माओवादी लडाकुको बिदाइ आजदेखि

काठमाण्डौ माघ २०


शान्ति सम्झौता भएको पाँच वर्षपछि विभिन्न शिविरमा रहेका स्वेच्छिक अवकाश रोज्ने माओवादी लडाकुहरू आजदेखि घर फर्कँदै छन् । २०६२/२०६३ को जनआन्दोलनपछि बनेको सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते वृहत शान्ति सम्झौता भएको थियो ।
माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको निर्णय अनुसार उनीहरूलाई आजदेखि बिदाई गर्ने प्रक्रिया सचिवालयले सुरु गर्न लागेको हो । बिदाई प्रक्रियाका लागि विशेष समिति अन्तर्गतको सचिवालयका प्रतिनिधिहरु लडाकुहरू रहेको विभिन्न शिविरमा पुग्ने क्रम जारी छ । 

पुनवर्गीकरणका क्रममा ७ हजार ३ सय ६५ लडाकुले स्वेच्छिक अवकास रोजेका थिए । लडाकुहरुलाई पहिलो चरणमा उनीहरुले पाउने भन्दा आधा रकम उपलब्ध गराइने छ । बिदाई प्रक्रिया पूरा हुन १२ दिन लाग्ने सचिवालयले जनाएको छ ।   

Related

स्थानिय 6091304505267917674

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item