विद्युतलाईनमा अर्थिङ्ग गर्न आग्रह

http://sindhulidarpan.blogspot.com/2014/05/news.html
सिन्धुलीको ग्रामिण क्षेत्रमा संचालन भएका लघु जलविद्युत आयोजनाको तारमा अर्थिङ्ग नगर्दा चट्याङ्ग लागेर मानिसहरुको ज्यान जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाको अमले, वस्तिपुर, नेत्रकाली र तामाजोर गाँउ विकास समितीमा प्रत्येक वर्ष पाँच जना भन्दा वढीको चट्याङ्ग लागेर मानिसहरु ज्यान जाने गरेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले वताए ।
हावाहुरी र वर्षादको समय लाग्न थालेकोले लघु जलविद्युत आयोजना संचालन गर्न सहयोग गर्ने संस्थाहरुलाई विद्युत पोलहरुमा अर्थिङ्ग गर्न आग्रह प्रजिअ आचार्यले गरे । लघु जलविद्युत उत्पादन गरि वितरण गरिएको पोल र तारहरुका अर्थिङ्ग नभएको कारण सो स्थानमा वर्षेनीमा चट्याङ्ग लागेर मानिसहरुले ज्यान गुमाउने आचार्यले वताए ।
ति गाविसहरुमा नविकरणीय उर्जा खानेपाली तथा सरसफाई प्रर्वधन केन्द्रले लघु जलविद्युत आयोजना संचालन गर्न प्राविधीक सहयोग उपलव्ध गराएको छ । नविकरणीय उर्जा खानेपाली तथा सरसफाई प्रर्वधन केन्द्रका सर्पराज नेपालीले विद्युतलाईमा अर्थिङ्ग गर्न रकम नभएको वताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !