सिन्धुलीमा बिरामी बढे

http://sindhulidarpan.blogspot.com/2014/06/sindhuli.html
मिनकुमार दाहाल, सिन्धुली , जेठ २० ।
गर्मी,फोहोर पानीको कारण झाडापखाला र ज्वरोका विरामीहरुको संख्या अस्पतालमा दोव्वर वढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा सामान्य तया दैनिक ३० जना विरामी ओपीडीमा चेक गर्न आउथे । गर्मी वढे सँगै एक हप्ता देखी त्यसको दोव्वर संख्यामा विरामीहरु ओपीडीमा उचार गराउन आउन थालेका छन् ।

गर्मीको कारणले वालवालीकामा भाइरल ज्वरो र झाडापखाला देखीएको छ । फोहोर पानी,काँचो लिची र गर्मीको कारण वालवालीकामा यो समस्या देखीएको डाक्टर झाले वताए । अस्पतालमा अहिले जती विरामी उपचारमा आएका छन् । सवै वालवालीका मात्रै छन उनले भने । विरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गराउन खोज्दा यहाँका विरामी अस्पताल वस्न मान्दैनन् । मेरो घर नजिकै छ । म घरमै जान्छु भन्दै हिड्ने गरेका छन् डाक्टर राहुलले भने ।
विरामी भएर आएका सवै व्यक्ती अस्पतालमा भर्ना भए राख्ने ठाउँ हुँदैन उनले भने । छोरालाई उपचार गराउन अस्पताल आएकी कमलमाई नगरपालीका ५ की गोमा थापा विरामी छोरोलाई घरमै राखेर उपचार गर्ने वताउँ छिन् । घर नजिकै छ । वच्चालाई अस्पताल राख्दा घरको अन्य काम गर्न पाईदैन गोमाले भनिन् । भाइरल ज्वरोले सताएको उनको छोरालाई डाक्टरले अस्पतालमा भर्ना गरी उपचार गर्न सल्लाह दिएका छन् । कमलामाई नगरपालीका वासीले समयमै सावधानी अप्नाउन नसके झाडापखाला र ज्वरो महामारीको रुपमा फैलन सक्ने अनुमान डाक्टर झाले गरे ।
पानी तताएर मात्रै खान र जथाभावी बजारमा पाइने खानेकुरा नखान डाक्टर झाले सवैसँग आग्रह गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !