धनकुटामा नकावधारी समूहद्वारा व्यापारीलाई गोली प्रहार


धनकुटा,चैत ४
धनकुटाका चामल व्यापारी धनजीत शाहलाई नकावधारी समूहले गोली प्रहार गरेको छ । घनकुटाको भेडेटार गाविस वडा ३ स्थित कोलबोटेमा हिजो साँझ ६ बजे गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । चामलको पैसा उठाएर फर्कदै गरेका व्यापारीलाई नकाव लगाएर आएका २ जना युवाहरुको समूहले गोली प्रहार गरेका हुन् । 

अनन्त राईस मिल धरानका सञ्चालक शाहको दाहिने पेटमा गोली लागेको प्रहरीले जनाएको छ । उहाँको वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक शरदकुमार तामाङले बताउँनुभयो । गोली प्रहार गर्नु अगाडी ब्यापारी शाहसंग नकाव लगाएका युवाहरु विच मुक्कामुक्की परेको प्रहरीले बताएको छ । 

Related

राष्ट्रिय 9040227639438985893

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item