news


१८ भदौ,काठमाण्डौ 
आज मन्त्रिमंडल विस्तार हुने मन्त्री छान्न माओवादी र मोर्चा छलफलमा  
डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको एक सातापछि आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । मधेसी मोर्चामा रहेका दलहरुले मन्त्रीको नाम सिफारिस गरेपछि माओवादी र मोर्चाका गरि करिव २० जना मन्त्रीको आज सपथ गराउने तयारी भएको छ । मोर्चाले ११ जनाको नाम सिफरिस गरेपछि प्रधानमन्त्री डाक्टर भट्टराईले केही नाम माओवादीबाट थपेर सपथ खुवाउने उहाँको निजी सचिवालयले जनाएको छ । माओवादीमा साँचो बुझाएको विवाद नसुल्झिएकाले तत्काल उपाध्यक्ष मोहन वैद्य किरणका तर्फबाट नाम जाने सम्भावना कम रहेकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री भट्टराईका तर्फबाट मात्रै नाम सिफारिस गर्ने सम्भावना रहेको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माले आज माओवादीका तर्फबाट केहीको नाम मात्रै जाने जानकारी दिनुभयो । सीआइएनसँगको कुराकानीमा प्रवक्ता शर्माले सरकारमा जानेहरुको पदविभाजन पोर्टफोलियो मिलाउनुपर्ने र अहिले साँचो बुझाएको विषयमा पनि छलफल चलिरहेकाले आज केहीको नाम जाने बताउनुभयो । माओवादीले मन्त्रीहरुको नामावलीलाई अन्तिम रुप दिने जिम्मा अध्यक्ष प्रचण्ड उपाध्यक्ष वैद्य र प्रधानमन्त्री भट्टराई दिएको छ ।  मन्त्री छनौट गर्न मोर्चामा रहेका दलहरुपनि आन्तरिक छलफलमा रहेका छन् ।
माओवादीबाट सम्भावित मन्त्रीहरुको सूची तयार 
माओवादीले तीनपक्षको भागबण्डा मिलाएर मन्त्रीहरुको सूची तयार गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सबैधन्दा धेरै  ६ उपाध्यक्ष मोहन वैद्य किरणका  तर्फबाट ४ र प्रधानमन्त्री तथा उपाध्यक्ष भट्टराईका तर्फबाट २ जनाको नाम सिफारिस गर्ने तय भएको छ । अहिले बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम नामावली तयार गर्नेछ । मन्त्रीको सूचीमा प्रचण्ड पक्षबाट वर्षमान पुन अनन्त अर्थमन्त्री पोष्टबहादुर बोगटी ऊर्जा जर्नादन शर्मा पर्यटन रहेका छन् । त्यस्तै प्रचण्डबाट लेखराज भट्ट लाकेन्द्र विष्ट कमला रोक्का पनि रहेका छन् । उपाध्यक्ष मोहन वैद्य किरणका तर्फबाट। सीपी गजुरेल देव गुरुङ खड्गबहादुर बिक महेन्द्र पासवान पम्फा भुसाल पठाउने नामावली तयार रहेको छ । गुरुङलाई शान्ति मन्त्री बनाउने तयारी भइरहेको स्रोतले बताएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईका तर्फबाट भने टोपबहादुर रायमाझी र प्रभु साह रहेका छन् । टोपबहादुर रायमाझि स्थानीय विकास र प्रभु साह भूमिसुधार मन्त्रालय रहेका छन् । उप-प्रधानमन्त्रीमा सिपी गजुरेललाई पठाउने निश्चित भएको स्रोतले बताएको छ । आज स्थायी समितिको बैठक अघि वैद्यले नाम नदिने अडान लिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मन्त्रालयको भागबण्डाका मिलेपछि मन्त्रिपरिषद विस्तार भोलि हुने भएको छ ।  लामो छलफलपछि आज बसेको मधेसी मोर्चाको बैठकले गृह रक्षा वन र वातावरण मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिने सहमति गरेको छ । त्यस्तै फोरम गणतान्त्रिकको भागमा साचार कृषि र विनाविगिय मन्त्रालय परेको छ भने तमलोपाले भौतिक योजना र कानुन मन्त्रालय पाउने भएको छ । तमलोपा नेपालको भागमा शिक्षा र महिला बालबालिका परेको छ भने सद्भावना पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको छ । स्रोतले दिएको जानकारी अनुसार साचारमा गणतान्त्रिकले जेपी गुप्ता भौतिक योजनामा तमलोपाले हृदयश त्रिपाठी स्वास्थ्यमा सदभावनाले राजेन्द्र महतोलाई पठाउने टुङ्गो लागिसकेको छ ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item