नेपाली महिला सिएनएन हिरोमा मनोनयन
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_1361.html
काठमाडौं,चैत ३
नेपालकी अनुराधा कोइरालाले सिएनएन हिरोको उपाधि पाउनुभएको २ बर्ष पुग्दानपुग्दै नेपालकि अर्की एक महिला फेरी सिएनएन हिरोको मनोनयनमा पर्नु भएको छ ।अमेरिकी टेलिभिजन संस्था सिएनएनले पुष्पा बस्नेतलाई सिएनएन हिरोमा मनोनयन गरेको घोषणा सहित उहाँको बारेमा तयार पारिएको सामाग्री आज सार्वजनिक गर्दै छ ।
विहीवार विहान ३ बजेर ३ मिनेटमा आफू मनोनयनमा परेको आधिकारीक जानकारी प्राप्त भएको बस्नेतले भन्नुभयो ।जेलमा रहेका बाबु आमासँगै दुःख कष्टका साथ हुर्किदै गरेका बालबालिकालाई उद्धार गरी उनीहरुको पालन पोषणा गर्दै आउनुभएकी काठमाडौं डिल्लीबजारकी पुष्पा बस्नेत यो वर्षको सिएनएन हिरोको मनोनयनमा पर्नभएको हो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !