झाँगाझोलीका किसान चिन्तीत

ध्रुवचन्द्र खड्का,सिन्धुली,असार २ ।
व्याड राखेर हरियो हुने समय भैसक्दा समेत पानी नपरेका कारण सिन्धुलीको झाँगाझोली गाविस क्षेत्रका किसानहरु मर्कामा परेका छन् । त्यस क्षेत्रका एकाध गाविस मात्रै नभएर पुरानो झाँगाझोली, झाँगाझोली रातमाटा लगायतका करीव ५ गाविसका किसानहरु यतिवेला समस्यामा परेका हुन् । वर्षभरि खाने वाली लाउन ढिला त भयो नै पानी नपर्नाले धानको व्याड समेत राख्न पाइएन अव कसरी वाँच्ने हो, एक किसानले गुनासो पोखे ।

एकातिर खेतमा लगाउने पानी छैन अर्काेतिर खानेपानीका मुहान समेत सक्न थालेपछि अहिले त्यस क्षेत्रमा सुख्खा लागेको छ । खोनेपानी लिन खोलामा जानपनि सवैलाइ पायक नपर्ने र अन्य संघ सँस्थाले वनाइदिएका पानीका श्रोतहरु समेत खडेरीले सुकेपछि त्याँहाका वासिन्दाहरु यतिखेर थाप्लोमा हात लाएर वस्न वाध्य भएका छन् । जुन सँस्थाले खानेपानीको श्रोत तथा ट्यांकी वनाइदिएपनि अहिले कुनै पनि श्रोतमा पानी नभएको पुरानो झाँगाझोलीका शरद प्याकुरेलले जानकारी दिनुभयो । खोलावाट पानी ल्याउन पनि खोला नै सुक्न थालेकाले संभव नभएको वहाँको भनाइ छ । सुख्खाग्रस्त त्यस क्षेत्रमा सम्वन्धित निकायहरुले पानीको व्यवस्था नमिलाउने हो भने अझ समस्या पर्न सक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै काभ्रेमा पनि समय वितिसक्दा समेत पानी नपर्नाले किसानहरुलाई समस्या भएको छ ।

Related

प्रमूखखबरहरु 3670392056351770566

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item