पाँच वर्ष देखी सडक अलपत्र

http://sindhulidarpan.blogspot.com/2014/06/sindhuli_4.html
मिनकुमार दाहाल, सिन्धुली, जेठ २१ ।
सडक डिभिजन कार्यालय धनुषाले कमलामाई नगरपालीका सिन्धुलीकाको विभिन्न स्थानमा कालो पत्रे गर्न लगाएको ठेक्काको काम पाँच वर्ष देखी नहुँदा सडक अलपत्र वनेको छ ।
पाँच वर्ष अघि मध्यमान्चल सडक डिभिजन कार्यालय धनुषाको मुजेलीयाले कमलामाई नगरपालीका वडा नम्वर ६ को तिन वटा र वडा नम्वर ४ को एक सहित चार वटा सडक कालो पत्रे गर्न टेन्डर आह्वान गरेको थियो । सडक डिभिजन कार्यालय मुजेलीयाले कमलामाई नगरपालीका ४ मधुटार सिलामे ४० लाख, स्टलवजार १० लाख,जिल्ला प्रशासन कार्यालय अगाडीको सडक १५ लाख र त्यतीकै रकमको एमाले पार्टी कार्यालय देखी शिव नगर सम्मको सडक कालो पत्रे गर्न टेण्डर आह्वान गरेको थियो । सो योजनाको ठेक्का एभरेष्ट निर्माण सेवा,लक्ष्मण रेखा निर्माण सेवा र चौधरी कन्स्ट्रशनले लिएका थिए ।
उनीहरुले जिल्ला प्रशासन र एमाले पार्टी कार्यालय शिवनगर सडकमा कुनै काम गरेका छैनन् भने । स्टल वजार मधुटार शिलामे सडकमा ३३ प्रशित काम भएको सडक डिभिजन कार्यालयलेका इन्जीनियर कृष्णकुमार महत्तोले वताए । कार्यालयले पटक पटक उनीहरुलाई सडक कालो पत्रे गर्न दवाब दिएको छ । उनीहरु हुन्छ मात्रै भन्छन् इन्जीनिय महत्तोले भने । उनीहरुले काम गर्ने म्याद शिद्धी सक्यो । यदी निर्माण व्यवसायीले काम गर्न चाहेका हुन भने म्याद थप्ने अवस्था वन्न सक्छ इन्जीनियर महोत्तले भने ।
समयमै काम नगर्ने निर्माण सेवालाई कालो सुचिमा राख्न हामीले विभागमा परिपत्र गरेका थियौं । त्यसको जवाफ अहिले सम्म नआएको महत्तोल वताए । सडक कालो पत्रे नहुँदा हिउँदमा धुलो र वर्षादमा पानीका दह हुने गरेको स्टलवजारका व्यापारी माधव देवकोटाले वताए । धुलोले पसलमा वस्नै सकिदैन देवकोटाले भने ।
सडक कालो पत्रे गर्न ठेक्का लिएका निर्माण व्यवसायी सिन्धुली आउनै छाडेको मधुटारका विनोद रायमाझीले वताए । उनीहरुले सडकको काम गर्दा पनि राती राती गर्ने गरेका थिए । मैले दिउँसो काम गर्नुस राती गर्नु हुँदैन सम्म भनेको थिए रायमाझीले भने ।
सडक कालो पत्रे गर्न ठेक्का लिएका निर्माण व्यवसायी सिन्धुली आउनै छाडेको मधुटारका विनोद रायमाझीले वताए । उनीहरुले सडकको काम गर्दा पनि राती राती गर्ने गरेका थिए । मैले दिउँसो काम गर्नुस राती गर्नु हुँदैन सम्म भनेको थिए रायमाझीले भने ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !