माओवादीले भनेको जातीय संघीयता हुदैन :गौतम


डोटी,चैत ३

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमले माओवादीको विशाक्त विचार र सोचका कारण देशमा संघियता नहुने बताउनुभयो । पार्टी कामको सिलसिलामा अछाम जाने क्रममा आज बिहान ८ बजे एमाले डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले एकिकृत नेकपा माओवादीले निर्माण गर्न खोजेको आत्मनिर्णयको अधिकारसहितको जातीय संघियता, लोकतन्त्रको सिद्धान्त, मूल्य र मान्यता विपरित भएकाले संघियता विवाद चुलिएको बताउनुभयो ।

 उहाँले भन्दै जाति विशेषले अग्राधिकार पाउने गरी निर्माण हुने संघिय राज्यले कसैको पनि हित नगर्ने भएको हुँदा यस्तो संघियता एमालेलाई मान्य नहुने बताउनुभयो । अखण्ड सुदूरपश्चिमको बारेमा सोधिएको प्रश्नमा नेता गौतमले सुदूरपश्चिम मात्र नभएर नेपालनै अखण्ड भएकाले देश खण्ड–खण्डमा जानु परेको बताउँदै सुदूरपश्चिमेलीको पहिचान र सामथ्र्यको आधारमा जायज माग भएको बताउनुभयो । 

Related

राष्ट्रिय 1596330216969660585

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item