मरेको भन्दै जिउदै मान्छे को नाम हटाइयो

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_1729.html
सिन्धुली दर्पण/चैत १८-
सिन्धुली जिल्लाको टाँडी गाँउ विकास समितीका सचिव केशव प्रसाद काफ्लेले जिउदै भएका एक त्रियासी वर्षिया वूद्धालाई मरेको भन्दै वूद्ध भत्ता पाउनेको सुचिवाट हटाएको भन्दै उनी जिल्ला विकास समिती सिन्धुली आएर वूद्ध भत्ता दिलाइ दिन आग्रह गरेका छन् । टाँडी गाँउ विकास समिती-९ मंगलपुरका मानवहादुर मगरको नाम जिउदोको सुचिवाट सचिवले हटाए पछि उनले साउन महिना देखी भत्ता पाउन सकेका छैनन् । छिमेकीले दुइ पटक वूद्ध भत्ता खाइसके मैले किन पाइन भनेर वुझ्न लौरो टेकेर जिल्ला विकास समिती आउदा आफु काजगमा मरिसकेको कारणले वूद्ध भत्ता पाउन नसकेको रहे छु मगरले वताउनुभयो ।
[Image]टाँडी गाँउ विकास समितीका सचिव काफ्लेले गत आर्थिक वर्षमानै उनी मरेको भन्दै उनको नाम वूद्ध भत्ता पाउनेकेा सुचिवाट हटाइ सकेका रहेछन् । जिल्ला जिल्ला विकास समितीको पन्जीकाधिकारसँग गएर वुझ्दा पत्ता लागेको मगरले जानकारी गराउनुभयो । मगरको जन्म १९८४ टाँडी गाँउ विकास समितीको मंगलपुरमा भएको उनको नागरिक्तामा देखीन्छ । जिउँदो मान्छेलाई मरेको भन्दै वूद्ध भत्ता लिनवाट वन्चीत गर्ने सचिव अहिले अन्यत्रै गाँउ विकास समितीमा सरुवा भएर गएका छन् । अहिले आएका सचिवले मलाइ कुनै जानकारी नभएको भन्छन् वूद्ध मगरले भन्नुभयो । जिल्ला विकास समितीको लेखा शाखाले भने पुन उनलाइ वूद्ध भत्ता दिन आर्थिक वर्ष परिर्वत भए पछि मात्र दिन मिल्ने जानकारी गराएको छ ।
यो वर्ष उनले वूद्ध भत्ता पाउन सक्दैनन् । गाँउ विकास समितीको सचिवको सिफारिसको आधारमा स्थानिय विकास मन्त्रालयले सामाजिक सुरक्षा अन्र्तगतको रकम निकासा गरि दिएको हुन्छ । स्थानिय विकास अधिकारी गणेशे ज्ञावाली जिउदो मान्छेलाई मरेको भन्दै वृद्धले पाउने सुविधा कटौती गर्ने सचिवले जगन्य अपराध गरेको भन्दै त्रियासी वर्षिया वूद्धाले पाउने वूद्ध भत्ता सोही सचिवले आफुले पाउने तलववाट दिनु पर्ने वताउनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !