दोलखामा मादल बनाउने पेसा सङकटमा

१९ भदौ,शेरबहादुर भुजेल,दोलखा


पूजाआजा मेलापर्व र विशेष गरी दशैँ तिहारमा घन्किने लोकपि्रय बाजा मादल बनाउने पेसा दोलखामा केही वर्षदेखि सङटमा पर्दै आएको छ । एकातिर मादल बनाउन जान्ने पुराना बादीहरु वृद्ध तथा अशक्त हुँदै जानु र अर्कोतिर नयाँ पुस्ताका व्यक्ति आधुनिक बाजाप्रति आकर्षित हुँदै जानुले समेत यो पेसा सङटमा परेको बताउछन् । 

प्रजातन्त्रको उदय पश्चात् छुवाछुत प्रथामा कमी ल्याउन खोज्ने र आपुूलाइ वादीको संज्ञा दिन नचाहनेहरुले मादल बनाउन छाडेपछि यो पेसा थप सड्ढटमा पर्दै गएको हो । 


मैले बाबुको सीप १२ वर्षको उमेरदेखि सिकेको हुँ नाजुक आर्थिक अवस्थाले गर्दा ठाउँमा भने जस्तो पसल खोलेर मन लगाएर मादल बनाउन पाइएन । नाम्दू-८ मार्बू का ६५ वर्षीय सुकबहादुर बादीले गुनासो गुर्न भयो । वादीहरुले मादल बनाउन कमी भएपछि चरिकोट स्थित कोसेली घरमा समेत अहिले मादल आउन छाडेको छ । कोसेली घरका श्रीराम श्रेष्ठले एक एकादुईले ल्याउने मादल पनि महङ्गो पर्ने बताउनु भयो । बजारमा बिकि्र हुने मादल अहिले काठमाडौंदेखि व्यापारीले ल्याउने गरेका छन् । 

Related

अर्थ 6245080049551521090

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item