गर्भपतन पछि अत्यधिक रक्तश्रावले एक जनाको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/08/death_3.html
डडेल्धुरा,साउन १९ ।
गर्भपतन पछि अत्यधिक रक्तश्राव भएर डडेलधुरामा एक जनाको मृत्यु भएको छ । बैतडी भुमेश्वर गाविस ७ कुणी ढकालीकी ३८ बर्षिया धना विष्टका चिरञ्जीवी पोलीक्लिनक डडेल्धुराले ६ महिनाको गर्भपतन गर्भपतन गराएको थियो ।
गर्भपतन गराएको ५ दिनपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगंज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन नपाउने कानुनी प्रावधान रहेको भए पनि डाक्टर टिका भण्डारीले पैसाको लोभमा ६ महिनाको गर्भपतन गराउनुभएको थियो । डाक्टर भण्डारीले मृतक महिलावाट गर्भपतन गराए वापत १५ हजार रकम लिएको पिडित पक्षले जनाएको छ । डा.टिका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !