हराएका तीन बालक पोखरीमा मृत भेटिए


शेरबहादुर भुजेल,दोलखा,साउन १९ । 

दोलखाको दक्षिणी गाउँ गौरीमुदी गाविस वडा नम्वर ५ कैलेश्वर पोखरीमा तीन बालक मृत भेटिएका छन् । हिजो बेलुकाबाट हराएका तीन जना बालकहरु मृत अवस्थामा फेला परेका हुन् । हिजोेदेखि बेपत्ता भएका तीन जना मध्य खोजी गर्ने क्रममा आज विहान गौरीमुदी  गाविस वडा नम्बर ५ वस्ने उर्सुर तामाङका १३ वर्षका छोरा सोनाम तामाङ र सोमबहादुर तामाङका १४ वर्षका जुम्ल्याहा छोराहरु राम र लक्ष्मण पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । उनीहरुको खोजीमा विहानैदेखि स्थानीय वासिन्दा र अस्थायी प्रहरी चौकी गौरीमुदीका प्रहरी जुटेका थिए । हिजो दिउँसो घरबाट खेतमा पानी लगाउन गएका उनीहरु नफर्केपछि परिवारले खोजी कार्य सुरु गरेका थिए । उनीहरु कैलेश्वर पोखरीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले आशंका गरिएको छ ।


Related

विविध 8257875818970865463

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item