नारासहित जिल्ला प्रशासन कार्यलयमा कोणसभा गरी समापन भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !