लगातार ३ दिनदेखी सिन्धुलीमा वर्षा
http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_5217.html
सिन्धुली, साउन १९ ।
लगातार ३ दिन देखि सिन्धुलीमा वर्षा भएपनि आज यस वर्षैकै धेरै पानी परेको छ । जलमापन केन्द्र सिन्धुलीका अनुसार आज ८६.७ मिलिलिटर वर्षा भएको केन्द्रले जनाएको छ । लगातार वर्षा भएपछि सिन्धुलीका किसानहरु हर्षित भएका छन ।
प्रयाप्त वर्षाको अभावमा धान रोप्न वाँकी रहेको पाखोवारीमा रोपाई गर्न पाएपछि उनीहरु हर्षित भएका हुन । सिन्धुली कृषि विकास कार्यालयका अनुसार साउनको मध्य वितिसक्दा सिन्धुलीमा अझै २० प्रतिशत रोपाई वाँकी रहेको जानकारी दिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !