बजार बन्द गराउने २५ जना प्रहरिको नियन्त्रणमा

राजेश सहानी, परासी, माघ २०


भूमि अधिकारको माग गर्दै नवलपरासीका भुमिहिन किसानहरुले आज परासी बजार बन्द गराएका छन् । किसान हकहित संरक्षण मञ्च नेपाल नवलपरासी र राष्ट्रिय भूमि अधिकार मञ्चले संयुक्त रुपमा परासी बजार बन्दको आह्वान गरेका हुन् । बन्दका कारण आज विहान परासी बजारमा सवारीका साधन नचले पनि अहिले भने चल्न थालेका छन् । बजार बन्द गराउदै हिड्ने २५ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
पक्राउ परेका कृषक हकहित संरक्षण मञ्च नेपाल नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय सहित सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अनियमित तथा दोहोरो जग्गादर्ता बदर गरी जोतभोगको आधारमा जग्गा दर्ता हुनुपर्ने र  हाल रहेको आवादी, गुठी, नदी उकास, ८ नम्बर पर्तिलगायतको सार्वजनिक जग्गा जोतभोग तथा बसोबासको आधारमा भूमिहरुकै नाममा दर्ता हुनु पर्ने लगायतका ८ सुत्रीय माग राख्दै नवलपरासीका भूमिहीन किसानहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

Related

स्थानिय 5371747050884358636

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item