बहुदलको चासो

http://sindhulidarpan.blogspot.com/2014/05/novel.html
धीरप्रसाद भण्डारी
गाउँ निर्दल र बहुदलमा विभाजित हुन थालिसकेको थियो । पढे–लेखेकाहरु, विद्यार्थीहरु र बाहिरफेरो घुमेकाहरु बहुदलमा लागेका थिए । कोही ढुलमुले थिए । जता अलि धेरै भीड देख्छन्, त्यतै हेरेर आफूलाई त्यही दलको समर्थक हुँ भन्थे । गाउँका पञ्चहरु पनि अलमलमा थिए । विकास पोल्टामा हाल्न पाउने र देशको बजेट खान पाएर मोटाएकाहरु कट्टर निर्दलमा थिए, अरु बहुदलमा थिए ।
स्कुलका शिक्षकहरु बाहिर–बाहिर जागिर जाला भनेर डराउँथे, भित्रभित्र बहुदलमा भोट हाल्नुपर्छ है भनेर आना विश्वासिला मान्छेलाई भन्थे । लाल पार्टीका धेरै समूह थिए । केही समूहका मान्छेहरु जनमत सङ्ग्रह धोका हो, बहिष्कार गर्नुपर्छ भनेर पर्चा छर्थे । केहीचाहि“ यसमा भाग लिएर सहयोग गर्नुपर्छ भन्थे । तारे पार्टीचाहि“ दिलोज्यानले लागेको थियो । त्यसका सानादेखि ठूला सबै नेता–कार्यकर्ता बहुदलको रटान लाउँथे । चुस्स परेका मरन्च्याँसे मान्छे देखिए भने बहुदलमा लागेका रहेछन् भन्ने थाहा हुन्थ्यो ।

म बेलुकीपख घर पुगे“ । कहिले को भेटिन्छ, कहिले को । बाटोभरि अलमल भयो । निकैबेर लाग्यो घर पुग्न । सबैले सहरको आन्दोलनकै कुरा मात्र सोधे । काम अर्कैले गरोस्, परिणाम आफूलाई पनि फाइदा होस् भन्ने नै हुन्छन् धेरै मान्छे । मुखमा एकथोक, पेटमा अर्कोथोक । यस्तै मान्छे हुन्छन् समाजमा बढीभन्दा बढी । जे देख्यो, त्यही बोल्ने मान्छे कम्ती नै हुन्छन् । मैले बाटोभरि भेटेका मान्छेसँग बहुदल र निर्दलमा किन लाग्नुपर्छ भनेर एउटा भेला गरौ“ न भने“ । तर दरिलो भर कसैले दिएनन् । म घर पुगेर खाटमा बसे“ । एकछिन पछि आमा देखिनुभयो ।
‘तँ त आइछस् त ! इस्कुल बिदा भो ? कि खर्च लिन आइस् ?’ आमाले सोध्नुभयो ।
‘हैन, आजभोलि आन्दोलन चलिरा’छ क्या, तेसैले पढाइ छैन । बौदलको प्रचारमा लाग्या’ छन् । तेई भएर म पनि घर आ’को ।’
‘ठीकै गरिस् । बाहरु हिजो कुरा गर्दै हुनुन्थ्यो । आन्दोलन चर्केछ, घर आए हुन्थ्यो भनेर । आइस्, राम्रै भो । कतिञ्जेल छ त बिदा ?’
‘बिदा त छैन तर एक–दुई मैना त लागिहाल्छ नि साम्मे हुन । ऐले नयाँ छ, के–के न भो जस्तो भा’छ मान्छेलाई । एक–दुई मैनामा अलि थाक्छन् अनि इस्कुल लाग्ला । अब बौदलको प्रचारमा लाग्ने विचार छ ।’ मैले स्थिति बताएँ ।
‘हिजो लीला दाइ पनि आ’का थिए । इन्द्र चै“ निर्दल नै ठीक छ, बौदल आयो भने फेरि अशान्ति हुन्छ भन्दै थिए । तिमेरm किन लाग्या’ नि बौदलमा ?’ आमाले प्रश्न गर्दै भित्र पस्नुभयो ।
‘भोक लाग्या’ होला, खाजा खान पाइस् कि पाइनस् ? आज काँबाट आ’को त ? इस्कुलदेखि नै हो ?’
‘हैन । जिनाखुदेखि । हिजो बाटोमा यौटी साथीसँग भेट भो । मेरै साथीकी बैनी रै’छिन् । राति उनैकाँ बसे“ । ढिलो आइपुगियो । व्यान खाना खा’र हि“ड्या’, बाटोमा मान्छे भेटिए । गफ गर्दागर्दै एसबेला भो । अब एकै पटक भातै खाउँला । बरm भात छिटो पकाउने कि !’
आमा भात पकाउन थाल्नुभयो । मैले स–साना काम सघाएँ । तरकारी काट्ने, सफा गर्ने काम गरे“ मैले । बा र हजुरबा पनि आइपुग्नुभयो । भाइबहिनी पनि आइपुगे । सबै परिवार जम्मा भइयो ।
बाले सोध्नुभयो– ‘आन्दोलन त मज्जैले चर्केछ नि, हगि ? तिमेरm पनि पक्डाउमा परेउ कि ! इस्कुल चै“ चलिरा’छ कि छैन नि ?’
‘अहँ । हामी पक्डाउ परेनौ“ । एक दिन यौटा हाम्रै उमेरको केटाले इस्कुलमा आ’र पर्चा बाँडो । सबैसँग आन्दोलनमा लागौ“ भनो । ऊ निस्केर गा’को केई बेरमा पुलिसहरु आए । हेडसरसँग कुरा गरेर गए । बोधराज भन्ने नेता आ’र अब एसरी उकुस–मुकुस पालेर, दासजस्तो भएर, बोल्न, विरोध गर्न पाउने मान्छेका हक, अधिकार छोडेर दाम्लामा बाँधेका पशुजस्तो भएर बस्नुहुँदैन । तिमेरmजस्ता युवाहरु त्यो सहेर बस्ने हो ? भने । एस्तै हो भने मान्छे हुनुको अर्थ पनि रहेन । एस्तै–एस्तै लामो कुरा गरे । त्यो दिनको भोलिपल्ट निर्दल कि बौदल जे रोज्ने हो रोज भनेर राजाले भन्दिए । ऐले त सप्पै मान्छे प्रचारमा लाग्या’ छन् । ठाउँ–ठाउँमा सभा–जुलुस भैरा’छन् । ठूल्ठूला कागजका पोस्टर, पम्प्लेट के–के के–के टाँस्या’ छन् । झिलीमिली पो छ त तेता त ! यो गाउँमा पो केई रै’नछ ।’ मैले भएभरका गतिविधि बा र हजुरबालाई सुनाएँ ।
मेरा कुरा सुनेर हजुरबाले भन्नुभयो– ‘मुखले त सबैले राम्रै कुरा गर्छन् । यो गर्छौं र त्यो गर्छौं भन्छन् । तर काम चै“ गर्दैनन् । समाज बदल्छु भन्छन्, आफै“ चै“ बद्लि“दैनन् । मैले त सात सालअगिका काँग्रेस पनि देख्या’ हँु । कतिका धान लुटे, कतिका खसी लुटे, कतिका तमसुक च्याते । जन्ताको लागि, हक, अधिकारको लागि भन्छन्, तिनै जन्तालाई दुःख दिन्छन् । उनेर्लाई सघाउनेलाई जन्ता भन्छन्, अरुलाई सामन्ती, शोषकी, प्रतिक्रियावादी के–के भन्छन्, के–के । हुँदैन बाबु, धेरै टाउकाका धेरै बुद्धि हुन्छन् । दुःख पाइन्छ ।’ हजुरबाले पुराना अनुभव बताउनुभयो ।
बाले थप्नुभयो– ‘सात सालदेखि ०१७ सालसम्म बौदलहरुको तमासा खूब देखियो । के–के न गर्छौं भनेर राणाहरुलाई हटाए । आठ वर्ष त चुनाउ नै गर्न सकेनन् । बल्लबल्ल चुनाउ गरे । चुनाउपछि फेरि देश चलाउन जानेनन् । बुद्धि र विवेक भा’का नेता छैनन् । सबै लहडी, उन्मादी, सन्की र अविवेकी छन् । विवेकवान् पुरmष जन्मेनन् हाम्रो देशमा । बरm तै तै तिनै महेन्द्रले देशमा शान्ति ल्याए । अलिअलि विकास पनि तिनैले गरे । राजा बन्न देश चाइन्छ । तेसैले राजाहरु जैले पनि देशको रक्षामा लाग्छन् । बौदलमा लाग्नेहरु धेरै तारे नै छन् । यिनेरm आनो शासन टिकाउन चाइने–नचाइने कुरामा दक्षिणेहरुसँग झुक्छन् । गलत कुरामा चाइँदा–नचाइँदा सम्झौता गर्छन् । देशको वास्ता गर्दैनन् । ऐलेका राजा पनि नरम छन् । देशलाई शान्ति क्षेत्र बनाउन खोज्दैछन् । धेरै देशले समर्थन पनि गरिसके । योग्य मान्छेले ठाउँ पा’कै छन् । शान्ति र सुरक्षा छ । भाँडभैलो छैन । कुकुरले भुके झै“ करा’र मात्रै के गर्नु, केई हुँदैन करा’र । यिन्का हातमा शासन आ’को दिनदेखि विरोधीलाई सखाप पार्नतिर लाग्छन् । मै ठूलो भन्छन् । घृणा बढाउँछन् । घृणाले फेरि घृणा नै बढाउँछ । देशभन्दा पार्टी ठूलो, पार्टीभन्दा गुट ठूलो, गुटभन्दा नाता ठूलो, नाताभन्दा परिवार ठूलो, परिवारभन्दा आफै“ ठूलो भन्छन् । अराजकता बढ्छ फेरि । बिनाबित्थाका कुरामा नलाग् । हाम्ले त भोगिसक्या’ छौ“ । ऐलेसम्म उल्टो भो राजनीति । गुट, फुट र झूटबाट माथि उठेनन् कोई पनि । बरm जेनतेन राजै ठीक छन् ।’
बाको ऐतिहासिक विश्लेषणले म छक्क परे“ । ‘इतिहास पढ्दा त एस्तै देखिन्छ । तर अनुभवले पनि त केई सिके होलान् नि ! गल्तीबाटै मान्छेले सिक्ने हो । एत्तिका वर्ष दुःख पा’का छन्, ती नेताले पनि । अब गल्तीबाट सिके भने त राम्रो हुन सक्छ नि ! निराशा मात्र पालेर काँ हुन्छ र ! भविष्य जैले पनि सुन्दर हुन सक्छ । जेलनेल, दुःख, हैरानी ती नेताले पनि त पाए ! भाषणमा त हाम्ले गल्ती ग¥यौ“ भनेर भनेकै छन् । एत्तिका वर्षमा त तिन्को पनि त बुद्धि फि¥यो होला नि ! सधै“ मान्छे काँ उस्तै हुन्छ र ? शान्ति नै भए पनि डर, असुरक्षा र भयमा टिकेको एस्तो शान्तिले के गर्नु ? एक पटक लागौ“ न जे होला । भएन भने त छदै“छ नि निर्दल त ।’ मैले बालाई आशावादी हुन आग्रह गरे“ ।
‘तेरा कुरा मीठा छन् । भासन निकै सुनिछस् क्यार । भासनमा सबै राम्रै कुरा गर्छन् । बाइर मान्छेका अगाडि राम्रा कुरा, ठूला कुरा, आदर्शका कुरा गर्न सजिलो छ । तर एक्लै हुँदा, एकान्तमा अँध्यारो कोठाभित्र बस्दा पनि ती तेस्तै छन् कि छैनन् ? त्यो हेर्नुपर्छ । सार्वजनिक कुरा त राम्रै हुन्छन् नि । तर तिन्को बेबार, खानपान, सोचाइ, काम गर्ने तरिका, मान्छेसँगको बोलीवचन, पारदर्शिता एस्ता कुरा नहेरी मान्छे चिनिँदैन । तै“ले देख्या’ नेतासँग नजिकबाट सङ्गत गर् अनि था’ हुन्छ । तिन्का भित्रभित्र विकृति, बाइर–बाइर आदर्श छ । भित्र–बाइर यौटै छैनन् । भित्र–बाइर यौटै हुन धेरै ठूलो त्याग, तपस्या र समर्पणभाव चाइन्छ । तिन्का पनि परिवार छन्, नाता छन्, समर्थक र शुभचिन्तक छन् । पैले परिवार बनाउँछन्, तेसपछि नाता बनाउँछन्, तेसपछि नजिकका आसेपासे बनाउँछन् अनि मात्रै गुट, पाटी र देश बनाउँछन् । भित्री चुरो कुरा बता’को मैले । मेरा कपाल तेसै फुल्या’ छैनन् । जुनसुकै पाटीको नेता पनि एक–दुईबाहेक एस्तै छन् । एका–दुई तेसबाट उम्केर उल्टो हि“डने हिम्मत राख्छन् । तिन्ले देश र समाज बनाउँछन् । मैले त तेति गर्न सक्ने नेता ऐलेसम्म नै देखिनँ । तिमेर्को पसिना खेर जान्छ । म मरे“ भने पनि मेरा यी कुरा ख्याल गर्नू । सधै“ एस्ता कुरा हुँदैनन् । कुरा निस्क्या’ बेला मात्रै कुरा गर्ने हो । बाँकी कुरा तिमेरm गर । अब तँ पनि ठूलो भैसकिस् । पढ्या’ पनि छस् । राम्ररी कुरा बुझ् ।’
बाका कुराले म रनभुल्लमा परे“ । ‘कत्रो जोस र जाँगर लिएर बहुदल पार्टीलाई जिताउन लागौ“ला भनेर गाउँ आ’को त बा र हजुरबाका कुरा सुन्दा त महासागरमा पौडी खेल्न पसेजस्तो पो भो । के गर्ने होला ? भोलि बिहान एक पटक लीला दाइलाई भेट्छु । के सल्लाह दिन्छन्, त्यहीअनुसार गर्नुपर्ला । अहिले नै त कहाँ हिम्मत हार्नु ! परिवर्तन त गल्तीबाटै सिकेर हुन्छ । गल्ती नै नभै कहाँबाट सिक्नु ? बाका अनुभव ठीकै होलान् तर सधै“ त्यही रहिरहन्छ भन्ने पनि त छैन नि !’ थकाइ लागेकाले म यस्तै–यस्तै कुरा सोच्दासोच्दै उँघ्न थाले“छु ।
‘तँलाई थकाइ लाग्या’ छ । ऐले सुत् । भोलि व्यान अलि सोचेर, विचारेर निर्णय गर्नू । मेरो काम बाटो देखाउने, आँखा खुलाइदिने हो । बाँकी रह्यो बाटो हि“ड्ने कुरा, त्यो तेरो आनै निर्णयमा भर पर्छ ।’ बाले भन्नुभयो । म सुत्न गएँ ।
घर पुगेको भोलिपल्ट बिहानै लीला दाइकहाँ जाने विचारले म तयार हुँदै थिएँ, उनी हाम्रै घरमा आइपुगे । घरमा सबै जना बसिरहेका थियौ“ । लीला दाइले बालाई खोज्नुभयो । म बाहिर निस्के“ । हजुरबालाई लीला दाइले ढोगिदिनुभयो । मैले ‘नमस्ते’ गरे“ । हामी बाहिर दलानको खाटमा बस्यौ“ ।
मलाई देखेर लीला दाइले सोधे– ‘कस्तो छ नि तिम्रो इस्कुलतिर आन्दोलन ? कैले आयौ ?’
‘आन्दोलन त चर्कंदैछ दाइ । हाम्रो इस्कुलमा पनि पढाइ हुन छाड्यो । हिजो आएँ । हि“ड्न त अस्तिकै दिन हि“ड्या’ । घर आइपुग्गेन । जिनाखुमा बास बसे“ । हिजो साँझ घर आइपुग्या’ ।’
बातिर फर्केर उनले भने– ‘भाइ, अब एसपालि बौदलमा भोट हाल्नुपर्छ है ! वरपर गाउँलेहरुलाई पनि भन्नुपर्छ । हाम्रो गाउँबाट बौदलको पक्षमा धेरै भोट पार्नुपर्छ । तपै“ त पुरानो, कुरा बुझेको मान्छे, अलिअलि सक्रिय भइदिनुस् है । अब विवेक पनि लाग्छ । एसका साथीहरु पनि लाग्छन् । ती मीना र अरु दुई–चार जना मान्छे त छन् नि, निर्दलमा भोट हाल्ने । एसपालि यो निर्दल नफाली हुँदैन ।’
‘तपै“का कुरा त ठीक हुन् । लाग्न पनि लागौ“ला तर खोई दाइ मलाई त तपै“का नेतामा पत्यारै छैन । पैले पनि तेत्रोविधि लागियो । पछि फासफुस बनाइहाले । धोका दिनेलाई के भन्नु र खै ! उनेरm काँबाट सञ्चालित हुन्छन्, हाम्ले बुझ्नै सक्दैनौ“ । हामी हाम्रो सोझो मनले सोच्छौ“ । नेता अर्कै टेढो र धूर्त मनले सोच्छन् । सूर्यबहादुर प्रधानमन्त्री भए रे । प्रशासन र पैसा भएपछि यिन्लाई लुट्पुट्याइन्छ भन्दैछन् भन्ने सुन्छु ।’
लीला दाइका कुराको जवाफमा बाले आनो मनका कुरा खोल्नुभयो । लीला दाइ अक्मकिए । उनको अनुहार अलि गम्भीर भयो । लामो अनुभव रहेछ यी दुवै बूढाहरुसँग । म सुनिरहे“ । लीला दाइ एकछिन घोरिए । बा पनि चुपचाप लागिरहनुभयो ।
‘हुन त भाइले भन्या’ कुरा शतप्रतिशत झूटा हुन् म भन्दिनँ तर पनि भविस्सेप्रति आशा राख्नै पर्छ भाइ । म पनि तेत्तिका वर्षदेखि एई पाटी भनेरै बसिरा’छु । सक्या’ गर्दैछु । पाटीभित्र कमीकमजोरीका बारेमा छलफल पनि चलाउँदैछु । एस पटक पैलेजस्तो धोका हुँदैन कि भन्ने ठान्या’ छु । भएछ नै भने पनि के नै बिग्रन्छ र ? प्रयत्नै नगरी छोड्नुभन्दा त प्रयत्न गरेरै सिक्नु राम्रो हो नि ?’ यति भनेर लीला दाइ चुप भए ।
‘तिमेर्का नेता र दक्षिणे काजीको सम्बन्ध नै अस्पष्ट छ । कैले याँ गारो भो उता जान्छन्, उता गारो भो एता छिर्छन् । घरि विरोध गर्छन्, घरि शरण लिन्छन् । ऐले त्याँ बस्न अलि गारो भो जस्तो छ । तेसैले निःसर्त देश फर्के । तेत्रो वारेन्ट जारी भा’का मान्छे, ज्यान मुद्दामा फाँसी तोक्या’ छ । राजद्रोहको मुद्दा छ । तेसै त काँ फक्र्या’ होलान् र ! आन्दोलन गर्न उक्साउने कुरा त गरे तर खै योजना र आधार ? राजाले ‘जे चाइने हो रोज’ त भने तर फेरि आनै पोल्टाका मान्छेलाई प्रधानमन्त्री बनाए । कडा, धूर्त र चालबाज छन् ती । प्रशासन राजाकै छ, सेना राजाकै छ, पुलिस राजाकै छ, ढुकुटी उनेर्कै हातमा छ । ताल्चा र साँचो दुवै आनो हातमा लिएर बन्द गरेपछि ढोकाभित्र पस् भनेर मात्रै काँ हुन्छ ? खै ढुकुटीमा ताला लाउने र खोल्ने तिमेर्का मान्छे ? एति सानो कुरा तिन्ले बुज्या’ छैनन् होला त ? बुज्या’ छन् । तर बुझ पचाए । गतिलो काम होला जस्तो लाग्दैन लीला दाइ । फसिन्छ एसपालि पनि ।’ बाले लीला दाइका कुराको जवाफमा लामो शङ्का व्यक्त गर्नुभयो । मैले दुवै जनाको सम्वाद सुनिरहे“ ।
लीला दाइ के बोल्नु न के बोल्नु भए । ‘राजनीतिमा देखिएको कुरा मात्रै हेरेर हुँदोरै’नछ । भित्री कुरा के हुन्छन् ? बाका कुरा त साँच्चै हुन् जस्तो लाग्यो । सूर्यबहादुरको सरकारमा निर्दल र बौदलका मान्छे मिला’र बना’को भए कमसे कम एकलौटी गर्न त पाउने थेनन् । ऐले त कल्ले रोक्ने यिन्लाई ? निहत्था जन्ताले करा’र र भोट हालेर मात्रै के गर्नु ? शक्तिको महङ्खव बुझेनन् क्यार नेताले ।’ मैले यस्तै–यस्तै कुरा सोचे“ । भन्नचाहि“ भनिनँ । लीला दाइ अझै चुपचापै थिए ।
‘के गरून् बिचरा ! यी गाउँमा बस्छन् । जिल्लामा त गनिएका हुन् नि, केन्द्रमा पहुँच छैन क्यार । फेरि यिन्को पार्टी पनि यौटा नेताको सोचमा चल्ने त र’छ नि ! एक जनाले जे भन्यो, अरुले तेसैमा ताली ठोक्छन् । भन्नु मात्रै प्रजातान्त्रिक । काममा चाहि“ मनतान्त्रिक र एकतान्त्रिक । बुद्धि पु¥याएनन् क्यार ।’ म द्विविधामा परे“ । भित्रैदेखि उकुस–मुकुस भएर आयो । टाउको अलि चिट्चिट् ग¥यो । म केही नबोली बसिरहे“ । दुई जनाको वार्ता चली नै रह्यो ।
लीला दाइले विस्तारै मुख खोले– ‘भाइको शङ्का ठीकै हो । तर निर्णायक चै“ जन्ता नै हुन् । शक्ति जन्तामा छ, नेतामा छैन । सबैतिरबाट जन्ताले निगरानी गर्न सकियो भने नेता, सरकार, राजा सबै ठीक ठाउँमा आउँछन् । हाम्ले चै“ कसरी ठीक काम गर्ने त्यो सोचौ“ । प्रयत्न नै गरिएन भने प्रतिफल आउँदैन । गल्ती गर्दै, सिक्दै, सच्चिँदै, सच्याउँदै अगि बढ्नुपर्छ । परिवर्तनका लागि हिम्मत चाइन्छ । गल्ती गर्ने पनि र सच्चिने पनि हिम्मत । बिनागल्ती काँ सफलता भेटिन्छ र ? ऐलेको पनि तेई कुरा हो । हाम्ले आँधीबेरी सिर्जना ग¥यौ“ भने नेता काँ जान्छन् र ? हामी तातेनौ“ र अरुले गरून् भनेर सबै बसिरह्यौ“ भने परिवर्तन कैल्यै आउँदैन भाइ ।’
लीला दाइको हिम्मत अझै मरेको रै’नछ । बाले उनका कुरा निकै ध्यान दिएर सुन्नुभयो । तर अनुहारले भने शङ्का जाहेर गरिरह्यो । अझ बाले भरोसा गर्न सक्नुभएन । फेरि भन्नुभयो– ‘विरोधीको, विपक्षीको कुरा सुन्ने, निर्णय गर्ने तहमा आना पक्षका कोई न कोई मान्छे हुनै पर्छ । यौटाले निर्णय गर्ने र अर्काले ताली मात्रै पिट्ने हो भने काममा जैले पनि धोका हुन्छ । हाम्रो राजनीतिको इतिहासले एस्तै भन्छ । निर्णय गर्ने र लागू गर्ने दुवै यौटै भो भने गर्ने काम फितलो हुन्छ । तेसको लागि निग्रानी गर्ने अर्को शक्ति चाइन्छ । खै त्यो काम ग¥या’ ? जतिसुकै तपै“हरु कराउनुस्, यो पटक फेरि धोकै हुन्छ । निर्दलले बौदललाई पछार्छ, पछार्छ ।’ बाले आनो विश्लेषणमा दृढता देखाउनुभयो । खै किन हो, बाका कुरा अलिकति पनि टसमस हुने छाँट देखिएन । कति गहिरो आत्मविश्वास रहेछ आनो विश्लेषणमा ? बूढा त बुझिनसक्नुका पो र’छन् त ! मैले बूढाहरुका कुराबाट आनो निष्कर्ष बनाइरहे“ ।
लीला दाइजस्ता खली खाएका मान्छे पनि नाजवाफ भए । वासुदेवले पनि अस्ति यही कुरा भन्थे । ‘तिम्रा बा कुरा गर्न सारै खप्पिस छन् । राम्रो विश्लेषण गर्छन्’ भन्थे । किन तानिएनन् मेरा बा राजनीतिमा ? लागेका त र’छन् नि ! आज थाहा पाइयो । किन लीला दाइहरुले बालाई तान्न सकेनन् ? यस्ता मान्छे राजनीतिमा गएका भए कति परिपक्व हुन्थ्यो होला हाम्रो राजनीति ? मैले बूढाहरुका कुरा ध्यान दिएर सुनी नै रहे“ । केही पनि बोलिनँ । लीला दाइ उठ्न खोजे ।
मतिर हेर्दै उनले भने– ‘अब प्रचारको योजना बनाउनुपर्छ । तिमेरm ठिटाकै भरमा छ देश । हामी बूढापाका पुराना भयौ“ । अब तिमेरmजस्ता युवकले देश हाँक्नुपर्छ । यौटा प्रचार समिति बना’र काम गर्न थाल्नु परो । साथीहरुलाई पनि भन । भोलि हाम्रै टोलमा भेला गर्ने विचार ग¥या’ छु । तिमी पनि आउनु है !’ लीला दाइले योजना सुनाउँदै बाटो लाग्ने सुरसार कसे । जाँदाजाँदै बातिर फर्केर भने– ‘भाइ, अब जे–जस्तो भए नि भविष्य सोचौ“ । पि“जडाको बन्दी हुनुभन्दा खुला आकाशै रोजौ“ है । लाग्नुपर्छ । गल्ती सच्याउनुपर्छ । अगि बढ्नुपर्छ ।’ लीला दाइ बिदा भए । हामी बाबुछोराले उठेर उनलाई बिदा ग¥यौ“ ।
+ + + +
हामी बिहानको खाजा खान लागेका थियौ“, विजया टुप्लुक आइपुगिन् । हँसिलो चेहरा, फूर्तिलो शरीर, मायालु बोली ।
‘नमस्ते है दाइ ! म त घर सोध्दै आई पो पुगे“ त । कुकुर त छैन होला नि !’ काले कुकुर कता गएको थियो, लुटुपुटु गर्दै आइपुग्यो । उनको शङ्का कालेले यथार्थ पारिदियो ।
‘कुकुर भए पनि कुकुरको मालिक पनि त सँगै छ नि, किन डरा’की ? तेत्रो बाघबाट त बँचा’र ल्याएँ ! यो त आफै“ले पालेको कुकुर ! तेई पनि तिम्लाई त आनै मान्छे भनेर चिनिसकेछ । भौ“ पनि गरेन । हेर न कुकुरले पनि माया गरेको तिम्लाई !’ मैले उभिएरै विजयालाई ठट्टाले स्वागत गरे“ । उनी मसक्क मस्किन् ।
‘बस्दै गर । म एकछिनमा आउँछु ।’ उनी खाटमा टुसुक्क बसिन्, म भित्र पसे“ । खाजा खाने बेला । आमालाई विजया पनि आएको कुरा सुनाएँ । आमा पनि निस्कनुभयो ।
‘ए, विजया भनेकी तिमी नै हौ नानी ? विवेकले त तिम्रो कुरा गरिरन्छ । सारै प्रशंसा गर्छ है नानी तिम्रो त । अस्ति बाटाको कुरा सुनायो । धन्न बाँचेछौ । बिहानै हि“डिछौ, भोक लाग्या’ होला । हामी पनि खाजा खान लाग्या’ छौ“, आऊ भित्रै बसौ“ । खाजा खानुपर्छ । विवेक पनि खाने सुरसार गर्दैछ ।’ म धारामा पानी छ कि छैन भनी हेर्न निस्के“ । पानी आइरहेकै थियो ।
‘जाउ“m, हातमुख धोएर आउ“m ।’ मैले विजयालाई पानीको धारातिर लिएर गएँ । दुवैले राम्ररी हातमुख धोयौ“ ।
फर्कंदा उनले भनिन्– ‘पानीको त सारै सुविधा र’छ त दाइ ! कति राम्रो धारो ! हाम्रो कैले हुने होला एस्तो ?’ हात धोइसकेर हामी दुवै जना खाजा खान भित्र पस्यौ“ ।
‘आज दही र मकैको सातु । अलिकति गुन्द्रुकको चट्नी छ । नयाँ पाउनालाई एस्तो पो खाजा ख्वाइने भो त ।’ आमाले विजयातिर लक्षित गर्दै भन्नुभयोे ।
‘भैहाल्छ नि आमा । म पनि एस्तै खानेकुरा खाँदै हुर्केकी त हुँ नि ! काँकी सहरिया हँु र ? आनै घर हो, पेट भर्न पाए भैगो नि ! तेई पनि दही र सातु कम्तीको खाजा हो र ? मलाई त मीठो लाग्छ ।’ हामी दुवैले दही, सातु र गुन्द्रुकको चट्नीको खाजा खायौ“ । हामीले खाजा खाइसक्दा बा र हजुरबा पनि बिहानको काम सकेर घरमा आइपुग्नुभयो । बालाई विजयाले ‘नमस्ते’ भनिन् ।
‘म त पाउना है बा ! हामी त पुराना भैसक्यौ“ । बाआमासँग चिनजान चै“ नयाँ ।’ हजुरबालाई पनि उनले अभिवादन गरिन् । खाजा खाइसकेर सबै जना दलानमा बस्यौ“ ।
‘विजया नानी भनेकी तिमी नै हौ ?’ बाले विजयातिर फर्केर सोध्नुभयो ।
‘हो बा, मेरो नाम विजया । जिनाखु घर । व्यानै हि“ड्या’, सोध्दै–सोध्दै बल्ल आइपुगे“ । अस्ति विवेक दाइले निम्ता दिनुभा’थ्यो । आज जानु परो भनेर म त आएँ ।’ मतिर पुलुक्क हेर्दै विजयाले जवाफ दिइन् ।
‘कसकी छोरी अरे नानी तिमी ?’ बाले घरको सोधखोज गर्नुभयो ।
‘म तेई इस्कुलमाथिको ठूला कालेकी छोरी ।’ विजयाले जवाफ दिइन् ।
‘म तिम्रा बालाई राम्ररी चिन्थे“ । सारै थलिएर खसे बिचरा ! पछि–पछि सारै गारो भा’थ्यो । म दुई–तीन पटक हेर्न गएँ । हामी पनि सानाका साथी । सारै मिलनसार मान्छे । हाँसखेल, ठट्टा खूब गर्नुपर्ने । तिमी पनि तेस्तै रै’छौ । बाउको बानीबेओरा आएछ । कस्तो फरासिलो अन्वार र’छ । काकाहरु पनि बेस छन् ।’ बाले विजयाको घरपरिवारसँगको पुरानो चिनजानबारे लामो जानकारी दिनुभयो । बाको कुरा सुनेर विजया दङ्ग परिन् ।
‘काँ आएँ भनेको त पुरानै चिनजानको घर पो र’छ । तेई भ’र होला, विवेक दाइ पनि एईलेदेखि चिनेजानेको जस्तो लाग्या’ ।’ विजयाले आनो मनको कुरा खोलिन् । बाले विजयाको पढाइ, आमा, घरको कामकाज, काकाहरुबारे लामै कुराकानी गर्नुभयो । विजयाले पनि पुरानै चिनजानको घरमा आएजस्तै गरी खुलेर सबै कुरा गरिन् । निकैबेरको कुराकानीपछि बा नुहाउन धारातिर लाग्नुभयो । आमा भित्रै खाना पकाउन व्यस्त । मैले विजयालाई सोधे“– ‘आज घर फर्किनुपर्दैन नि !’ विजया अन्कनाइन् ।
‘किन नि ? एतिबेला भैसको । आज एतै बस । भोलि लीला दाइकाँ भेला पनि र’छ । त्याँ भेला सकेर जानू । केई कामका कुरा हुन सक्छन् भेलामा ।’
‘हुन्छ ।’ विजयाले स्वीकृति जनाइन् । आमाले भित्रबाट खाना खान बोलाउनुभयो ।
‘अब खाना खाऊँ । बालाई पनि बोला ।’
हामी दुवै जना खाना खान भित्र पस्यौ“ । बा नुहाएर खाना खान पस्नुभयो । हजुरबा पनि आनो पूजापाठ सकेर भान्सामा आउनुभयो । सबै जना खाना खान तयार भयौ“ ।
‘अस्ति विवेकलाई खूब मेजमानी गर्नुभएछ, आज त सादामा पो पारियो नयाँ पाउनालाई पनि ।’ आमाले विजयातिर लक्षित गर्दै भन्नुभयो ।
‘आमा, म पनि तपै“की छोरीजस्तै हुँ । के मेजमानी गर्नुपर्छ र ? सम्मान, आदर र प्रेमले पो आतिथ्य हुन्छ त । खानाले त पेट भर्ने त हो नि ! एत्तिका चीज देख्दैछु । बरm मेरो पेट पो सानो हुन्छ जस्तो छ ।’ विजयाले ठट्ट्याउलो पारामा आमालाई जवाफ दिइन् ।
+ + + +
विजया र म भोलिपल्ट बिहानै घरबाट लीला दाइकहाँ भेला हुन हि“ड्यौ“ । पल्लो डाँडाको रमेश पनि घरमै थियो । उसलाई पनि मैले बोलाएँ । हामीसँग पढ्ने सबै साथीहरु घर आइसकेका थिए । सबैलाई खबर गरियो । घरमुनिको चेते र लाहुरे बालाई पनि बोलाएँ । लाहुरे बाले खाना खाएर आउने कुरा गरे । हामी लीला दाइकहाँ नै खाना खाने गरी हि“ड्यौ“ । बाटोमा गफ गर्दै गइयो । लीला दाइकहाँ भेला छ भन्ने हल्ला गाउँभरि फैलिएको रहेछ । केहीले आउँछु, तिमीहरु जाँदै गर भने, केहीले आज अलि फुर्सद छैन भने । हामी घर–घरमा पस्दै, खबर गर्दै लीला दाइकहाँ भेला हुन पुग्यौ“ ।
हामी पुग्दा लीला दाइ घरमा सानो–तिनो काम गर्दै थिए । दुवै जनाले अभिवादन ग¥यौ“ । विजयातिर हेर्दै लीला दाइले भने– ‘वाँ नानीलाई त चिनिनँ नि ! काँबाट आयौ ? सँगै आ’का छौ ।’
‘उनी मेरी साथी । जनकपुर पढ्छिन् । जिनाखु हो घर । हामी अस्ति सँगै आ’का । बाटोमा भेट भो, चिनजान गर्दै आ’को त छिमेकी गाउँकी रै’छिन् । उनी पनि बौदलको प्रचार गर्न स्कुलबाट आ’की अरे । मैले हाम्रो गाउँ आऊ अनि योजना बना’र लागौ“ला भन्या’ थे“ । हिजो आइछन् । याँ भेला छ जाऊँ भनेर ले’र आ’को ।’ मैले विजयातिर हेरेर आनो कुरा टुङ्ग्याएँ ।
‘ठीक ग¥यौ । मैले त तिमेरmजस्ता युवाहरुलाई साथ र सयोग गर्ने हो । म बूढो भएँ, अब तिमेर्कै हो भविष्य । युवा शक्ति लाग्यो भने जे पनि गर्न सकिन्छ । जोस र होस मिल्यो भने के हुँदैन र ?’ लीला दाइले हामीलाई खाटमा बस्न सङ्केत गर्दै हौस्याउने प्रयास गरे ।
लीला दाइकहाँ खाना तयार भइसकेको रहेछ । हामी पुगेपछि भाउजूले सोध्नुभयो– ‘भान्सा भा’को छैन होला । हामी त तयार भा’का छौ“ । बाबुहरु पनि आउनुस् । बाँडेर खाऊँ ।’
‘हामीलाई खाना पकाउनु भा’को छैन होला । फेरि बाहान पो लाउनुपर्ने भो त ! अप्ठ्यारो पा¥यौ“ है भाउजू तपै“लाई । व्यानै सबैतिर खबर गर्दै आउने भनेर चाँडै निस्क्यौ“ । खाना खान भ्याइएन । खाजा पनि खान पा’को छैन । विजया पनि मसँगै जाने भनिन् ।’ मैले भाउजूको दुःख बुझ्ने कोसिस गरे“ ।
‘सकेसम्म थप्नु नपर्ला । दुई–चार जना खाना नखाई आउनुहोला भनेर अलि बढ्तै पका’की छु । थप्नु परे थपौ“ला । तपै“हरु खाइहाल्नुस् । ऐले मान्छे आउन थाल्छन् अनि खान पनि भ्याइँदैन । बरm छिटो गरिहाल्नुस् ।’ भाउजूले हतार लाउनुभयो । हामी तीनै जना खाना खान घरभित्र पस्यौ“ । मानिसहरु क्रमशः एक–एक गर्दै जम्मा हुन थाले । लीला दाइले कटेरोमा गाईवस्तु खाली गरेर जमघट गर्न सरसफाइ गरिसक्नुभएको थियो । भुइँमा पराल ओछ्याएर बस्न ठिक्क पारियो । गाउँको सभागृह बनेको थियो, त्यो दिन लीला दाइको भैंसीगोठ । हामी हतार–हतार खाना खाएर त्यही गोठतिर गयौ“ । गुन्द्री पुग्नेजति गुन्द्रीमा, नपुग्नेलाई पराल ओछ्याएर बस्ने बन्दोबस्त मिलाउनतिर लाग्यौ“ ।
युवायुवती, अधबैंसे सबैखाले गाउँलेहरु धमाधम आउन थाले । ०१७ सालपछि यसरी निर्दलको विरोधमा खुलेर कुराकानी गर्ने पहिलो अवसर आएको थियो । गाउँलेहरु कस्तो रहेछ ? के रहेछ ? भनेर बुझ्ने हिसाबले पनि ओइरिएका थिए । हामी खाना खाएर बाहिर गोठमा बसेका मात्रै थियौ“, रमेश आइपुग्यो । उसले लीला दाइ र मलाई एकान्तमा लिएर गयो ।
‘केई गोप्य छ र ? नत्र यी“ भन्दा हुन्छ नि !’ लीला दाइले रमेशलाई भने ।
‘छ, अलि गोप्य कुरा छ । तर कुरा छोटो छ ।’
हामी गोठपछाडि एकान्तमा गयौ“ । विजया हामीलाई हेरेर गोठमै बसिरहिन् । दुई–चार जना अरु मान्छे आउने क्रम चली नै रहेको थियो ।
रमेशले भन्यो– ‘दाइ, हिजो राति एक हूल लट्ठीवालहरु आम्बोटे भन्ज्याङबाट आ’का छन् रे । ती कता गए, गाउँलेले पत्तो पाएनन् । गाउँ चै“ काट्या’ छैनन् । मीना दिदीकाँ गए कि भन्ने शङ्का छ । यदि साँच्चै हो भने हामी सतर्क हुनुपर्छ है दाइ । मैले गोप्य सूचना भा’कोले एक्लै बोला’र भन्या’ ।’
लीला दाइले रमेशको कुरा ध्यान दिएर सुने र भने– ‘एस्ता धम्क्याउने काम निर्दलवालाले गर्न सक्छन् । रमेशले पा’को सूचना सई हुन सक्छ । यदि तेसो हो भने हाम्ले दुई–चार जनालाई अलि वरपर ‘सेन्ट्री’ बस्न लाउनुपर्छ । यो ठाउँ डाँडामा छ । यदि कतैबाट शङ्कास्पद मान्छे आए भने सुइँया पार् है भन्नुपर्छ । हामी पनि तयार भ’र बस्नुपर्छ । बरु एकेक ओटा स–साना दाउरा चै“ सबैलाई पुग्ने गरी गोठको छेउमा राखिराख्नुपर्छ । अलिकति ढुङ्गा पनि जम्मा गरौ“ । तेल्ले बजाउँला । तिनेरmसँग पनि गोलीगट्ठा र बन्दुक त छैन नि ! गुण्डागर्दी त गर्ने हुन् नि !’ लीला दाइले हिम्मत र रणनीतिमिश्रित कुरा गरे । हामी गोठभित्र बस्यौ“ ।
मानिस आउने क्रम अझै बढ्दै गयो । लीला दाइले दुई–चार जना गाउँलेहरुलाई चियो बस्न तल र माथि खटाए । अलि हिम्मतिला र आइलागे भने जाइलाग्न सक्ने मान्छे खटिए । हामी भेलामा कुराकानी गर्नतिर लाग्यौ“ । गोठमा मान्छे अटाई–नअटाई भए । हामीले ओछ्याएको पराल र गुन्द्री एक छेउ पनि भएन । कोही धूलोमा त्यसै बसे, कोही उभिए । सानो–सानो आमसभा नै भयो लीला दाइको कटेरोमा ।
लीला दाइले सबैलाई सम्बोधन गर्दै भने– ‘हामी आज करिब १९–२० वर्षपछि ढुक्क भएर निर्दलको विकल्प खोज्ने शान्तिपूर्ण आन्दोलनमा छौ“ । यो औसर तेसै आ’को हैन । सयौ“ युवा–विद्यार्थीहरुको रगत र पसिना एसमा बग्या’ छ । लाखौ“को भावना एसमा गाँस्सिया’ छ । पि“जडा जस्तोसुकै राम्रो र सुनकै भए पनि पि“जडा नै हुन्छ । मुक्त आकाशमा रमाउने पंक्षी पि“जडाको सकसमा रमाउन सक्दैन । मान्छे पनि खान नपाउँदा खान खोज्छ तर आफै“ले देखेको उपायमा रमाउँछ । बन्दुकको नाल तेस्र्याएर खान दिएको थालको भात जतिसुकै मीठो भए पनि स्वाद लिएर खान सकि“दैन । मीठोको मिठास लिन निर्भय हुनै पर्छ । हामी ऐले उकुस–मुकुसको शान्तिमा छौ“ । भित्रभित्रै पिल्सिएर चुप लाग्नु शान्ति हैन, डर हो । डरमा टिकेको शान्ति कैल्यै स्थायी हुँदैन । न आफूलाई लाग्या’ कुरा बोल्न पाउनु छ, न मान्छेलाई चाइने र जान्नुपर्ने कुरा जान्न पाउनु छ । एस्तो पि“जडाभित्रको त्रास र बन्देज तोडौ“ । आउने चुनावमा बौदललाई जिताऊँ । निर्दललाई हराऊँ । मेरो एई निवेदन छ । अब तपै“हरुलाई लागेका कुरा खुलेर भन्नोस् । हामी सँगै लडौ“, सँगै हि“डौ“ ।’
लीला दाइको संक्षिप्त मन्तव्यपछि सबै गाउँलेहरु उत्साहित देखिए । युवाहरुबाट केही कुरा भन भनेर लीला दाइले मलाई सङ्केत गरे । मैले पल्लो गाउँ पञ्चायतबाट आएकी अतिथि पनि भएकाले विजयालाई केही भन्न सङ्केत गरे“ ।
विजयाले सबै गाउँलेहरुलाई उठेर नमस्कार गरिन् । चारैतिर घुमेर उनले नमस्कार गर्दा सबै गाउँलेहरुले तालीले स्वागत गरे । उनले संक्षिप्त सम्बोधन गर्दै भनिन्– ‘सबै मान्यजन र भद्रभलाद्मीहरुलाई म छिमेकी गाउँकी चेलीको तर्फबाट नमस्कार ! म तपै“हरुकी छोरी–चेली हुँ । तप“ैहरुभन्दा म धेरै जान्दिनँ । म जान्ने भएर तपै“हरुलाई ठूल्ठूला कुरा गर्न उभ्भेकी हैन । तपै“हरु जानकार र भुक्तभोगी हुनुन्छ । के ठीक र के गलत तपै“हरु आफै“ छुट्ट्याउनुहोस् । लीला दाइले भन्नुपर्ने कुरा भनिसक्नु भो । हामी पि“जडामा कैद भयौ“ । उकुस–मुकुसमा गुम्सिएर कतिञ्जेल बस्ने ? स्वतन्त्रता, सम्मान र प्रेम सबै मान्छे चाहन्छन् । यी मान्छेका अधिकार हुन् । के हाम्ले राज्यबाट सम्मान, स्वतन्त्रता र प्रेम पाएका छौ“ ? छैनौ“ भने सबै जुटौ“ । तेल्लाई लिन आँट गरौ“ । विगतमा भा’का गल्तीबाट सिकौ“ । भविष्यमा गल्ती नदो¥याऊँ । धोका नहोस् भनेर खबरदारी गरौ“ । मेरो एई अनुरोध छ । हामी युवामा जोस छ, तपै“हरु अभिभावकले होस थपिदिनुस् । एसपालि बौदलले निर्दललाई हराउन सकेन भने यो पि“जडा अझ कसिलो हुनेछ । विवेक तपै“हरुको । धन्यवाद ।’
विजयाको भाषणपछि गाउँलेहरु मुखामुख गर्न थाले– एस्ती कलिली केटीले पनि कति राम्रो कुरा गरिन् ! कति मीठो र छोटो कुरा !
केही पाका गाउँलेहरुले पहिलेका विकृतिका कुरा उठाए । आन्दोलनमा लागेका मान्छेले खोरका खसी र घिउका टिन लगेका कुरा सम्झाए । जबर्जस्ती पसिना चुहाएर दुई–चार पैसा कमाएर लगानी गरेका तमसुक च्यातेर उल्टै घरबार र सम्पत्तिविहीन बनाएको कुरा पनि गरे ।
लीला दाइले हाम्रो गाउँमा चाहि“ विगतका गल्ती दोहोरिन दिन्नँ भनेर कसम खाए । एउटा २५ सदस्यीय बहुदल प्रचार समिति बन्यो । त्यसले योजना के बनाउँदै थियो, हाम्रा सचेतकहरुले सुइँय पारेर खतराको सङ्केत गरे । सबै गाउँले हात–हातमा दाउरा, भाटा र ढुङ्गा लिएर तम्तयार भए । मुखले सिट्ठी फुक्न जान्नेहरुले सिट्ठी फुके । एक प्रकारको रमाइलो भन्ने हो कि गाईजात्रा भन्नेजस्तो अवस्था आयो । भीडबाट हेर्दा पारिपट्टि १५–२० जना लट्ठीधारीहरु साईसाई र सुईसुई पार्दै हामीतिर आउँदै गरेको देखियो । भीडमा मीना दिदी पनि देखिइन् । रमेशको शङ्का सही रहेछ । लीला दाइले सबैलाई शान्त र सतर्क भएर बसिरहन आग्रह गरे । हामी प्रचार समितिको नेतृत्व कसले गर्ने भन्ने छलफल गर्नतिर लाग्यौ“ । अनुभवले पाकेका हुनाले लीला दाइ संयोजक बनाइए । मलाई लीला दाइपछिको सहसंयोजक बस्नुपर्छ भनेर सबै गाउँलेले कर गरे । विजयालाई दुवै गाउँका महिलाहरुको परिचालन र नेतृत्वकर्ता तोके । केही बूढापाकाहरु पनि उत्साहित भए । युवा–विद्यार्थी सबै सदस्य बसे । विस्तारै हल्लाखल्ला शान्त भयो । हामी आ–आना घरतिर समूह–समूह बनाएर हि“ड्न तयार भयौ“ ।
हि“ड्ने बेलामा लीला दाइले आगामी दिनको योजनाका विषयमा बोले– ‘अब भोलिदेखि हामी सभा गर्ने छैनौ“ । हरेक टोलमा राति मात्रै मिटिङ हुने छन् । आ–आनो टोलमा आ–आफूले प्रचार गरौ“ । सम्झाऊँ । केई समयपछि टोल–टोलका अनुभव आदान–प्रदान गरिने छ । कोई अपरिचित मान्छे देखिए निग्रानी गरौ“ । समितिलाई तेसको सूचना दिऊँ । समितिले तेल्लाई टुङ्गो लगाउने छ । अनावश्यक बहस र विवाद गरेर मान्छेलाई नचिढ्याऊँ । यो काम विस्तारै हुन्छ । डर मनमा रउञ्जेल मान्छे खुल्दैनन् । एत्तिका मान्छे एक भ’र लाग्यौ“ भने एति सानो गाउँमा धेरै ठूलो काम गर्न सकिन्छ । गाउँले एक भयौ“ भने बाइरबाट आ’का भाडाका मान्छेले केई गर्न सक्दैनन् ।’
लीला दाइका कुरा सकिएपछि हामी विस्तारै घरतिर लाग्यौ“ । विजया पनि फेरि हाम्रै घरतिर फर्किइन् । एक्लै जाँदा असुरक्षा हुने भएकाले लीला दाइले ‘आज विवेककै“ बस’ भने । हामी कार्यक्रम राम्रोसँग सम्पन्न भएको खुसियालीमा रमाउँदै घर फर्कियौ“ । बाटोमा लाहुरे बा, चेते, म र विजया सँगै थियौ“ ।
लाहुरे बाले पुराना अनुभव सुनाउँदै भने– ‘सत्र सालपछि दुई–चार वर्ष एस्ता भेलामा खूब हि“डियो । राति–राति मिटिङ हुन्थ्यो । दिनभरि काम । सारै धेरै लागियो । तर केई लागेन । नेता मिलेनन् । शक्ति पनि जुटेन । नेताको तँ–तँ र म–मकै कारणले बौदल गुम्यो । अलिकति बुद्धि पु¥याको भा’ तेस्तो हुँदैनथ्यो । ऐले पनि धोका हुने सम्भावना छ । राजाले भन्या’ त छन् तर बौदलका यौटा पनि मान्छे सर्कारमा छैनन् । प्रशासन, सेना, पुलिसलाई प्रयोग गरेर जन्ताका हातमा ‘माछो माछो भ्यागुतो’ बनाउन सक्छन् । एसमा कमजोरी गरे नेताले । लाग्न त लागौ“ तर गतिलो पारा छैन । ठिक्क लाग है बाबु । आफू नबिग्रने गरी मात्तै लाग ।’
लाहुरे बा र हाम्रा बाका अनुभव मिले । दुवैले यौटै शङ्का गरे । कुरा सत्य पनि हुन सक्छ । म मनमनै सोच्दै थिएँ, लाउरे बा बोले– ‘नेतालाई देश बाइर बस्न गारो भा’ बेला आनो शक्ति प्रदर्शनका लागि बहाना खोजे । जन्तालाई होमे ।’ मैले पनि मनमनै अलिअलि शङ्काको फाइदा लिएँ । आखिर लागी त हालियो । अलिअलि लागे पनि अब बहुदल र निर्दलको विभाजन माथिदेखि तलैसम्मै भइसक्यो । सबैलाई दुःख दिएर त कसरी चल्ला र ?
विजया मेरो पछि–पछि थिइन् । उनले हाम्रो मौनता भङ्ग गर्दै भनिन्– ‘हाम्रो गाउँमा चै“ के गरी काम गर्ने होला विवेक दाइ ? एस्तै भेला गर्न सक्केला त ?’
‘पख, भक्तलाई आउन देऊ । उल्ले केई काम गर्छ । भोलि म पनि जाउँला तिम्रो गाउँ । राति काकाहर्सँग बसेर सल्ला’ गरौ“ला अनि योजना बनाउँला । ऐले नै त के योजना बनाउनु र ?’ मैले विजयालाई काम गर्ने तरिका बताएँ ।
बेलुकाको खाना खाइसकेर अँगेनाको डिलमा वरिपरि बसिरहेका थियौ“ । बाले विजया र मलाई सोध्नुभयो– ‘कस्तो भो त आजको भेला ? अब कस्सेरै लाग्ने भयौ त ?’
‘हो । अब कस्सिने नै भैयो, जे होला । गाउँलेहरु निकै जम्मा भए । मीना दिदीले हच्काउने प्रयास गरिन् । तर लीला दाइ खल्ली र’छन् । सुरक्षा कसरी गर्नुपर्छ था’ र’छ उन्लाई । देश खा’र शेष भा’का मान्छे, के कम हुन्थे ! उन्कै संयोजकत्वमा २५ जानाको प्रचार समिति बना’को छ । म र विजया पनि त्यो समितिमा छौ“ । अब प्रचारको काम सुरm हुन्छ ।’ मैले दिनभरका कामको विवरण बालाई सुनाएँ ।
‘काम त राम्रै गरेछौ । तिमेर्ले बना’को समितिमा को–को छन् त ? खराब मान्छे पनि घुसे कि ! एस्ता काममा एक–दुई मान्छे सी.आई.डी.का रुपमा घुसिहाल्छन् । तिन्ले गोप्य कुरा विरोधीलाई सुनाउँछन् । अनि सबै योजना डामाडोल हुन्छ । सानो समूह बनाउनुपर्ने थियो । ठूलो समूह बनायौ । तिमेर्का योजना सबै ऐले बेलुका मीना दिदीकाँ पुगिसको होला । पारि गाउँका पुरेत दाइ आ’का थे कि थेनन् ?’ बाले पुरेत दाइको नाम तोकेरै सोध्नुभयो । मलाई शङ्का लाग्यो । ती पुरेत दाइ सबैभन्दा पहिले समितिमा बस्न उत्साहित भएका थिए । हामीले त ठीक काम गर्लान् भनेर राख्यौ“ । वित्याँस पारे कि क्या हो त ! मनमनै आशङ्का गर्दै विजया र मैले मुखामुख ग¥यौ“ ।
‘जो मान्छे अलि धेरै नै चासो राखेर चर्को कुरा गर्दै अगि आउँछ, तेल्लाई विचार गर्नुपर्छ । परीक्षण गर्नुपर्छ, मान्छेका अनेक स्वार्थ हुन्छन् । विरोधीले तेस्तै मान्छेलाई घुसपैठ गराउँछन् । बाइर–बाइर अत्यन्त इमान्दार, क्रान्तिकारी, परिवर्तनकारी देखिन्छन्, भित्रभित्र फर्सी कुएकोजस्तो कुएका हुन्छन् । विपक्षीलाई आना सबै योजना बताउँछन् । तेताबाट आनो स्वार्थ सिद्ध गर्छन् । राजनीतिमा एस्तालाई ‘शिखण्डी’ भन्छन् । शिखण्डीको भूमिका राजनीति र कूटनीतिमा निकै ठूलो हुन्छ ।’
बाका कुराले म र विजया वाल्ल प¥यौ“ । केही नबोलीकन सुनिरह्यौ“ । विजयाले मेरो मुखतिर पुलुक्क हेरिन् । साह्रै गाह्रो भएछ उनलाई कुरा बुझ्न । बालाई उनले सोधिन्– ‘अनि कसरी चाल पाउने त बा तेस्ता घुसेका धूर्त र शिखण्डीहरुको कुरा ? कसरी चिन्न सकिन्छ तिन्लाई ?’
‘चिन्न दुई–चार कुरा ख्याल गर्नुपर्छ । यौटा त तेस्ता मान्छे स–साना स्वार्थमा बहकिने हुन्छन् । जाँ जान्छन्, सारै उग्र र चर्का कुरा गर्छन् । जेमा पनि पैला हुन खोज्छन् । भाषन पनि निकै चर्का र उत्तेजक गर्छन् । एस्ता मान्छे अति नै छिटो गल्छन् पनि । धैर्यसाथ काम गर्न नसक्ने मान्छेले नै प्रायः चर्का कुरा गर्छ । ऐले नै सिध्याइहालौ“ भन्छ । सानो फाइदा भो भने झुक्न खोजिहाल्छ । उसको कुनै निश्चित अडान हुँदैन । एस्ता मान्छेदेखि सतर्क हुनुपर्छ । परीक्षणमा राख्नुपर्छ तेस्तालाई । तिमेर्ले पारिका पुरेतलाई समितिमा राखेछौ, तिन्ले मिटिङ सकिनासाथ बेलुका हुन नपाउँदै मीनालाई सबै कुरा पु¥याइसक्छन् । याँका ‘शिखण्डी’ हुन् ती । अब तिनीसँग गोप्य कुरा नगर्नू । गोप्य कुरा गर्ने सानो समूह बनाउनू । काम चै“ लाइर’नु ।’ बाले राजनीतिभित्रको कूटनीति र धुत्र्याइँको पाटो खोल्नुभयो । बाका सबै कुरा मेरो कलिलो अनुभवले बुझ्न सक्ने खालका थिएनन् । अलिअलि बुझे“ ।
बाले फेरि थप्नुभयो– ‘सात सालको आन्दोलनमा पनि एस्तै भो । आन्दोलनकारीहरुका जमातमा अनेकथरी गलत मान्छे घुसे । ठूल्ठूला कुरा गरेर पत्यारिला भए । केई कम्निस्ट नेताहरुले पनि तेई गरे । सुरmमा एकदम क्रान्तिकारी कुरा गरे । पछि विस्तारै तेस्ता क्रान्तिकारी कुरा गर्ने युवाहर्लाई राजा महेन्द्रले खोजे, भेटे र बोलाए । राजाले बोलाए, भेट्न खोजे भनेपछि टोपी झिकेर दगुरे । गाउँ–गाउँमा भ्रमण गरेर, स्नातकहरुको सङ्गठन बनाएर सम्मान दिएजस्तो गरे । ऐले देशलाई तिमेर्को सयोग चाइया’ छ, देशलाई सयोग गर्दैनौ त ? भनेर राजाले बोलाए भनेपछि धेरै नेताहरु रानोमा मौरी झुम्मिए झै“ तानिए । ठूला नेता दरबार पसे, साना–साना बाँकी रहे । तेसरी शक्ति क्षय गराए महेन्द्रले । कूटनीतिमा सिपालु थिए महेन्द्र । लोभीपापी थिए नेताहरु । जो अगुवा उही बाटो हगुवा भएपछि काँ शक्ति बाँकी रन्छ ? एस्ता कुरा खूब ख्याल गर्नुपर्छ । राजनीतिभित्रको राजनीति भनेको एई त हो नि !’ बाले पुराना कुराबाट लिनुपर्ने शिक्षाको लामो अनुभव सुनाउनुभयो ।
‘बा, एस्तो घुसपैठ र गद्दारी गर्न त अनेक लोभलालच दिएर विरोधीहरुले पार्टीहरुभित्र आना मान्छे घुसाउँछन् रे नि, हो ? अञ्चलाधीशबाट भत्ता खाने अनेक नेता छन् भनेर हाम्रो इस्कुलमा अनेकचोटि कुरा गरेको सुन्या’ छु ! त्यो चै“ के हो ?’ मैले बाका कुरामा अलि जिज्ञासा बढाएँ । चुरो के रहेछ भन्ने जान्ने उत्सुकता जाग्योे ।
‘तेरा कुरा सई हुन् । हरेक पाटीले, देशले आनो पाटीको, देशको हित कसरी रक्षा गर्ने ? शत्रु देश छ भने त्यो देशका कतिपय गुह्य कुरा कसरी था’ पाउने भनेर प्रहरी, सेना, प्रशासन, विदेशी नियोग, राजनीतिक पाटी सबैतिर सकेसम्म आनो हितमा सूचना दिने र काम गर्ने मान्छे घुसाउने प्रयास गर्छ । तेस्ता प्रयास अत्यन्त गोप्य तरिकाले गरिन्छ । संसारमा एस्ता अनेक उदारन पाइन्छन् । कैयौ“ देशका राजा, सरकार प्रमुख, राष्ट्र प्रमुख, मन्त्री, नेता आदिका श्रीमतीहरुलाई, प्रेमिकाहरुलाई, अङ्गरक्षकहरुलाई, स्वकीय सचिवहरुलाई, परिवारका सदस्यहरुलाई ठूला–ठूला प्रलोभनमा फसा’र, बाध्य बना’र अनेक तरिकाले गोप्य कुराको सूचना लिने काममा प्रयोग गरिन्छ ।’
बाका कुरा सुन्दासुन्दै मैले बीचैमा प्रश्न गरे“– ‘नेपालमा पनि एस्तो भा’ छ त बा ?’
‘किन नहुनु ? सात सालको आन्दोलन नै तेसको राम्रो उदारन हो । तेतिबेला त्रिभुवनलाई भगा’र पाल्पा पु¥याउने, मोहनसमशेरलाई हटा’र अर्कोलाई प्रधानमन्त्री बनाउने योजना थियो । आन्दोलनकारी र राजा मिलेर आफै“ समाधान गर्ने प्रयत्न भित्रभित्रै हुँदै थियो । राणाबाएक सबै पक्ष एसमा राजी पनि भैसक्या’ थिए । त्यो कुरा दरबारकी एक जना विदेशी नर्सले चुहाइन् । दक्षिणे काजीका दूत तेतिबेला नेपालका मन्त्रीभन्दा शक्तिशाली थिए । त्यो सुनेपछि उन्का दूतले दक्षिणे काजीलाई सोधे । काजीको निर्देशनमा रातारात त्रिभुवनलाई दक्षिणेहरुले हवाइजहाज पठा’र दिल्ली लगे । भन्नलाई त शरण लिए भनियो तर भित्री कुरा त भारतले कब्जामा लिएको हो । काम एकथोक हुन्छ, लेख्न एकथोक लेखिन्छ । एस्तै हुन्छन् राजनीतिका कुरा ।’
‘दिल्ली लगेपछि त्रिभुवनलाई कैदीजस्तै बनाइयो । दक्षिणे काजीले सम्झौता तयार गरे । दरबार र सरकार दुवैलाई आनो दबाब र प्रभाव प्रयोग गरे । तेतिबेला स्थिति सामान्य किसिमले उनेर्को नियन्त्रणमा आयो । केही अशुभ भएन । उनेर्ले आनो दबाब मात्रै प्रयोग गरे । एस्तो बेलामा यदि आनो देशका विरmद्ध खतरा हुने देखेको भा’ त्रिभुवनको हत्या पनि गर्न सक्थे । कति ठाउँमा एस्तो भा’को छ । कति ठाउँमा नेताहर्लाई प्रभावमा पारेर गलत निर्णयका निम्ति उक्साइन्छ । निर्णय गरिसकेपछि आनो स्वार्थअनुकूल हुने गरी तेसको गलत व्याख्या गर्न लाइन्छ । देशको नीति निर्माणमा आनो अनुकूल हुने अनेक नीतिहरु बनाउन नीति निर्माताहरुलाई प्रयोग गरिन्छ । अनेक तरिका छन् एसका । तिमेरm एस्ता कुरा विस्तारै बुज्छौ । राजनीतिमा जति माथि जान्छौ, एस्ता रहस्यहरु तेतितेति बुज्दै जान्छौ । ऐल्यै तिमेर्को कलिलो दिमागले यो बुज्न गारो छ । कुरा सुनिराख्यौ भने पछि–पछि काम लाग्छन् एस्ता कुरा । के था’ तिमेरm पनि ठूला नेता बन्छौ कि ? लाग्या’ छौ । होमिएपछि मान्छे एक न एक दिन सफल भैहाल्छ ।’
यति भन्दै बाले खल्तीबाट एउटा बि“डी निकाल्नुभयो । बि“डी सल्काएर जोडले एक सर्को तान्नुभयो । हामी बाका व्याख्या सुनेर लट्ठिएकै थियौ“ । बाले फेरि कुरा जोड्नुभयो ।
‘हाम्रो देशमा पनि तेस्तो घुसपैठ गरा’र गोप्यता था’ पाउने, प्रशासनमा रेकर्ड राखेर मान्छेलाई तर्साउने, पदको प्रलोभन दिएर एक पटक फसा’र घरको न घाटको बनाउने काम खूब भा’का छन्, भैरन्छन् । क्रान्तिकारी देखिने दरिद्रनारानहरु अञ्चलाधीशकाँ गएर भत्ता बुज्छन् । बाइर आ’र ठूल्ठूला कुरा गर्छन् । एस्ता ‘भतुवा’हरु सबैजसो पाटीमा छन् । एस्तैले हो बिगार्ने । एस्तैले हो जन्तालाई धोका दिने । ठूल्ठूला र आदर्शका कुरा गरेको देखेर मान्छे विश्वास गरेर पछि लाग्छन् । पछि तेई भीड देखा’र उनेरm आनो भत्ता थपाउँछन् । जति बढी भीड, तेति बढी भत्ता । राजनीतिभित्र धोकाधडी एसरी नै चल्छ ।’
कुरा गर्दागर्दै रात निकै बितेछ । राजनीतिक कुरा सकिएनन् । बाले कुराको बिट मार्दै भन्नुभयो– ‘अब सुतौ“ । भोलि व्यानै फेरि छिटो उठ्नु छ । हजुरबा पनि बिरामी हुनुुन्छ । डाक्टर लिन जानुपर्छ कि ! बाँकी फेरि अर्को दिन गरौ“ला ।’ हामी सुत्नतिर लाग्यौ“ । हजुरबालाई अलि बिसञ्चो भएछ । छिट्टै सुत्न गइसक्नुभएको थियो ।
+ + + +
बिहान सबेरै उठेर विजया घर जान तयार भइन् । म पनि उठे“ । दुवै जना धारातिर लाग्यौ“ । धारामा हातमुख धुँदै विजयाले भनिन्– ‘विवेक दाइ, हजुरबालाई कस्तो छ ? सञ्चो हुनु भो कि भएन ? राति केई विचार गर्नु भो ?’
‘अहँ, राति बोलाउनुभएन हजुरबाले । बाफ लिएर सुत्नु भा’को, तेसपछि केई कुरा भा’ छैन । हामी अब हातमुख धोऊँ अनि हेर्नुपर्छ ।’ हामी दुवै जना हातमुख धोएर हजुरबाको नजिकै गएर बोलायौ“ ।
‘हजुरबा, आज कस्तो छ ? डाक्टर बोलाउनुपर्छ कि ?’ मैले उभिएरै सोधे“ ।
‘शरीर त हल्कै छ । ऐले नै त डाक्टर ल्याउनुपर्लाजस्तो छैन । फेरि दिउँसो जरो बढ्यो भने हेरौ“ला । अब म पनि विस्तारै उठ्छु । आमालाई एक गिलास तातो दूध तयार गर्न भन् । म तलै आएर खाउँला ।’ हामी दुवै जना हजुरबाको कोठाबाट फर्कियौ“ र आमालाई दूध तताइदिन भन्यौ“ ।
‘विवेक दाइ, अब हजुरबा पनि अलि सञ्चो हुनु भा’ जस्तो छ । आज म पनि घरतिर लाग्नुपर्ला कि ! के गरौ“ ?’ विजयाले मसँग घर फर्कने अनुमति मागिन् ।
‘समय अलि राम्रो छैन । हिजोको कुरा देखिहाल्यौ । गाउँभरि तिमी र म सक्रिय भएर लागेको कुरा फैलिसक्या’छ । मीना दिदीका दादाहरु हिजो तिम्ले पनि देखिहाल्यौ । एक्लै त तिम्लाई कसरी पठाउन सक्छु र म ? बीच बाटोमा केई भैहाल्यो भने त मलाई पनि जिन्दगीभरि नराम्रो हुन्छ । बरm खाना खाऊँ अनि दुवै जना सँगै जाउँला । सकभर आजभोलि भक्त पनि आउँछ कि ! भक्त आयो भने म पनि भोलि एक दिन तिमीकाँ नै बसौ“ला । त्याँतिर प्रचारको कुरा पनि गर्नु छ ।’
मेरो सल्लाह विजयालाई पनि ठीकै लागेछ । उनले समर्थन जनाइन् ।
हामी टहलिन निस्कियौ“ । बाटोमा विजयाले मलाई भनिन्– ‘विवेक दाइ, तपै“लाई यो आन्दोलन सफल हुन्छ जस्तो लाग्छ ? बाका, लाहुरे बाका अनि हिजो आउने पाका मान्छेका कुरा सुन्दा त मलाई त अलि काँचो काम भो कि जस्तो पो लागिरा’छ, के गर्ने होला ?’
‘खोला तर्न भेलमा पसेपछि पार हुइन्छ कि हुइँदैन भनेर आफै“सँग शङ्का भो भने खोलापारि पुग्नै सकि“दैन । मन शङ्कारहित भयो भने चै“ पक्कै पारि पुगिन्छ । एकै पटकको प्रयासमा भएन भने अर्को उपाय निकालेर पुगिन्छ । आधा बाटोमा आएर फर्कने कुरा आउँछ र ? यात्रा सुरm नगर्दै सोच्नुपर्छ एस्ता कुरा । आफूले गर्ने प्रयास गर्दै जानुपर्छ । कामले अनेक अनुभव दिन्छ । तेसबाट फेरि सिक्नुपर्छ, अगि बढ्नुपर्छ । शङ्का र दुविधाको अब कुरै छैन । अनुभवीका अनुभव सजगताका लागि हुन् ।’
विजया अगि–अगि थिइन्, मतिर फनक्क फर्किन् । भनिन्– ‘कस्तो दरिलो आत्मविश्वास ? तपै“ त भविष्यको नेता हुने निश्चित छ । तपै“लाई बधाई ।’ उनी यति भन्दै उन्मुक्त हाँसो हाँसिन् । मलाई अलि अप्ठ्यारो लाग्यो । कस्तो निश्चल हाँसो ? मान्छेले देखे भने ? कस्ता छिल्लिएका केटाकेटी रहेछन् भन्लान् ।
‘लगातार हि“डिरह्यो भने कमिलाले पनि कोसौ“ यात्रा गर्छ । कछुवाले पनि खरायोलाई जित्न सक्छ । बीच बाटोमा धैर्यता गुम्यो र अल्छीले खायो भने मात्रै मान्छे असफल हुने हो । हामी ऊर्जावान् युवा लगातार लागिरह्यौ“ भने जुनसुकै कुरामा पनि सफल हुन सक्छौ“ । गर्न लागेपछि नहुने कुरा के छ र ?’ कुरा गर्दागर्दै हामी निकै पर पुगेछौ“ ।
फर्कंदा बाटोमा विजयाले फेरि घर जाने कुरा निकालिन्– ‘आमा पनि घरमा एक्लै हुनुन्छ । भक्त दाइ पनि पक्कै आउनुहोला आजभोलि । दिउँसो अलि ढिलो गरेर भने पनि जाऊँ कि !’
‘हुन्छ । घर पुगेपछि निर्णय गरौ“ला ।’
+ + + +
हामी दुवै हजुरबाको नजिकै गएर बस्यौ“ । मैले हजुरबाको नाडी छामे“ । ज्वरो थिएन ।
‘जरो छैन । नातागत भएछ । अलिअलि रि“गटा छ । अब बुढ्यौली लागो । दुई–चार दिन लाग्छ ठीक हुन ।’ हजुरबाले भन्नुभयो ।
विजया हजुरबाको कुरा सुनेर दङ्ग परिन् । भनिन्– ‘अब घर जान पाइने भो । असुराको बाफले जरो ठीक हुँदोर’छ । जडी औषधि र’छ यो ।’
हजुरबालाई हेर्दै उनले भनिन्– ‘हजुरबा, त्यो असुरो र बाफ त विचित्रको औषधि पो र’छ त । हिजोको तेति धेरै जरो ऐले चट् । काँबाट सिक्या’ हजुरबा तपै“ले यो औषधि ?’
‘नानी, एस्ता राम्रा कुरा हाम्ले कति छोड्यौ“ कति ! पैलेका राम्रा कुरामध्ये हुन् यी पनि । तर हाम्ले तिन्लाई चिनेनौ“ । पुर्खौंदेखि चलिआ’का उपचार हुन् यी । यो त यौटा मात्रै देख्यौ तिम्ले । एस्ता उपचारका हजार तरिका छन्, जल्ले हाम्लाई दीर्घजीवी बनाउ“छन् ।’ विजयाले हजुरबाका कुरा ध्यान दिएर सुनिरहिन् ।
आमाले भित्रबाट खान बोलाउनुभयो । हामी सबै जना खाना खान भित्र पस्यौ“ । खाना खाइसकेर विजया र म घरबाट निस्क्यौ“ । गाउँमा बाटोभरि मान्छे भेटिए । हिजोको भेलाको कुरा गाउँभरि फैलिएछ । हामीलाई ठाउँ–ठाउँमा रोक्दै मान्छेले सोधे– ‘अब के हुन्छ ?’ सबैको चासो थियो हामीसँग । हामीले बहुदलमा भोट हालौ“, बाँकी पछि हेरौ“ भन्दै संक्षिप्त कुरा गर्दै अगि बढ्यौ“ । मीना दिदीका लट्ठीधारीको कुरा पनि चल्यो । गाउँलेहरुमा डर पनि देख्यौ“ हामीले । कैयौ“ले हामीलाई एक्लै–दुक्लै नहि“ड्न सुझाव दिए । बेलुका समयमै हामी विजयाको घर पुग्यौ“ ।
+ + + +
घाम अस्ताउनै लागेको थियो । विजयाकी आमा भैंसी दुहुन व्यस्त हुनुहुन्थ्यो । हामी सरासर गएर दलानमा हालेको खाटमा बस्यौ“ । आमा भैंसी दुहिसकेर उठ्नुभयो । हामीलाई देखेर भन्नुभयो– ‘जोडी नै पो आएछौ त । हिजो नै आउँछौ कि भनेर बाटो हेरिरहे“ । खाना पनि ढिलोसम्म नपकाई बसे“ । आएनौ अनि ढिलो गरी खाएर सुते“ । बिहानै आउने होलान् भनेको, साँझ पा¥यौ । कैलेकाइँ आउने छोरी, तेई पनि कताकता हि“ड्दा न्यास्रो पो लाग्दोर’छ ।’
‘काँ आमा, हाम्रो त कथा नै अर्को भो नि ! हिजो आउने भन्या’, भेलामा बसियो । नेता बनाइदिए । भाषण, सल्लाह, के–के, के–के । फेरि त्याँमाथि विवेक दाइ । अनि हिजो आउनै सकिनँ । विवेक दाइका बाले हाम्रा बालाई राम्रो चिन्नुहुँदोर’छ । साथी अरे वाँहरु । विवेक दाइको घर त मेरो अर्को घरजस्तो पो भो त ।’ विजया दङ्ग पर्दै आमालाई हाम्रो घरको र आन्दोलनको कुरा सुनाउँदै थिइन् । म मुसुमुसु हाँसिरहे“ ।
कस्ती निर्दोष केटी ! के भन्दा के पर्ला मतलबै छैन । खुला हृदयकी छिन् यिनी । गलत अर्थ लगाउने मान्छे परे भने फसाद पार्ने रै’छिन् । मैले मनमनै विजयाको विश्लेषण गरिरहे“ ।
हामी कुराकानी गर्दै थियौ“, भक्त टुप्लुक्क आइपुग्यो । ‘को बोलेको र’छ घरमा भनेर हेर्न आ’को त विवेक पो र’छ । निकै वर्ष पो भो त भेट नभा’को पनि । के छ त हालचाल ?’ बस्दाबस्दै भक्तले निकै कुरा सोध्यो । विजया भित्र पसिन् ।
‘बाबुहरु, तिमेरm कुरा गर्दै गर, म चै“ दूध बसाल्छु है । म गएँ । बाइर अँध्यारो छ । उज्यालो चाइए भित्रै आओ ।’ हामीलाई देखेर आमाले भन्नुभयो ।
‘हुन्छ बडीआमा । हामी एकछिन यी“ कुरा गर्छौं अनि भित्र पसौ“ला । यिनेरm भोका’र आ’का होलान्, खाना बसाल्दै गर्नुस् । म चै“ घरतिरै जान्छु है बडी ।’ भक्तले आनो कुरा बडीआमालाई भन्यो ।
‘ए ! हुन्छ, हुन्छ ।’ आमाले संक्षिप्त उत्तर दि“दै भित्र पस्नुभयो ।
म र भक्तले एक–आपसमा आ–आना हालखबर साटासाट ग¥यौ“ । घरव्यवहार, पढाइ, आर्थिक अवस्था, आन्दोलन हाम्रा विषय भए । मैले सहरमा भइरहेको आन्दोलनबारे चासो राखे“ । उसले आफू सहर पसेर सानो काममा लागेको, टुहुरी बैनी भएकीले विजयालाई पनि साथै लिएर गएको, उनको पढाइमा निकै भरथेग गरिरहेको आदि सबै कुरा सुनायो । मैले पनि आनो पढाइ, स्कुलको वातावरण आदि बारे बताएँ । दुवै जनाले फेरि पुरानो मित्रतालाई नवीकरण ग¥यौ“ ।
भक्तले भन्यो– ‘अब बौदलको पक्षमा गाउँमा कसरी प्रचार–प्रसार गर्ने हो, तेतातिर लाग्नुपर्ला । तिमी पनि आयौ । दुवै जना मिलेर केई गरौ“ । पुरानालाई सम्मान गरौ“, नयाँलाई परिचालन गरौ“ । एस्तै गर्दा राम्रो होला । विजयाले पनि एसमा सायता गर्न सक्छिन्, उनी पनि जनकपुरमा राम्रैसँग आन्दोलनमा होम्मेकी हुन् ।’
‘हामी दुई–तीन दिनअगि आयौ“ । बाटोमा विजया र मेरो भेट भो । सँगै आयौ“, त्यो दिन म पनि यी“ बसे“ । भोलिपल्ट म घर गएँ । हिजो हाम्रो गाउँमा भव्य भेला गरियो । लीला दाइको नेतृत्वमा विजया र म पनि भा’को प्रचार समिति बना’को छ । त्यो समितिले तीनटा गाउँ पञ्चायतमा काम गर्ने लक्ष्य राख्या’ छ । याँ पनि अब भोलि सरसल्ला’ गर्नुपर्छ । तिम्लाई नै पर्खेर बसिरा’थ्यौ“ हामी । सहरमा जस्तो सजिलो छैन, गाउँमा आन्दोलन गर्न । मान्छेहरु थरीथरीका स–साना कुरामा अल्झ्या’ छन् । सतर्क भएर काम गर्नुपर्छ ।’
‘ठीक भन्यौ । तिमेर्ले ठीक काम गरेछौ । लीला दाइ अनुभवी छन् । ऐले को मान्छे के हो भन्नुभन्दा पनि कल्ले आन्दोलनलाई सघाउँछ, को इमान््दार भएर लाग्छ, तेल्लाई समेटौ“ । विस्तारै अरु तानिन्छन् । अगिका ठूलाबडाका पछि नलागौ“ । पुरानाहरु नयाँका पछि लाग्छन् ।’ भक्तले संक्षिप्त रणनीति बतायो ।
हामी कुरा गरिरहेका थियौ“, भित्रबाट विजयाले बोलाइन्– ‘दाइहरु, अँध्यारोमा बाइरै बसिर’ने कि क्या हो ? भित्र नपस्ने ?’
‘भैगो बैनी, म घरतिरै लाग्छु । आजै आ’को, थाक्या’ छु । भोलि व्यान बेस्सरी बात मारौ“ला । ऐले विवेक पनि यी“ बसोस् । भोलि व्यान चै“ उल्लाई पनि मैकाँ लान्छु । तिमी पनि उतै जानुपर्छ । ऐले म लागे“ ।’ भक्त जुरmक्क उठेर आनो घरतिर लाग्यो । म भित्र पसे“ । खाना तयार भइसकेको थियो । विजयाले खाना पस्किइन् । म हात धोएर खान बसे“ । आमा पनि बस्नुभयो ।
खाना खाएर हात धुन म पानी लिएर बाहिर निस्के“ । निस्पट्ट अँध्यारो थियो । कीराहरुको आवाज अँध्यारोमा चारैतिर ठोक्किएर गुञ्जायमान थियो ।
हात धोएर भित्र पसेको मात्रै थिएँ, विजयाले मलाई भक्तसँग भएको कुराकानीबारे चासो राखिन् । मैले उनलाई भक्तले बिहान उसैकहाँ पाहुनाको रुपमा खाना खाने गरी बोलाएको कुरा बताएँ । खानाको भाँडा माझिसकेपछि अँगेनाको डिलमा बसेर भलाकुसारी ग¥यौ“ । थाकिएछ । कुराकानी गर्ने जाँगर पनि त्यतिसारो थिएन । तीनै जना तलामाथि उक्लेर सुत्नतिर लाग्यौ“ । मलाई विजयाले अघिल्लो पटक सुतेकै कोठातिर सङ्केत गरिन् । म फेरि दोस्रो पटक विजयाको अतिथिका रुपमा उनीकहाँ रात बसे“ ।
+ + + +
बिहान उठ्नेबित्तिकै भक्त हामीकहाँ आइपुग्यो । उसले विजया र मलाई खाना उतै खाने गरी जान आग्रह ग¥यो । विजया र म दुवै तयार भएर भक्तसँग उसको घरतर्फ लाग्यौ“ । मैले बाटोमा भक्तको कामको चासो राखे“– ‘काम चै“ के छ नि भक्त ? कमाइ राम्रै छ ?’
‘जीवन गुजारा चलिरा’छ । एउटा आरा मिलमा काम गर्दैछु । तेसको बजार हेर्ने, काठ छुटाउने, जङ्गलमा रुखमा टाँचा लाउने, कैलेकाइ“ अरु ठेक्कापट्टाको हेरचाह र निगरानी गर्ने एस्तै–एस्तै काम हुन्छ । कैले के हुन्छ । एकैनाश हुँदैन । कमाइ पनि एकैनाश हुँदैन । कैले अलि बढी, कैले अलि कम । प्राइभेट जागिर भनेजस्तो गतिलो त काँ छ र ?’ उसले आनो कथाव्यथा बतायो ।
‘यो आन्दोलन चर्कन थालेपछि तराईमा काठको तस्करी अत्यन्त फस्टा’को छ । जतिसुकै पनि काठ काट्न अनुमति बाँडिया’ छ । तस्करीको बिगबिगी उस्तै छ । जङ्गल फँडानी हे¥यो भने कहालीलाग्दो छ । खै, एई चाल हो भने त जङ्गल त सखाप हुनेजस्तो पो देखिँदैछ । दिनहुँ जङ्गल फाँडिया’ छ । नयाँ–नयाँ आरा मिल खोलिएका छन् । रात–रातभर सीमापार काठ तस्करी भैरा’को छ । आन्दोलन अगि र पछिको जङ्गल फँडानी र काठ तस्करी हेर्दा त म छक्कै प¥या’ छु । एई चाला हो भने चुरेमा अब सालका रुख यौटै बाँकी नरहने भए । बुट्यान मात्रै बाँकी रन्छन् ।’ भक्तले देशको डरलाग्दो वन फँडानीको अवस्थाको चित्र प्रस्तुत ग¥यो ।
‘हाम्रो आरा मिलमा दैनिकजसो वनका हाकिम आइरन्छन् । दिनहुँ नयाँ–नयाँ ठाउँमा काठ कटानीको अनुमति दिएको देख्छु । सीमापारि काठ लैजानेहरुलाई भन्सारमा पनि कुनै कडाइँ छैन । तेसबाट राजस्व तिरिएको छ÷छैन त्यो पनि वास्ता छैन । सबै टेबुलमुनिबाट काम भैरा’छ । टेबुलमाथि त कामै पो हुन छाड्यो त ! म त सरकारी अड्डामा जाँदा छक्कै पर्छु । कोर्ई हाकिम पनि सोझो काम गर्न खोज्दैन । टेबुलमुनिबाट मात्र काम गराउन खोज्छन् । आदेश नै एस्तै छ कि क्या हो ?’ भक्तले देशको प्रशासनमा आएको परिवर्तनतिर औ“ल्यायो । मैले उसको कुरा ध्यानपूर्वक सुनिरहे“ । सरकारी कार्यालयसँग काम गरेको अनुभव मसँग थिएन । भक्तको कुराले मलाई पनि द्रवित बनायो ।
मैले भक्तलाई सोधे“– ‘पैलादेखि नै एस्तै हो कि ऐले आ’र बद्लिया’ हो ?’
भक्तले फेरि थप्यो– ‘पैला एतिसारो थिएन । सूर्यबहादुर प्रधानमन्त्री भएपछि बढ्यो । जो मान्छे देशको नियम, कानुन, न्याय, इन्साफ हेर्ने हो, तेई बद्मास, भ्रष्ट र अनैतिक भो भने सामान्य मान्छे इमान्दार भएर मात्रै देश काँ बन्छ र ? काँ उन्नति हुन्छ ? जन्ता र सरकार छुट्टाछुट्टै सम्झने र एक–अर्काको सयोगी हुन् भनेर नठान्ने हो भने अधिकार भा’को मान्छेले देशलाई बिगार्छ । समाज, संस्कार र कार्यसंस्कृति नै सखाप पार्दिन्छ । तेस्ता मानिस देशका लागि धमिरा हुन् । धमिराले आकार त तेई राख्छ तर भित्रभित्रै भने सिध्या’र माटो बनाइसक्या’ हुन्छ । एस्सो छुनासाथ माटोको ढिस्को वास्स ढल्छ । एस्तै हुन् अधिकार लिने तर कर्तव्य र जवाफदेहिता बोध नहुने मान्छेहरु । पैला त अलि राम्रोजस्तो लाग्थ्यो । ऐले त बर्बादै छ सबैतिर ।’
हामी कुराकानी गर्दै र सोच्दै भक्तको घरको डिलमा पुग्यौ“ । भक्तले घरका बाआमासँग मेरो परिचय गरायो । हामी दलानमा हालेको खाट र कुर्सीमा आमने–सामने भएर बस्यौ“ । भक्तका बाले हाम्रो परिवारका सबै सदस्यलाई चिन्नुहुँदोरहेछ । बा, हजुरबा उहाँका लागि नौला हुनुहुन्नथ्यो । म भने सानै भएको र आवत–जावत कम हुन थालेकाले मलाई चाहि“ चिन्नुभएन । सामान्य भलाकुसारीपछि हामी हाम्रो कुराकानीमा लाग्यौ“ ।
भक्त, विजया, म र भक्तका बा सबै जना अब आउने चुनावमा कसरी निर्दललाई हराउने ? कसरी बहुदलमा भोट खसाल्न जनतालाई मनाउन सकिन्छ ? त्यसका लागि के योजना बनाउनुपर्छ ? को–को मान्छे सहयोगी हुन सक्लान् ? यस्तै लेखाजोखा गर्नतिर लाग्यौ“ ।
भक्तले भन्यो– ‘हाम्रो काममा सयोग गर्न सक्ने एक जना इस्कुल शिक्षक छन् । उन्को सबै गाउँलेसँग राम्रो सम्बन्ध पनि छ । उन्ले सयोग गरे भने हामी एक दिन तिमेर्को गाउँकैजस्तो भेला गरेर छलफल गर्न सक्छौ“ । समूहमा छलफल हुन सक्यो भने मान्छेभित्रको डर पनि कम हुन्छ । बरm केई दिन तिमी पनि यी“ बस, म र विजया पनि लागिरन्छौ“ । लीला दाइलाई पनि बोलाऊँ ।’
भक्तको राय मलाई उचितै लाग्यो । विजयाले पनि त्यसमा समर्थन जनाइन् । भक्तका बाले पनि भक्तको कुरामा समर्थन जनाए । दुई दिन गाउँलेहरु सबैलाई खबर गर्ने र त्यस्रो दिन भेला गर्ने निधो भयो । हामी दुई दिनसम्म बढीभन्दा बढी मान्छेसँग भेटघाट र छलफलमा व्यस्त भयौ“ । स्कुलमा पढाउने रमण सर पनि हाम्रा सहयोगी भए । रमण सर स्थानीय मानिसहरुसँग अत्यन्तै भिजेका लोकप्रिय मान्छे रहेछन् । उनले हामीलाई गाउँ–गाउँ लगे । खाने–बस्ने प्रबन्ध गरे । मानिस भेला गराए । कुराकानी गरे । गाउँलेले नबुझेका कुराहरु बुझाए ।
तेस्रो दिन ११ बजे हामी सबै गाउँलेलाई भेला हुन खबर गरेको जिनाखु स्कुलनजिकको चौतारोमा पुग्यौ“ । लीला दाइ पनि ठीक समयमा चौतारोमा उपस्थित भए । धमाधम मानिसहरु जम्मा हुन मात्रै थालेका थिए, १०–१५ जना लट्ठीधारी जमात जथाभावी लट्ठी बजार्दै डाङ्डाङ्–डुङ्डुङ् गर्दै चौतारोवरिपरिका मानिसलाई धम्क्याउन थाले । हामी चुपचाप एक छेउमा बसी नै रह्यौ“ । विस्तारै गाउँलेहरुलाई हामीले नडराउन र प्रतिकार नगर्न अनुरोध ग¥यौ“ ।
लीला दाइले अलि अग्लो ठाउँमा उभिएर गाउँले र लट्ठीधारी दुवैथरीलाई आफूनजिक आउन भने । म उनीसँगै थिएँ । दुवैथरी मानिस उनको नजिक आए । उनले विस्तारै सम्बोधन गर्दै भने– ‘हामी तपै“हरु कसैको घर बिगार्न, बाली लुट्न, दुःख दिन, चन्दा माग्न, गालीगलौज गर्न आ’का हैनौ“ । तपै“हरुका कुरा सुन्न र आफूलाई लाग्या’ कुरा भन्न आ’का हौ“ । तपै“हरु जो याँ लट्ठी ले’र आउनुभा’छ, आनो कुरा राख्न अनुरोध गर्छु । तपै“हरु किन, के बुजेर एसो गर्दै हुनुन्छ ? आनो कुरा राख्नुस् ।’
लीला दाइका कुरा सुनेपछि लट्ठीवालाहरु मुखामुख गर्न थाले । एउटा–एउटा गर्दै उनीहरु बहाना बनाएर त्यहाँबाट हराए । केही पनि सुनाउन तयार नभएपछि लीला दाइले अरु मानिसहरुलाई हेर्दै भने– ‘अब पालो तपै“हर्को । तपै“हरु भन्नोस्– ऐलेको पालि तपै“हरु केमा भोट हाल्ने विचारमा हुनुन्छ ?’
सबैले मुखामुख गरे । कसैले पनि केही बोल्ने साहस गरेनन् । त्यो देखेर भक्तले लीला दाइनजिकै उभिएर भन्यो– ‘तपै“हर्लाई म हार्दिक नमस्कार र अभिवादन गर्दछु । तपै“हरु हाम्रो निम्तो स्वीकार गरेर याँ आइदिनु भो । एस्तो औसर एक युगमा एक पटक आउँछ । हामी ऐले नयाँ परिवर्तन चाहने कि पुरानैमा रमाउने भन्ने कुराको निर्णय गर्ने महङ्खवपूर्ण समयमा आइपुग्या’ छौ“ । के तपै“हर्ले आफूलाई लाग्या’ कुरा बोल्न पाउनुभा’ छ ? आफूलाई अन्याय परेको कुरामा विरोध जनाउन पाउनुभा’ छ ? अवश्य छैन । पि“जडामा पालिएको सुगाजस्तै भा’का छौ“ हामी । खटा’को खाने, अरा’को गर्ने । मुक्त आकाशमा रमाउने चरालाई पि“जडाभित्र कैद गर्दा कस्तो हुन्छ ? तपै“हरु जान्नुहुन्छ । यो पि“जडालाई फाल्न तपै“हरु मनले सङ्कल्प लिनोस् । आनै मनले यौटा भोट अर्पण गर्नोस् । गोप्यरुपमा भोट हाल्न पाइन्छ । भित्र गएर नीलो आकाशलाई सम्झेर तेसैमा छाप लगा’र बक्सामा खसाल्दिनोस् । तपै“ले गोप्यरुपमा भोट हाल्न पाउनुहुन्छ । कसैले था’ पाउन सक्दैन तपै“को मत । एसमा ढुक्क हुनुस् ।’
भक्तको कुरा सुनेर सबै गाउँलेहरु उत्साहित भए । निकैबेर अनौपचारिक कुराकानी चले । त्यस दिनदेखि गाउँमा निर्दलवालाहरु देखिएनन् । जतासुकै चर्चा–परिचर्चा बहुदलकै हुन थाल्यो । हामी भेला सकेर फेरि भक्तको घरमा आयौ“ । लीला दाइ र रमण सर हाम्रो त्यस अभियानका सहयोगी भए । म र विजया उनीहरुका सहयात्री भयौ“ । घरमा आइपुगेपछि लीला दाइले हामी सबैलाई आगामी दिनका लागि आम्बोटे भेलाकै रणनीतिमा काम गर्ने सल्लाह दिए । हरेक दिन कुनै न कुनै टोलमा बैठक र प्रचार जारी राखौ“ । विस्तारै वातावरण तयार पारौ“ भने । यहाँ अहिले नै ठूलो प्रचार समिति नबनाऊँ । त्यो वातावरण पनि भएन । अर्को कुनै दिन आवश्यक भयो भने बनाउँला, नत्र व्यक्ति–व्यक्तिले जिम्मेवारीपूर्वक काम गरौ“ भन्ने हामी सबैले सल्लाह ग¥यौ“ । यति सल्लाह गरेर हामी आ–आना गन्तव्यतिर लाग्यौ“ । लीला दाइ र म भक्त, रमण सर र विजयासँग छुट्टिएर घरतिर लाग्यौ“ । भक्त र विजया त्यही“ बसे । रमण सर आनै निवासतिर लागे ।
+ + + +
चुनावको दिन नजिकि“दै जान थाल्यो । भक्त, विजया, म, लीला दाइ र रमण सर सबै आ–आना गाउँटोल र छिमेकी गाउँमा पालैसँग प्रचार–प्रसारमा तीव्रतासाथ लागिरहेका थियौ“ । गाउँमा निर्दलमा लाग्ने मान्छे देखिन छाडे । गाउँ एक प्रकारले बहुदलको एकलौटीजस्तै थियो । पञ्चहरु पनि निर्दल र बहुदल कुन रोज्ने भन्ने दोधारमा थिए । बाहिर–बाहिर एकथोक, भित्रभित्र अर्कैथोकको द्विविधामा थिए उनीहरु । न दह्रोसँग बहुदलमा खुल्न सक्थे न निर्दल नै ठीक हो भनेर अडिन सक्थे । हामी बहुदलमा अत्यधिक भोट आउने अनुमानमा ढुक्क हुँदै गयौ“ । छिटफुट प्रचारका काम चली नै रहे । एक दिन एक्कासि पुलिसको एउटा टोली गाउँमा आयो । बेलुका मीना दिदीकहाँ बस्यो अरे भन्ने सुनियो । उनीहरु किन आए, केका लागि आए केही थाहा भएन ।
त्यसको भोलिपल्ट हामी वरपरका गाउँ पञ्चायतका प्रचारकसहित लीला दाइकहाँ जम्मा भयौ“ । पुलिसको गाउँ भ्रमणबारे हामीले लीला दाइलाई भन्यौ“ । लीला दाइले ‘शान्ति सुरक्षाको अवस्था बुज्न र निर्दलको अवस्था कस्तो छ, तेसको खबर बुज्न आ’का होलान्’ भने ।
हामी आ–आनो कामको खबर लीला दाइलाई दि“दै एकछिन चुनावमा अपनाउनुपर्ने सतर्कताबारे छलफल गरी बाहिरह्यौ“ । पुलिसहरु अरु गाउँलेहरुकहाँ पसेर केही भनेको थाहा पाइएन । आनो काम गरेर उनीहरु फर्के । भोट हाल्ने दिन आउन एक हप्ता मात्र बाँकी थियो, निर्दलले चारैतिरका गाउँलेहरुलाई दलको सभामा उपस्थित हुन उर्दी जारी ग¥यो । निर्दलका मान्छेहरु गाउँमा सल्बलाए । राँगा काटे, सुँगुर ढाले, खसी काटे र भव्य भोजको बन्दोबस्त गरे । भोजको व्यवस्था छ अरे भनेपछि भएभरका गाउँलेहरु भोज खान गए । त्यस भोजमा हाम्रो घरनजिकैका माइला दाइ पनि सामेल थिए । दिनभर गाउँलेले भोज खाए । अलिअलि खोयाबिर्केको पनि व्यवस्था गरेको रहेछ । भेलामा अरु त कोही थिएन, तिनै मीना दिदी, इन्द्र दाइलगायत अरु पञ्चहरु थिए । त्यसमा हाम्रो प्रचार समितिका केही सदस्यहरु पनि गएका थिए भन्ने हामीले सुन्यौ“ । भोजबाट फर्कंदा उनीहरु वारि–पारि हल्लाखल्ला गर्दै फर्के । भोलिपल्ट बिहानै म गाउँको अवस्था बुझ्न गाउँतिर पसे“ । हिजोअस्ति हामीलाई देख्दा को–को न आएकोजस्तो गर्ने मान्छे बोल्न पनि लाज मानेजस्तो गर्न थाले । म छक्क परे“ । फेरि हामी प्रचार समितिका मान्छेहरु भेला भयौ“ । सबै समीक्षा गरियो । माथिबाट भोजभतेर, प्रचार र चुनावका लागि निर्दलमा पैसा आएको कुरा साथीहरुले बताए ।
‘काँबाट आउँछ एत्तिका पैसा ? हिजोको भोजमा मात्तै ५० हजार खर्च भो होला । गाउँमा भोज गर्न एसरी हजारौ“ रुपियाँ कल्ले दियो ? काँबाट आयो एत्रोविधि पैसा ? पक्कै पनि यो तेई जङ्गल बेचेको, भन्सारमा तस्करी गर्न छुट दिएको, कर छल्न उक्साएर छुट दिएको पैसा हुनुपर्छ । एस्तो गरेर करोडौ“ पैसा सङ्कलन गरि“दैछ भन्ने मैले जनकपुर हुँदा सुन्या’ थे“ । पक्कै पनि तेई पैसा एस्ता भोजमा जन्ता भुल्या’र, रक्सीले मता’र, गुण्डाहरुबाट धम्क्याएर भोट जित्न खर्च भा’को हुनुपर्छ ।’ भक्तले अनुमान लगायो ।
त्यतिबेलासम्म लीला दाइ चुपचाप लागिरहेका थिए । उनले विस्तारै मुख खोले– ‘भक्तले भनेको कुरा सई हुन सक्छ । यिन्ले बद्मासी गर्न सक्छन् । तर कैलेसम्म एसो गर्न सकिन्छ ? तासको घर एक दिन ढल्छ । जतिसुकै राम्रो भए पनि तासको घर धेरै दिन टिक्दैन । हरेक आन्दोलनले जन्ताको चेतना उठाउँछ । गलत नारा र गलत आश्वासन दिएर आन्दोलन चलाउँदा पछि आफै“लाई सम्हाल्न गारो हुन्छ । हामी पुग्ने कुरा गरौ“ । टिक्न सक्ने आश्वासन बाँडौ“ । आनो काममा विश्वास गरौ“ । भोज खान गा’कोमा गाउँलेको विरोध नगरौ“ । भोज खान जानुस् तर भोट चै“ भित्र गएर हाम्लाई हाल्नुस् भनौ“ । यो बेला संयमले काम लिनुपर्छ । भावनामा बहकिनुहुँदैन । पैसामा भोट साट्न थालियो भने मान्छे किन्ने र बेच्ने काम हुन्छ । पछिल्ला दिनमा तेसले गलत संस्कार बसाल्छ । राजनीतिलाई पैसाले खाइदिन्छ । एतातिर हामी नलागौ“ ।’
लीला दाइका कुरालाई हामी सबैले समर्थन ग¥यौ“ । भोलिदेखि त्यही किसिमले प्रचारमा जुट्ने निर्णय भयो । घर–घरमा गएर लीला दाइको सन्देश हामीले गाउँलेहरुलाई सुनायौ“ । सबै उत्साहित भए । घर–घरमा फेरि उत्साह आएको पायौ“ हामीले । भोट हाल्ने दुई दिनअघि फेरि हामी भेला भयौ“ । लीला दाइले चुनावको दिन अपनाउनुपर्ने सतर्कताबारे बताए । मतदान प्रतिनिधि बस्ने मान्छेले हेर्नुपर्ने कुराका विषयमा निर्देशन दिए । हामी सबैले त्यसलाई टिपोट ग¥यौ“ । के–के कुरामा ध्यान दियो भने धाँधली हुने सम्भावनालाई रोक्न सकिन्छ भन्ने छलफल गरियो । मतदानको दिन सबै जना समयमै गएर भोट हाल्न पेरित गर्ने, मतदान प्रतिनिधिले दोहोरो भोट हाल्न आउने, आवश्यक उमेरभन्दा कम उमेरकाले अर्काको नाममा भोट हाल्न आउने व्यक्तिहरुलाई रोक्ने । त्यसो गरिएमा विरोध गर्ने निर्णय पनि गरियो । कोही आइलागे जाइलाग्ने भन्ने सल्लाह र तयारी पनि भयो ।
मतदानको दिन बिहानैदेखि मतदाताहरु भोट हाल्न लाइनमा बसे । करिब एक बजेतिरै मतदान सकियो । त्यसपछि विस्तारै अगि भोट हालिसकेका मान्छेहरु पनि फेरि भोट हाल्न आउन थाले । हामीले विरोध ग¥यौ“ । मतदातामा नाम भएकाजतिको ज–जसले भोट हाल्न आए पनि दिनुपर्छ भन्ने एकथरीले तर्क गर्न थाले । अर्काथरीले अर्काको नाममा अर्कैले भोट हाल्नु निर्वाचन प्रणालीको सामान्य मर्यादाभन्दा बाहिरको कुरा हो भने । आखिर हामीले दोहोरो मतदान गर्न र उमेर नपुगेकाहरुले अर्काको नाममा भोट हाल्न मानिसहरुलाई रोक्यौ“ । त्यसको विरोधमा कोही पनि आउन सकेनन् ।
भोट हाल्ने समय सकिएपछि मतपेटिका सिलबन्दी गर्ने काम भयो । ‘सुरक्षितरुपमा मतपेटिका सदरमुकामसम्म पु¥याउन सयोग गर्नुहोस्’ भनेर निर्वाचन टोलीले अनुरोध ग¥यो । हामी निर्वाचन टोलीसँगै जिल्ला सदरमुकामसम्म गयौ“ । मतपेटिका सुरक्षा निकायको घेराबन्दीमा रहने व्यवस्था गरिएको थियो । हरेक ठाउँबाट मतपेटिका नआईकन मतगणना सुरm नहुने नियम रहेछ । हामी दुई–तीन दिन कुरेर बसिरह्यौ“ । सबैतिरबाट बहुदलका नेता–कार्यकर्ता जिल्ला सदरमुकाममा भेला हुन थाले । सबैको अनुहारमा भोट जितिन्छ भन्ने आशा र भरोसा देखिन्थ्यो । यसपालि निर्दल फालिन्छ । शान्तिपूर्ण आन्दोलनबाट शासन परिवर्तन हुन्छ । सबै जना यस्तै अनुमानमा मख्ख थिए । लीला दाइ पनि हामी सदरमुकाम पुगेको भोलिपल्ट पुगे । हामी सँगै होटलमा बस्यौ“ । निर्दल परास्त भएको घोषणा भएपछि गाउँमा के–के गर्ने भनेर हामी केही योजना बनाउन थाल्यौ“ ।
लीला दाइले ‘ऐल्यै नहौसिनू, परिणाम आउन अझै केई समय लाग्छ’ भने ।
‘हाम्रो गाउँबाट दुई तिहाइभन्दा बढी भोट बौदलमा आ’को अनुमान छ । हाम्ले नजितेर कल्ले जित्छ त ? भोटै नभएपछि केको जित्नु ? निर्दलमा भोट हालौ“ भनेर कोर्ई गाउँ पस्नै सक्या’ छैन । मीना दिदी पनि प्रचारमा हि“ड्न सकिनन् । हाम्रो हार हुने त चान्सै छैन दाइ ।’ भक्त हौसियो । मैले भक्तको भनाइमा समर्थन जनाएँ ।
‘तिम्रो कुरा त ठीकै हो तर देखिहाल्यौ, भोट बन्द गरेर हालेको मतपेटिका राखेको ठाउँमा त कोर्ई पनि छैन नि ! प्रशासन र पुलिसकै ढुकुटीमा छ मतपेटिका । पुलिस र प्रशासनमा निर्दलवालाकै बाहुल्य छ । त्यो विचार ग¥या’ छौ तिमेर्ले ? मलाई आज तेई चिन्ता लागिरा’छ । बिहान मैले काठमाडौ“का नेताहरुसँग पनि कुरा ग¥या’ छु । म तेसै आ’को छु र याँ ? केई गर्न सकिन्छ कि भनेर आ’को ।’ हामी लीला दाइका कुरा सुनेर तीनछक्कै प¥र्यौं । चुरो कुरो कहाँ हुँदोरहेछ, कहाँ ? कानुनका प्वाल देखिँदैनन् भन्थे, हो पो रहेछ । कस्तो फसाद ! हामी कार्यकर्ता र जनताले गर्ने काम ग¥यौ“ । यस्ता प्वाल टाल्ने काममा कमजोरी भएछन् । वित्यास पर्ने भो क्यारे ! हाम्रो मन आनै शङ्काले खुम्चियो । भक्त र विजया पनि हेर्नलायक भए । सास हराएकोजस्तो सन्नाटा छायो कोठामा । एकैछिनको सिंहको जत्रो छाती पार्ने सुरमा पुगेका हामी मुसोजस्ता भयौ“ । होसहवास् हरायो । लीला दाइतिर पुलुक्क हेरे“ मैले । लीला दाइ आँखा चिम्लेर भ्रुमध्यमा बूढीऔ“ला र चोरीऔ“लाले च्यापेर केही सोच्दै थिए ।
‘दाइ, अब के गर्न सकिन्छ त ?’ मैले प्रश्न गरे“ ।
‘हाम्रो भोटको सट्टामा अर्कै भोट भरेर भोलि तेई बक्सामा बन्द गरिदिए भने केई उपाय छैन । तेसो गर्न सक्छन् यिन्ले । शासन छोड्न काँ तेति सजिलै चाहन्छ र मान्छे ? त्याँमाथि राजाहरु ! अब हाम्रो हातमा छैनन् यी कुरा । बक्सा खोल्ने बेलामा दस्तखतहरु चेक गर्नुपर्छ । चनाखो भएर हेर्नुपर्छ । तेई उपाय छ अब ।’ गम्भीर मुद्रामा लीला दाइले हामीलाई उत्तर दिए । हाम्रो ओठमुख सुक्यो । यत्रो मेहनत गरेर, पढाइ छोडेर, घरको कामकाज छोडेर, बा–हजुरबाका कुरा नमानेर अनेक गरेर लागियो, हात्ती आयो हात्ती आयो फुस्सा पो हुने भयो त ?
भक्तले होटलबाट एक जग पानी कोठामा लिएर आयो । सबैले घाँटी भिजायौ“ । मुखमा थुक पनि सुकिसकेको थियो । मलाई कोठावरिपरि घुमेर घोप्टिएजस्तो लाग्यो । रि“गटा लागेछ । म डङ्रङ्ग भुइँमा पल्टिएँ । भक्त र विजया पनि कालो–नीलो अनुहार पारेर भित्तामा अडेस लागे । लीला दाइ बसिरहेकै थिए ।
‘सास छउञ्जेल आश रहन्छ । ऐल्यै एति धेरै आत्तिनुपर्दैन । सम्भावना अझै छन् । एसपालि भएन भने ऐले बढेको जन्ताको चेतनासँगै आन्दोलन उठाउँदै लानुपर्छ । अर्को पटक जितिन्छ । अब ऐले खाना खाएर सुतौ“ ।’ लीला दाइले हामीलाई ढाडस दिन खोजे । हामी खाना खान कोठाबाट निस्कियौ“ । अरु दिन खाना खाँदा अनेक हाँसो र ठट्टा चल्थ्यो । त्यस दिन हामीमा त्यो जाँगर पनि थिएन । हामी सबै जना चुपचाप देखेर होटलवाला दाइले खानाको थाल अगाडि राखिदि“दै भने– ‘आज त सबै जना चुपचाप देखिनुहुन्छ । कोर्ई पनि बोल्या’ देख्दिनँ । तेस्तो रमाइलो गर्ने मान्छे, किन चुपचाप ?’
होटलवाला दाइको उत्तरमा बोल्न कोही पनि तयार भएनन् । विजयाले बल्लतल्ल मुख खोलिन्– ‘आज सबैलाई टाउको दुख्यो क्या दाइ, तेसैले ।’
म विजयाको कुरा सुनेर हाँसे“ । भक्त पनि हाँस्यो । लीला दाइ मुस्कुराए मात्र । अलि हल्का भयौ“ हामी । खाना खाइसकेर सुत्ने कोठातिर लाग्यौ“ । सबै चुपचाप पल्टियौ“ । कसैलाई कुरा गर्ने जोस र जाँगर थिएन ।
– मृतात्माको डायरी उपन्यासको एक अशं ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !