सिन्धुलीमा ३२.९५ प्रतिशत विद्यार्थी उत्तिर्ण

मिनकुमार दाहाल, सिन्धुली, जेठ ३०  ।
 
परिक्षा नियन्त्रण कार्यालयले ०७० सालमा लिएको एसएलसी परिक्षामा सिन्धुली जिल्लावाट ३२.९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । जिल्ला वाट यस वर्ष नियमित तर्फ ५ हजार २ सय ८९ विद्यार्थी एसएलसी परिक्षामा सहभागी भएका थिए । परिक्षामा सहभागी मध्ये १ हजार ७ सय ४ परिक्षार्थी उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक प्रेम त्रिपाठीले जानकारी दिएका छन् ।
 विद्यालय निरिक्षक त्रिपाठीका अनुसार १३७ जना विशिष्ठ श्रेणीमा उत्तिर्ण भएका छन भने ११७० जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । त्यसै गरी ६९ द्धितिय तथा ७७ जना तृतिय श्रेणीमा उतिर्ण भएका छन् ।
 
अहिले सम्म प्राप्त जानकारी अनुसार भगवती वोडिङ्ग स्कुल र साइनिमुन एकेडेमी, सुर्योदय वोडिङ्ग, शिद्धस्थली, न्युइङ्गलिस स्कुलवाट सत प्रति विद्यार्थी उत्तिर्ण भएका छन् । भगवती वोडिङ्ग स्कुलवाट परिक्षा दिएका ७१ जना परिक्षार्थी मध्ये ३६ जना विशिष्ट श्रेणी तथा ३५ जना प्रथम श्रेणीमा उत्तिर्ण भएको विद्यालयका को–अडिनेटर सन्तोष कुमार पौडेलले जानकारी दिएका छन् ।
विशिष्ट श्रेणी जिल्लाकै सवै भन्दा धेरै भएको सो विद्यालय संचालक समितिका अध्यक्ष संजय दाहालले वताए । त्यसै गरी साइनिमुन एकेडेमी स्कुलवाट एसएलसी परिक्षमा सहभागी भएका १० जना परिक्षार्थी मध्ये ७ जना विशिष्ट श्रेणीमा ३ जना प्रथम श्रेणीमा उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।
 
 यसै गरी सुर्योदय वोडिङ्ग स्कुलवाट २२ विशिष्ट श्रेणी तथा ११ प्रथम श्रेणीमा उत्तिर्ण भएको सो विद्यालयका प्रिन्सीपल सोनी पाण्डेले जानकारी दिए । शिद्धस्थलीवाट ३० जना विशिष्ट श्रेणी तथा ४८ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् ।

Related

प्रमूखखबरहरु 2091882482951086512

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item