पानी सुके पछि लघु जलविद्युत बन्द


मिनकुमार दाहाल, सिन्धुली, जेठ ७ । 

सिन्धुलीको ग्रामिण वस्तीका खोलामा उत्पादन गरिएका लघु जलविद्युत योजनाहरु धमाधम वन्द हुन थालेका छन् ।  स्थानिय समुदायवाट संचालित १४ र जिल्ला उर्जा शाखाको लगानीका २ सहित १६ स्थानवाट लघु जलविद्युत योजनावाट विद्युत उत्पादन गरिएको थियो । 

लघु जलविद्युत आयोजनाहरु अमले, वस्तीपुर, सितलपार्टी, तिनकन्या, कुशेश्वरदुम्जा, लाम्पानटार, वहुनतिल्पुङ्ग, रत्नावती, पोखरी गाँउ विकास समितीका खोलावाट विद्युत उत्पादन गरिएको थियो । 

जिल्लमा लोमो खडेरी परेकोकारण खोलाका मुहान सक्न थाले पछि कतिपय जलविद्युत आयोजनावाट विद्युत् उत्पादन हुन छाडेको जिल्ला उर्जा शाखाले जनाएको छ । सितलपार्टी गाविसको आरुवोटे खोलामा पानी सुके पछि विद्युत् उत्पादन वन्द भएको स्थानिय कपिल थापाले वताए ।

दुई वर्ष अगाडी आरुवोटे खोलावाट विद्युत् उत्पादन गर्न थालीएको थियो । पानीको मुहान सुके पछि अमले का दुईवटा जलविद्युत आयोजना र वस्तीपुरमा रहेका दुई वटा जलविद्युत आयोजनाले पनि विद्युत उत्पादन गर्न सकेका छैनन् । साझँ परे पछि वत्तिले झलमल देखीने गाँउहरु अध्यारो मा परिणत हुन थालेको अमलेका ढकप्रसाद देवकोटाले वताए ।

तिल्पुङ्गको वाक्सु खोलावाट उत्पादन गरिएको विद्युत्ले पनि धान्न छाडेको सो गाविसका सचिव गोपाल पहाडीले वताए । खोलामा पानीको सतह घटेपछि विद्युत उत्पादन पछि घट्दै गएको सचिव पहाडीले वताए । वाक्सु खोलामा तिन वटा लघु जलविद्युत आयोजना संचालन हुने तयारीमा छन् । 

जिल्ला विकास समितीको वातावरण उर्जा जलवायु परिवर्तन शाखाका प्रमुख सन्दीप उपाध्या खोलामा पानीको सतह नवढे सम्म साना लघु जलविद्युत आयोजना संचालन हुन समस्या हुने वताए  । योजना संचालन गर्नु पुर्व वैशाक महिनामा तिखोलामा जति पानी थियो । दुई वर्ष पछि खोलामा पानी आधा भन्दा वढी घटेको कारण विद्युत उत्पादन हुन समस्या भएको उपाध्याय बताउछन् । 

Related

प्रमूखखबरहरु 5663233245245694944

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item