मध्यपहाडी लोकमार्ग निर्माणमा अवरोध

मिनकुमार दाहाल, सिन्धुली, जेठ १३ । 

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा सडक आयोजनाले मुआव्जा नदिएसम्म सडक निर्माणको काम रोकेका छन् ।
जग्गा भएको स्थानको कुलो र खोलाको पुल भन्दा वाहेकको सवै काम स्थानिय वासिन्दाले रोकेको स्थानिय कृषक सरद आचार्यले वताए ।
एक हप्ता देखी सडक कालोपत्रे लगायतका कुनै काम भएको छैन । सडक निर्माण गर्ने क्रममा पाँच जना कृषकको सवै जग्गा सडकमा परेर उनीहरु उठिबास लागेको आचार्यले वताए । 

कृषकहरु सडकले प्रयोग गरेको जग्गाको मुआव्जा माग्दै जिल्ला स्थित राजनितीक दलको कार्यालय धाउन थालेका छन् । सिन्धुलीको खुर्कोट घुर्मी ५७ किलोमिटर सडक सयौं रोपनी जग्गा राज्यले अधिग्रहण गरी मुआव्जा नदिएको गुनासो कृषकहरुले गरेका छन् । मध्य महाडी लोकमार्गले सडक निर्माण गर्दा महिलो चरणमा ८ मिटर जग्गा अधिग्रहण गरेको थियो ।

दोस्रो चरणमा १५ मिटर अधिग्रहण गरो र अहिले सडकको दायाँवाया पचास मिटर सडक अधिग्रहण गर्ने योजना सडक आयोजनाले गरे पछि स्थानिय कृषकहरु जग्गाको मुआव्जा माग्न राजनितीक दलको ढोका ढोका धाउन वाध्य भएको भुवनेश्वरीका कृषक केपी पोखरेलले वताए ।

सडक आयोजनाले सडकको दायावाया ५० मिटर लिँदा भिमेश्वर देखी घुर्मी सम्मका अधिकांस कृषकहरु सुकुम्वासी वन्नु पर्ने अवस्था आएको पोखरेलले वताए । कृषकको जग्गा अधिग्रहण गरेर वनाएको सडकमा कालो पत्रे भैसक्यो हामीले त्यसको क्षेतीपुर्ति पाएनौं । यसरी राज्यले कृषलाई ठग्नु राम्रो नभएको उनको भनाई छ । लोकमार्गले हामीलाई मुआव्जा नदिए सम्म रोकीएको सडक निर्माण गर्न नदिने सवै कृषकहरुले निर्णय गरेका छन् । 

Related

राष्ट्रिय 1864970968011819307

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item