लालबन्दीको फोहर मैलाले अन्य क्षेत्रका बासिन्दालाई असर

सर्लाही,असार २ । 
सर्लाहीको लालबन्दी गाविस तथा बजार क्षेत्रको फोहर कालिञ्जोर खोलामा जथाभावी किसिमले फाल्ने गरेका कारण आफूहरुलाई असर गरेको रानीगंज, इश्वरपुर, जब्दी र मनहर्वा गाविसकाबासिन्दाले गुनासो गरेका छन् । लालबन्दी क्षेत्रबाट निस्कने फोहर मैला कालिञ्जोर खोलामा फाल्ने गरेका कारण कहिले नाश नहुने प्लाष्टिक, शिशाका टुक्रा तथा फलामजन्य वस्तुहरु पानीमा बगेर खेतसम्म पुग्ने गरेको त्यस क्षेत्रका किसानको भनाई छ ।   

जसले खनजोत गर्दा गोडामा बिझ्ने तथा जमिनको उर्वरा शक्तिमासमेत ह्रास आएको रानीगंज गाविस वडा नं. ७ का किसान गोपाल अधिकारीले बताउनु भयो । खोलामा बगेर जाने प्लाष्टिकहरु गाईवस्तुले पनि खाने गरेका उहाँले गुनासो गर्नुभयो । यसबारे सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराएको भएपनि कुनै वास्ता नभएको स्थानीयको गुनासो छ ।

Related

विविध 1992807273490340278

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item