लागु औषध नियन्त्रणमा युवा
https://sindhulidarpan.blogspot.com/2012/07/news_15.html
विराटनगर,असार ३१ । युवाहरुलाइ लागु औषधको असरका बारेमा जानकारी गराइ
यसबाट जोगिने उपाय छलफल गर्ने उद्देश्यका साथमा डिथ्रि युथले एक
अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा युवाहरुलाइ रिचमण्ड
फिलोसिपका प्रोग्राम कोअर्डिनेटर दिनेश बस्नेत, वाउटरिच कोअर्डिनेटर सुनिल
थापा, डिथ्रि युथका सल्लाहकार पवन भट्टराईले लागु औषधको असर र यसबाट जोगिने
उपायका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम पुर्वाञ्चल विश्वविद्यालयको
सभाहलमा आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष सुमन खड्काको सभापतित्वमा
सम्पन्न भएको कार्यक्रमको संयोजना रुपेश बस्नेतले गरेका थिए । कार्यक्रममा
४० जना युवाहरुको सहभागिता रहेको अध्यक्ष खड्काले बताए ।


लागुऔषध विरुद्ध नै युवा लागेपछि नियन्त्रणम त कमि आईनै हाल्छनी , यस्ता कामकोलागी मेरो प्रोत्साहन छ । विवेक युकवाट ।
ReplyDeletejaya yuwa..............
ReplyDelete