बैद्य समूहको राष्ट्रिय भेला
http://sindhulidarpan.blogspot.com/2012/06/i_7630.html
काठमाडौं, असार २ । चरम आन्तरिक विवादमा रहेको एमाओवादीको एउटा समूहले आज राजधानीमा अलग राष्ट्रिय भेला आयोजना गर्दैछ । काठमाडौंको एक गुम्बामा हुने भेलामा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका नेता तथा कार्यकर्ताको सहभागिता रहने छ ।

भेला शुक्रबार हुने भनिएपनि तयार नपुगेको भन्दै आजका लागि तोकिएको थियो । भेलाले पार्टी विभाजन गर्ने वा मिलेर जाने भन्ने विषयमा धारणा बनाउने छ । यदि विभाजन नै गर्नुपरेमा पनि बैद्य समूह तयार रहेको बुझिएको छ । बैद्य समूहले नयाँ पार्टीका लागि विधान समेत तयार बनाईसकेको स्रोतको भनाई छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !