वैद्य पक्षले आज सडक आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_17.html
काठमाण्डौ,चैत ४
सत्तारूढ दल एकीकृत नेकपा माओवादीका असन्तुष्ट पक्षले आज सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वमा सरकार गठन भएदेखि नै विपक्षमा रहेको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले पत्रकार सम्मेलन गरी सडक सङघर्षको कार्यक्रम जारी गर्ने तयारी गरेको छ । दिउँसो १२ बजे काठमाडौंका लाजिम्पाटमा रहेको होटल ¥याडीसन पत्ररकार सममेलन गरी सडक सङ्घर्षको कार्यक्रम घोषणा गर्न लागेको सचिव सीपी गजुरेलले सीआईएनलाई जानकारी गराउनुभयो ।
आफ्नै पार्टीका उपाध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग्दै आएको वैद्य पक्षले शान्ति, संविधान लेखन, राष्ट्रियता र जनजीविकाका लागि आन्दोलन गर्न लागेको जनाएको छ । आफ्नै पार्टी नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको, राष्ट्रियहीत विपरीत विभिन्न सम्झतौहरू गर्दै आएको र लडाकु समायोजनमा कमजोर अडान प्रस्तुत गरेको वैद्य पक्षको आरोप छ । सरकार विरुद्धमा वैद्य पक्ष फेरि सडक सङ्घर्षमा जान लागेपछि संस्थापन पक्षले प्रतिकार गर्ने मानसिकता बनाएको छ । अलग अलग खेमामा नेता विभक्त भएपछि माओवादीमा पार्टी अन्तरसङ्घर्ष फेरि चर्कने भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !