पुरिएर एकै परिवारका चारको मृत्यु


गुल्मी,  साउन १९ । गुल्मी जिल्लाको ठूलोलुम्पेक–२ मा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण पहिरोले स्थानीय घनश्याम विकको घर पुरिदा परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरिएर मृत्यु हुनेमा ३९ वर्षीय भवी विक, १३ वर्षीय उमेश विक, ११ वर्षीय मुना विक र ६ वर्षीय विपना विकको मृत्यु भएको स्थानीय नेत्र रानाले जानकारी दिए । घरमुली घनश्याम र १० वर्षका छोरा केशर विकको उद्धार गरिएको छ । उनीहरु घाईते अवस्थामा रहेका छन् ।

Related

राष्ट्रिय 2968897833859260384

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item