कानून व्यवसायीहरुको सम्मेलनमा आजदेखि बन्दसत्र सुरु हुँदै


काठमाण्डौ,चैत ४
नेपाल बार एशोसिएशनमा आबद्ध देशभरका कानून व्यवसायीहरुको १२ औं राष्ट्रिय सम्मेलनमा आजदेखि बन्दसत्र सुरु हुँदै छ । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बन्दसत्रमा नयाँ संधिवान लेखन प्रक्रिया, कानुन व्यवसायीहरूको हक अधिकार, न्यायप्रणालीलगायतका विषयमा छलफल हुने बारका अध्यक्ष प्रेमबहादुर खड्का जानकारी दिनुभयो । 

आजको बन्दसत्रमा विभिन्न विषयमा प्रस्तुत हुने कार्यपत्रमाथि सहभागीहरूबीच छलफल हुने पनि खड्का जानकारी दिनुभयो । जारी शान्ति र संविधान लेखन प्रक्रियालाई समयमै पूरा गर्न दबाब दिने उद्देश्यले राष्ट्रिय सम्मेलन हिजोदेखि राजधानीमा सुरु भएको हो । सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको थियो । 

Related

विविध 942065906641261886

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item