साँचो बुझाउनु पर्टि नीति बिपरित:बिप्लव
https://sindhulidarpan.blogspot.com/2011/09/news_9024.html
१६ भदौ,फणीन्द्र फुयाल ज्वाला,काठमाडौं
ए्किकृत नेकपा माओबादीका स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द बिप्लवले जनमुत्ति सेनको शिबिरको साँचो बिशेष समितिलाई बुझाउनु भनेको पर्टिको निती बिपरित भएको बताउनु भएकेा छ । शुक्रबार राजधानीको जनसंचार अभियानको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता चन्दले भन्नुभयो- साँचो बुझाउने काम एनेकपा माओबादी पर्टिकेा नीति बिपरित शान्ति प्रकि्रया बिपरित मधेशबादी दलसंग भएको सममति बिपरित र जनसेनाको गौरवमाथी आँचआउने खालको भएको छ । 
त्यसैको साङ्केतिक बिरोधमा शुक्रबार बिहान देशभरी एक घण्टा चक्काजाम र साँझ मसाल जुलुस गरिएकेा पनि उहाले बताउनु भयो । बिहिबार माओबादीका स्थायी समिती पदाधीकारीहरु लगायत पार्टिको सेना बिभागका प्रमुख एबम् महासचिव रामबहादुर थापा बादल कुदप्रसाद केसि सोनाम र स्वयं उपाध्यक्ष मोहनबैद्य किरणलाई समेत थाहै नदिई बैठक बसेर अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले बिशेष समितिलाई क्यान्टोनमेन्टको चाबि हस्तान्तरण गर्ने भनि गरेको निर्णंय प्रति आफुहरुको घोर आपत्ति रहेकाले बिरोधको कार्यक्रम गर्न बाध्ये भएको उहाले बताउनु भयो । 
सेना समायोजन सम्बन्धी नियमावलीको झ नम्बरको बुँदालाई अध्यक्ष लगायतका नेताहरुले आफुखुसि ब्याख्या गदॆ्र चाबि सरकारलाई बुझाईएको पनि उहाको आरोप थियो । नेता बिप्लवले भन्नुभयो- संरचना मोडालिटी क्षेत्राधीकार कार्यधिकार केहिपनि नतोकिकिन साँचो बुझाउन सकिन्न भन्ने झ नम्बरको बुँदालाई उल्टोपाल्टो तरिकाले ब्याख्या गर्दे गलत कार्य गरिएको छ त्यहा साँचो भन्ने शब्दनै उल्लेख गरिएको छैन । उहाले कानुन तथा नीतिको आफुखुसि ब्याख्या गर्न कुनै पनि नेतालाई छुट नभएको बताउदै भन्नुभयो- त्यस्ता झुट बोल्ने नेताको कसैले पनि बिश्वास गर्देनन् ।यो माओबादीको गुटको झगडा नभएको उहाको प्रस्ट पार्नुभयो । यस्ता कदमका बिरुद्ध आफुहरु निरन्तर क्रान्ती गर्ने उहाको थप कथन थियो । सरकारलाई अहिल्यै हतियारको कन्टेनरको साँचो बुझाउने कुरा सैन्य मनोबिज्ञानका हिसावले पनि ठीक नभएकेा उहाले बताउनु भयो । 
पदाधीकारीलाई समेत छक्याएर अध्यक्ष प्रचण्डले गरेको बैठकको निर्णयपं्रति उहाले घोर आपत्ति जनाउनु भएकेा थियो । उहाले अध्यक्षको यस प्रकारको कार्यलाई जङ्घार तरेर लौरो बिसर्िएकेा संज्ञा दिनुभयो । 


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !