लागु औषध कोरेक्स सहित बर्दिबासबाट एक प्रक्राउ
http://sindhulidarpan.blogspot.com/2012/06/i_7832.html
सन्तोष पोखरेल,महोत्तरी,असार २ ।
इलाका प्रहरी कार्यलय बर्दिबासले गएराती प्रतिबन्धित लागुऔषध कोरेक्स सहित एक जनालाई पका्रउ गरेको छ । प्रक्राउ पर्नेमा महोत्तरी बर्दिबास–५ घर भएका ३० वर्षिय श्याम महतो रहेको प्रहरीले जनाएको छ । महतोलाई उनको आफ्नै घरबाट ३० बोतल कोरेक्स सहित प्रक्राउ गरिएको हो । महतोलाई अहिले आवश्यक कारबाहिको लागि इलाका प्रहरी कार्यलय बर्दिबासमा राखिएको छ । बर्दिबास क्षेत्रमा पछिल्लो समयमा लागुऔषधको कारोबारमा बृद्धि भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !