धुराडाँडा वासी जंगलमा दिसा गर्छन

मिनकुमार दाहाल,सिन्धुली,असार १ । 

सिन्धुली जिल्लालाई सन् २०१६ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि जिल्लाव्यापी अभियान सुरु भएको भए पनि गाउँका मानिसहरुमा भने खुला दिसा गर्नु हुदैन भन्ने समेत चेतना छैन । कतै शौचालय बनाउनका लागि आर्थिक स्रोत अभाव भएको छ । यस्तै गाउँ छ रचनचुरा गाविसको धुराडाँडा गाउँ । 
शौचालय बनाउनुपर्छ जंगलमा दिशापिसाव गर्दा फोहर हुन्छ भन्दा रतनचुराको धुराडाँडाका मानिसहरुले ‘सम्पत्ति हुनु प¥यो नि तेरो जस्तो’ भनेर जो कोहिलाई जवाफ दिइहाल्छन् । प्रायःजसो बाहुन, क्षेत्रीको बसोवास रहेको धुराडाँडाका बासिन्दा रात वा दिन जतिवेला पनि दिसापिसाव लाग्यो की जंगलमा छिर्छन् । बारीका काल्ना, बाँस घारी वा खोल्साखोल्सीमा पस्नु उनीहरुको दैनिकी हो । जताततै दुर्गन्ध र दिसापिसाव भेटिन्छ त्यो गाउँमा हिड्दा ।
जो कोहिले शौचालय बनाउने कुरा ग¥यो भने त्यहाँका बासिन्दाको गाली नखाने कमै हुन्छन् । सरसफाईमा पनि त्यहाँका बासिन्दाहरुले त्यति ध्यान दिदैनन । स्थानीय बासी मसिना बस्नेत शौचालय बनाएर प्रयोग गर्ने मध्येकी एक हुनुहुन्छ ।  उहाँले पनि शौचालय बनाउन धुराडाँडामै रहेर भने सिक्नुभएको हैन । उहाँका छोराछोरी काठमान्डौ गएका र उनीहरुले सिकाएपछि सौचालय प्रयोग गर्न थालेकी उहाँ वताउनुहुन्छ । उहाँले गाउँका मान्छेलाई सौचालयको बारेमा जानेको कुरा सिकाउन त खोज्छिन् तर जवाफमा ‘तेरो घरको चर्पीमा हग्न गएको छ र रिस गरेको’ भन्ने जवाफ पाईहाल्छिन् । 
उहाँ भन्नुहुन्छ – ‘मलाई छोराछोरी काठमान्डौमा बस्ने हुनाले जाने, आए, र सिकाए अनि थाहा भयो । गाउँलेहरुलाई सिकाउने कोहि भएनन ।’ उनीहरुलाई शौचालय बनाउनुपर्छ भन्ने थाहा पनि छैन । अधिकांशले त पैसा नभएको कारण शौचालय वनाउन नपाएको गुनासो पनि गर्ने गरेका छन् । गाउँलेहरुले शौचालय प्रयोग नगर्ने मात्र होइन, आफ्नो घर, शरिर, लत्ताकपडा केहिको पनि सरसफाई गर्दैनन । निमावि धुराडाँडाका शिक्षिका कान्छिमाया थापा भन्छिन–‘जति सम्झाए पनि सरसफाईमा पनि त्यति ध्यान दिदैनन गाउँका मान्छेहरु ।’  उहाँ मात्र होइन यहाँ आउने जो कोहि मान्छेलाई शौचालय जान समस्या हुने गरेको छ । ग्रामीण महिला चेतना केन्द्र सिन्धुलीले सञ्चालन गरेको तालिम दिनका लागि धुराडाँडा पुगेकी सरिता मगर पनि यो समस्याबाट अछुतो रहिनन् । उहाँले यहाँ आएपछि आफुलाई पखाला लागेको र खुला दिसापिसाव गर्ने बानी नभएकाले समस्या परेको बताउनुहुन्छ ।  ‘रातको समयमा झाडीमा जाँदा निकै डर लाग्यो’–उहाँ भन्नुहुन्छ । निमावि धुराडाँडामा पनि केहि समय यता शौचालय छैन । नयाँ शौचालय बनाउनका लागि पुरानो शौचालय भत्काएपछि विद्यालयका छात्राहरु बढी समस्यामा परेका छन् । महिनाबारी भइसकेका छात्राहरु त महिनाबारीको ४ दिनसम्म विद्यालय नै छोड्ने गरेका छन । अरु समयमा पनि उनीहरुले खुला ठाउँमा दिसापिसाब गर्दा केटा साथिहरु आइपुग्ने हुदा समस्यामा परेको बताउनुभयो । कक्षा ७ मा अध्ययनरत छात्रा कमला बुढाथोकीले केटा साथिहरु दिसापिसाव गरेको बेलामा पुग्ने हुदा लाज हुने र महिनाबारीको समयमा विद्यालयमा आउँदा चर्पीको समस्या हुने गरेको बताउनुहुन्छ ।   विद्यार्थीहरु नजिकै रहेको मकैबारी वा खोल्सामा दिसापिसावको लागि जाने गर्दछन् । शिक्षिका कान्छिमाया भन्छिन – ‘छात्र र छात्रालाई फरक–फरक समयमा शौचका लागि जान्छन ।’ तर पनि छात्राहरुले समस्या हुने गरेको बताइरहेका छन् । जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा विद्यालयमा २ कोठे शौचालय त बन्दैछ तर पनि शिक्षकहरुलाई शौचालय अपुग हुने हुदा अर्को शौचालयको आवश्यकता रहेको प्रधानाध्यापक केदार थापा बताउनुहुन्छ । 
यहाका मानिसमा सरसफाईको चेतना नभएको र आर्थिक समस्याका कारण पनि शौचालय निर्माणमा ध्यान नदिएको थापाले बताउनुभयो । सिकाउँदा पनि त्यति कुनै कुरा चासो नदिने भएकाले यो गाउँ पछि परेको उहाँको भनाई थियो ।  ‘बालबच्चा, घरवरपर मात्र होइन आफ््नो शरिरको समेत सफाई गर्दैन यहाँका मान्छेले’–थापाले भन्नुभयो–‘संघसंस्थाहरु वा सम्बन्धित निकाय नआएको र सचेतना नदिएको भन्दा पनि बुझ्नै नचाहेर यो गाउँ पछि परेको हो ।’  रतनचुराको वडा नम्बर ८ मा ८२ घरपरिवारको बसोबास रहेको छ । त्यहाँ नगन्य परिवारको घरमा मात्र शौचालय बनेको पाइन्छ । अन्य सबै घरका बासिन्दाले खुला रुपमा दिसापिसाव गर्छन ।

Related

स्थानिय 502079387238765213

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item