पसलमा आगलगी हुँदा दुई लाख बराबरको समान जलेर नष्ट


सुनिल ठाकुर,
सर्लाही,चैत ४
सर्लाहीको भेल्ही गाविसमा गएराति एक किराना पसलमा आगलगी हँुदा करिब २ लाख बराबरको समानहरु जलेर नष्ट भएको छ । भेल्ही ५ बस्ने वैद्यनाथ कापडको काठको कठघेरामा गएराति  आगलागी हुँदा  कठघेरालगायत कठघेरामा राखिएको समानहरु जलेर पूर्णरुपमा खरानी भएको त्रिभुवनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमेन्द्र रायले जानकारी दिनु भएको छ ।

 आग अचानक लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ भने स्थानियबासी श्यामु साहका अनुसार पेट्रोल छर्केर पसलमा आगो लगाइएको हो । आगोलाई स्थानियबासीले करिब आधा घण्टाको प्रयासमा नियन्त्रणमा लिन सफल भएका थिए । आगो लगाउने व्यक्तिको पहिचान हुन नसकेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।  

Related

विविध 9198424582033008147

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item