सेनाले वनायो सिन्धुली गढीसम्म सडक

http://sindhulidarpan.blogspot.com/2014/06/sindhuli_10.html
मिनकुमार दाहाल, सिन्धुली, जेठ २७ ।
ऐतिहाँसीक सिन्धुली गढी स्थलमा जाने सडक नेपाली सेनाको चण्डीदल गणले निर्माण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न गरे पछि अव विपी राजमार्गको सोलाभन्ज्याङ्गवाट गढी दरवार सम्म सवै प्रकारका सवारी साधनहरु वाह्रै महिना जान सक्ने छ । सोलाभन्ज्याङ्गवाट गढी दरवार १.५ किलोमीटर पर्छ ।
स्थानिय उपभोक्ता समितिले सो सडकको ट्रयाक खन्न ८ वर्ष लगाएका थिए । नेपाली सेनाको चण्डी दलका गणपती मनोज थापाले सोलाभन्ज्याङ्ग गढी सडक पुननिर्माण गर्न जिल्ला विकास समितीले १२ लाख ८७ हजार रकम उपलव्ध गराएको वताए ।
जिल्ला विकास समितीले उपलव्ध गराएको सो रकमले नाला, ह्युमपाईप, स्वलिङ्ग तथा ग्राभेल गरेको गणपती थापाले वताए । सेनाको एक टुकडीनै गढीमा वसेर काम गरेको थियो । नेपाली सेनाले बीरता पुर्वक लडाई जितेको स्थानमा सडक पु¥याउने सेनाको दायित्व थियो गणपती थापाले भने ।
जिल्ला विकास समितीका स्थानिय विकास अधिकारी धुबवहादुर खड्काले विपी राजमार्गवाट ऐतिहाँसीक गढी दरवार सम्म वाह्रै महिना सवै खाले यातायातका साधन पु¥याउने जिविसको लक्ष नेपाली सेनाले पुरा गरेको वताए ।
स्थानिय विकास अधिकारी कार्कीले विकास निर्माणमा सेनाको महत्वपुर्ण भुमिका रहेकोले जिविसले सेना मार्फत सडक निर्माण गरेको वताए । जिल्ला विकास समितीले विपी राजमार्गवाट ०५७ साल देखी सडक निर्माण गर्न रकम बिनियोजन गर्दै आएको छ ।
सो सडक निर्माण गर्दा एमाओवादी, नेपाली काँग्रेस र एमाललेका कार्यकर्ताहरुले प्रत्येक वर्ष आफु अनकुलको उपभोक्ता समिती निर्माण गरी सडकको ट्रयाक फरक फरक स्थानवाट खनेका थिए ।
नेपाली सेनाको ९ नम्वर वाहिनी पति अशोक नरसिंह राणाले ऐतिहाँसीक सामरिक महत्व वोकेका स्थान, पर्यटकिय क्षेत्रको पुन निर्माण गर्नु नेपाली सेनाको दायित्व भएको वताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !