काङ्ग्रेसका शीर्षस्थ नेताहरु आज काभ्रेको भकुण्डेबेसीमा
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_979.html
प्रकाश सुन्दास
काभ्रेपलाञ्चोक, चैत ४
नेपाली काङ्ग्रेसका शीर्षस्थ नेताहरु आज काभ्रेको भकुण्डेबेसीमा भेला हुने भएका छन् । काङ्ग्रेस काभ्रे निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको बृहत आमसभा तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेताहरु भकुण्डे जान लागेका हुन् । सभामा सहभागी हुन वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णाप्रसाद सिटौला, केन्द्रिय सदस्यहरु बिमलेन्द्र निधी, गगन थापा, शशांक कोइराला, डा. प्रकाशशरण महतलगायतका नेता एकै ठाउँमा भेला हुने भएका हुन् । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !