ग्याँस डिपोहरुमा छापा

ध्रुबचन्द्र खड्का,सिन्धुली
माघ १९/पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनहरूले आज देशभरका पेट्रोल पम्प तथा ग्याँस डिपोहरुमा छापा मारेका छन् । व्यापारीहरुले कालोबजारी गरेका कारण जिल्ला प्रशासन कार्यालय तथा प्रहरीको सहयोगमा राजधानीलगायत देशभरका पेट्रोल पम्प र ग्याँस डिपोहरुमा छापा मार्ने कार्यक्रम रहेको विद्यार्थीहरुले वताएका छन् ।

यसै क्रममा सिन्धुलीका विद्यार्थी संगठनहरु, उद्योग वाणिज्य संघ सिन्धुली, प्रसाशन कार्यालय र उपभोक्ता मञ्च सिन्धुलीको संयुक्त अनुगमन टोलिले आज सिन्धुलीका ग्याँस डिपो, पेट्रोल पम्प र ग्याँसका खुद्रा तथा थोक विक्रेताहरुको पसलमा छापा मारेका छन् । छापाका क्रममा त्यस्तो कालोवजारी गरेको कुनै पनि तथ्य फेला नपरेको वताइएको छ ।

Related

स्थानिय 891463000333315767

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item