२२ जना स्रष्टालाई राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्रदान

http://sindhulidarpan.blogspot.com/2012/07/fiction.html
काठमाण्डौ,असार २९ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले संस्कृति, भाषासाहित्य, नाट्यसङ्गीत र ललितकला विधामा लामो समयदेखि योगदान पु¥याउने २२ स्रष्टालाई राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्रदान गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा १९९औँ भानुजयन्तीको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले चार स्रष्टालाई राष्ट्रिय र १८ जनालाई क्षेत्रीय पुरस्कार प्रदान गर्नुभएको हो । राष्ट्रिय पुरस्कार पाउनेमा संस्कृति विधामा प्रा डा सुरेन्द्र केसी, नाट्य तथा सङ्गीतमा श्याम तमोट, भाषासाहित्यमा कृष्णप्रसाद पराजुली र ललितकलामा कालु कुमाले हुनुहुन्छ ।
संस्कृति विधामा क्षेत्रीय प्रतिभा पुरस्कार पाउनेमा प्रा डा नारायणप्रसाद सङ्ग्रौला, नूतनधर शर्मा, मीन श्रीशमगर, प्रा डा डिल्लीराज शर्मा हुनुहुन्छ । नाट्य तथा सङ्गीत विधातर्फ जुद्धबहादुर राई, कुबेर गर्तौला, महाशङ्कर देवकोटा र लीलाधर बास्कोटा हुनुहुन्छ । ललितकला विधातर्फ नारदमणि हर्ताम्छाली ‘कलाङ’, मानबहादुर तामाङ दोङ, गणेशकुमार जिसी, हेमन्त हमाल र पुरन खड्का हुनुहुन्छ । भाषा तथा साहित्य विधातर्फ धीरेन्द्र प्रेमर्षि, राजभाइ जकमि, ललिता दोषी, डा दीपक गौतम र लोकबहादुर चौधरी ‘लक्की’ हुनुहुन्छ । राष्ट्रिय प्रतिभा पुरस्कारको राशि जनही रु एक लाख र क्षेत्रीय प्रतिभा पुरस्कारका लागि राशि रु ५० हजार र सम्मानपत्र छ ।
त्यस अवसरमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले संस्कृतिजस्तो अमूल्य सम्पत्तिका सर्जकलाई सम्मान गर्नु, उनीहरुलाई आफनो क्षेत्रमा सक्रियतापूर्वक काम गर्न उपयुक्त वातावरण दिनु समाज र राष्ट्रको कर्तव्य रहेो बताउनुभयो । उहाँले कलासंस्कृतिको जगेर्ना गरी बाह्य विश्वमा त्यसबारे जानकारी पु¥याउन सकेमा त्यसले नेपालको पर्यटनको विकासमा ठूलो सघाउ पुग्ने बताउँदै पर्यटन र संस्कृतिबीच रहेको अन्योन्याश्रित सम्बन्धलाई आर्थिक उपार्जनमा रूपान्तरण गर्न सबैको समन्वयात्मक प्रयासको खाँचो औँल्याउनुभयो
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !