प्लस टुका विद्यार्थीलाई मोटर साइकट चढ्न रोक
http://sindhulidarpan.blogspot.com/2012/06/i_8367.html
काठमाण्डौ,असार २ ।
सवारी सुविधा भएको राजधानीका विद्यालयहरु विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएका छन् । राजधानीको ट्राफिक जाम कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट लागु हुने गरि यस्तो नियम लगाएको हो ।
राजधानी उपत्यकामा बसबाट विद्यार्थी ल्याउने र पु-याउने सबै विद्यालयले बिहान ९ बजे विद्यार्थीलाई विद्यालय पु-याईसक्नु पर्ने छ । त्यस्तै अपराह्न ४ बजे विद्यार्थीलाई घर पु-याएर बस विद्यालयमा पुगीसक्नु पर्ने व्यवस्था महाशाखाले गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाले यसबारेमा शिक्षा मन्त्रालय तथा सबै सरोकारवाला निकायसँग समन्वय गरेर यो व्यवस्था गरेको हो । यसैगरी ट्राफिक प्रहरीले आजैदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई स्कुल जाँदा मोटरसाईकल चढ्नमा रोक लगाउने भएको छ । विद्यार्थीले चलाएको मोटरसाईकल दुर्घटना बढेकाले रोक लगाउनु परेको ट्राफिकको जिकीर छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !