टेलिकमले असार दुइसम्म जीएसएम मोवाईल सेवा अवरुद्ध गर्ने

काठमाण्डौ,असार २ ।

 नेपाल टेलिकमले आज साँझ ६ बजेदेखि असार २ गते राती १२ बजेसम्म जीएसएम मोवाईल काउन्टरहरु बन्द गर्ने भएको छ । यो अवधिभरि देशभरीका सम्पूर्ण ग्राहक सेवा कार्य अवरुद्ध हुने टेलिकमले जनाएको छ ।

सो समयमा जीएसएम मोबाइल सेवा र प्रिपेड रिचार्ज सुविधा भने यथावत रुपमा सञ्चालन हुने भए पनि पोष्टपेड मोवाइल सेवाको बिल रिचार्ज कार्ड, इ–रिचार्ज, एमपीओएस पीनलेस रिचार्ज तथा बैंक मार्फत् भुक्तानी गर्ने सुविधा अवरुद्ध हुने टेलिकमले जनाएको छ ।

आगामी असार ३ गतेदेखि जीएसएम पोष्टपेडको बिल भुक्तानी सेवा, जीएसएम मोवाइल काउन्टरहरु तथा ग्राहक सेवा केन्द्रहरु अहिलेकै अवस्थामा सुचारु हुने पनि टेलिकमले जनाएको छ ।

Related

प्रविधि 2045822652577515988

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item