डाईर्भसन नवन्दा यातायात संचालनमा समस्या

मिनकुमार दाहाल
 सिन्धुली,चैत ३ 
सिन्धुलीमाढी–माईस्थान सडक निर्माण कम्पनी कान्छाराम कन्ट्रक्शनले सडक निर्माण गर्दा वैकल्पीक सडक निर्माण नगरेको भन्दै स्थानिय वासिन्दाले विरोध जनाएका छन् । भरपर्दो वैकल्पीक सडक नवन्दा सिन्धुलीमाढी–माईस्थान करिव दश किलोमिटर सडकमा यात्रा गर्न असहज भएको भन्दै स्थायिन वासीन्दा तथा सवारी चालकहरुले विरोध जनाएका हुन । स्थानिय वासिन्दाहरुले जिल्ला प्रहरी कार्यालयमा गएर सडक निर्माण कम्पनीलाई भरपर्दो वैकल्पीक सडक निर्माणका लागी दबाव दिन प्रहरीलाई आग्रह गरेका थिए । सिन्धुलीमाढी–माईस्थान सडक निर्माण कम्पनीले भरपर्दो वैकल्पीक सडकको व्यवस्था नगरी दिँदा साना गाडी संचालन गर्न समस्या भएको छिरिङ्ग सेर्पाले वताउनुभयो । 
खोलामा साना गाडी र्चुलुम्मै डुव्ने गरेको लामाले गुनासो गर्नुभयो । जिल्ला वन कार्यालयको गाडी विरगन्जवाट लिएर आउँदा फिटीङ्ग पुल मुनी खोलमा १२ राती वजे गाडी फस्यो निकाल्न सकिएन जिल्ला वन अधिकृत जिवन ठाकुर लगायत हामीहरु रातभरीनै खोलाको चिसो सिरेटो खाएर वस्यौं । भोलीपल्ट विहान पाँच वजे ट्याक्टरलाई पाँच हजार दिएर गाडी खोलावाट निकालेको छिरिङ्ग वताउनुभयो । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले शुक्रवार विहान एउटा कार खोलामा डुवेको थियो । गाडी तर्ने ठाउँमा खोला गहीरो भएकाले खोला तर्ने ठाउँमा सडक निर्माण कम्पनीले कल्भटको व्यवस्था गरि दिनु पर्ने वताए । कल्भट राखे पछि कार,जिप जस्ता साना गाडीहरुलाई सजिलो हुने असोकको भनाई छ  । सडक निर्माण गर्दा वैकल्पीक सडक निर्माण गर्न सडक विभागले ३० लाख रुपैयाँ छुट्याको भन्ने सुनेका छौं । 

३० लाखको तिस पैसा पनि खर्च नगरी सडक निर्माण गर्न लागेकोमा वुद्धि श्रेष्ठले आपत्ति जनाएका छन् । साना गाडी लिएर वर्दिवास जाँदा पटक पटक खोलामा गाडी फस्ने गरेको उहाँले वताउनुभयो । वैकल्पीक सडक भन्दै निर्माण व्यवसायीले खोलमा वनाएको सडकमा कल्पभट नराक्दा सिन्धुली सदरमुकाम आउने जाने सयौं गाडीहरुलाई खोलावाट हिड्न समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार कुशहरी भण्डारीले वताउनुभयो । सिन्धुलीमाढी–माईस्थान सडक कालो पत्रे गर्ने जिम्मा लिएको कान्छाराम कन्ट्रक्शनका प्रोपाइटर कान्छाराम लामाले वैकल्पीक सडक निर्माणको लागी ५० हजार मात्रै रकम विनियोजन गरेको वताउनुभयो । वैकल्पीक सडक निर्माण गर्न सरकारले ३० लाख रकम छुट्याको भन्ने कुरा हल्लामात्र भएको लामाले दावी गरे । सिन्धुली सदरमुकाम आउने तथा वाहिरिने यातायातहरुको लागी खोलामा व्यवस्थीत वैकल्पीक सडक निर्माणको लागी काम थाल्ने लामाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 



Related

स्थानिय 1581881318452257780

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item