रकममान्तर रकम सिन्धुलीमा चालिस लाख

http://sindhulidarpan.blogspot.com/2014/06/money.html
मिनकुमार दाहाल, सिन्धुली, जेठ १९ ।
सरकारले रकमान्तर विभिन्न योजना तोकेर सिन्धुली जिल्लामा चालिस लाख रुपैयाँ आएको नेपाली काँग्रेसका नेताहरुले वताएका छन । तर जिल्ला विकास समितीका योजना शाखा प्रमुख भुपेन्द्रध्वज वस्नेतले मन्त्रालयले जिविसमा अख्तियारी नपठाएको वताए ।
धेरै मान्छेहरु योजना परेको कहाँ सम्झौता गर्ने भन्दै सोध्न आउन थालेको वस्नेतले वताए । सडक,मन्दीर,गुम्वा तथा खेल मैदान निर्माण गर्न रकम सहित योजनाको नाम स्थानिय विकास मन्त्रालयले पठाएको नेपाली काँग्रेसका नेता चिरन्जिवी ढकाल वताउछन् । मन्त्रालयले पठाएको रकम कार्यान्वयन हुन्छ हुँदैन थाहा छैन तर मन्त्रालयवाट आएका सवै योजना दुई नम्वर निर्वाचन क्षेत्रमा केन्द्रीत रहेर आएका छन् ढकालले भने ।
सिन्धुली क्षेत्र नम्वर २ वाट नेपाली काँग्रेसले चुनाउ जितेको थियो । २ लाख देखी ६ लाख सम्मको १२ वटा योजनाहरुमा स्थानिय मन्त्रालयले ४० लाख रुपैयाँ तोकेरै पठाएको ढकालले वताए । स्थानिय विकास मन्त्रालयले पठाएको परिपत्र नेपाली काँग्रेस पार्टी कार्यालयमा तिन दिन अगाडी आएको थियो । जिल्ला विकास समितीले आइतवार दिउँसो मात्रै प्राप्त गरको छ ।
जिल्ला विकास समितीको योजना शाखाका भुपेन्द्रध्वज वस्नेतले दिएको जानकारी अनुसार खनियाखर्क विजयछाप सडक निर्माण ३ लाख, गरद्धवा पुल वुढाथोकी सडक स्तर उन्नती ३ लाख, कमलामाई नगरपालीका ५, रंगशाला निर्माण ४ लाख,भक्तिराम चौतारो नकाजोली देउराली सडक स्तरउन्नती ६ लाख रुपैयाँ खर्च गर्न स्थानिय विकास मन्त्रालयवाट जिल्ला विकास समितीलाई अख्तियारी आएको छ ।
मन्त्रालयवाट तोकीएर आएका अन्य योजनाहरुमा डुडेस्वारा फोक्लीङ्ग वेखटाँडी वतासे सडक ५ लाख,खनियाँ खर्क वाहुनतिल्पुङ्ग सडक ४ लाख,कमलामाई मन्दीर विवाह मण्डप निर्माण २ लाख,पाटनदेवी जिर्ण मन्दिर निर्माण २ लाख,महादेवडाडाँ काउले रत्नावती हुँदै मध्यपहाडी लोक मार्ग जोड्ने सडक ५ लाख,पेमा दुर्गे गुम्वा अमले थलगाँउ सडक स्तर उन्नती २ लाख,वुद्ध छोइलिङ्ग गुम्वा डाडीगुराँसे ३ चौराही सडक स्तर उन्नती २ लाख,र्दोजे सेवा गुम्वा हरिहरपुरगढी ७ करकरे सडक स्तर उन्नती २ लाख रहेको छ ।
जिल्ला विकास समितीले स्थानिय विकास मन्त्रालयको कार्ययोजना अनुसार वैशाखको अन्तिम सातासम्म जिविस परिषदवाट छनोट भएका योजनाहरु सम्झौता भैसक्नु पर्ने छ । तर मन्त्रालयले केही दिन अघि वैशाख मशान्त सम्म योजना सम्झौता गरिसक्नु पर्ने कार्ययोजना सम्सोधन गरि नयाँ योजना संम्झौता गर्न तथा पेस्की दिन सकिने भन्ने उल्लेख गरि परिपत्र पठाएको जिल्ला विकास समितीले जनाएको छ । चालु आर्थिक वर्षकै योजनामा जिल्ला विकास समितीले योजना संचालन गर्न निर्माण व्यवसायी,उपभोक्ता समितीलाई पेश्की रकम उपलव्ध गराएको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !