सुखद दाम्पत्यका लागि सुझाव



अमेरिकाको युनभिर्सिटी अफ पिट्सवर्ग स्कुल अफ मेडिसिनका मनोवैज्ञानिकहरूका अनुसार जुन दिन श्रीमती राती मस्तले नसुती बिहान उठ्न बाध्य हुन्छिन्, त्यस दिन दम्पत्तिबीच कचकच हुने सम्भावना बढी हुन्छ । पति चाहिं राम्ररी निदाउन नपाइ उठेको भए पनि यस्तो समस्या नहुने निष्कर्ष उनीहरूको छ ।

श्रीमतीलाई निद्रा नआउने समस्याले अर्काे दिन श्रीमानका लागि समस्या उत्पन्न गर्छ भने यसको प्रभाव तनावको लक्षणभन्दा फरक हुन्छ । यसअघिका अध्ययनहरूमा अनुसन्धानकर्ताहरूले के पाएका थिए भने यदि कुनै पनि महिलाले बेडमा आप्mना पति वा पाटर्नरको उपस्थिति निरन्तर पाउने गरे तिनलाई निद्रा पनि मीठो लाग्ने गर्छ ।

तर एसोसिएटेड प्रोफेसनल स्लिप सोसाइटीमा प्रस्तुत नयाँ अनुसन्धानमा प्रा.बेन्डी ट्रोक्सेलले सुत्ने समय र दिनहुँको वैवाहिक जीवनबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेका छन् । ट्रोक्सेल नेतृत्वको समूहले राम्रो वैवाहिक जीवन व्यतीत गरिरहेका र विगतमा कुनै शारीरिक र मानसिक समस्या नभएका ३५ दम्पतीमा यसबारे अध्ययन ग¥यो ।

एक्टिग्राफ उपकरणले ती दम्पतीहरूको १० रातको गतिविधिको आंकलन गरियो । कति जनाको अर्काे दिन सकारात्मक र कति जनाको नकारातमक रह्यो भन्ने जान्न त्यो परीक्षण गरिएको थियो । अध्ययन अनुसार, जुन महिला राम्ररी निदाउन सकेका थिएनन्, अर्काे दिन उनहिरूले पतिसँगको सम्बन्धमा समस्या भएको जनाए ।

Related

मनोरञ्जन 1853681450650462119

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item