सर्लाही प्रहरीद्वारा करोडौं मूल्यको काठ बरामद


 सिन्धुली दर्पण/चैत २ - 
सर्लाहीको ढुंग्रखोला गाविस वडा नं। ३ र सिन्धुली जिल्ला जोडिने सिमा क्षेत्रको जंगलबाट हिजो प्रहरीले करोडौं मूल्य बराबरको अवैध काठ बरामद गरेको छ । हरिवस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण प्रसाद शर्माका अनुसार विशेष सुराकीको आधारमा काटेर लुकाई राखिएको अवस्थामा खयर साज टिक हर्रा, बर्रा,लगायत जातका करिब ६ हजार क्यूविक फिट काठ बरामद गरिएको हो । खयरका ससाना टुना र अन्य जातका सग्ला सग्लै रुख रहेको उहाँले बताउनु भयो । सम्पूर्ण काठको मूल्यांकन एक करोड १० लाख जति गरिएको उहाँले बताउनु भयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related

विचाररसाहित्य 6384283739776776202

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item